Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 19th

'८ वर्षपछिको युरो युरोपभर हुनसक्छ'

E-mail Print
(0 votes, average 0 out of 5)
किभ, असार १७ (एजेन्सी)- युइएफएका अध्यक्ष मिचेल प्लाटिनीले सन् २०२० को युरो कप कुनै एउटा देशमा नभै युरोपका धेरै सहरमा आयोजना हुनसक्ने बताएका छन्। एक वा दुई देशले आयोजना गर्ने संस्कार बोक्दै आएको युरो कप यसपटक पोल्यान्ड र युक्रेनले संयुक्त आयोजना गरिरहेका छन्।

 २०१६ को युरो कप फ्रान्सले आयोजना गर्दैछ।
'२०२० को युरो युरोपभर नै आयोजना हुनसक्छ,' प्लाटिनीले भने, 'एउटा देशको १२ रंगशालामा वा १२, १३ सहरको एउटा रंगशालामा हुनेछ।' टर्कीलाई २०२० को सम्भावित आयोजकमा हेरिएको छ। तर त्यही वर्ष इस्तानबुलमा ओलम्पिक आयोजनाको प्रयास भइरहेकाले टर्कीको युरो कपको दाबेदारी कमजोर भएको छ। स्कटल्यान्ड, वेल्स र आयरल्यान्डले २०२० को युरो कप आयोजनाका लागि औपचारिक रूपमै इच्छा जाहेर गरिसकेका छन्। प्लाटिनीका अनुसार आउँदो वर्षको जनवरी वा फेब्रुअरीमा आयोजनासम्बन्धी अन्तिम निर्णय लिइनेछ।
'यो विषयमा गम्भीरतापूर्वक छलफल गरिनेछ। २०२० युरो कप आयोजनाको नयाँ प्रस्तावको पक्ष र विपक्षका गम्भीर मतभेदको सम्भावना छ,' उनले थपे, 'आर्थिक कोणबाट हेर्दा यो उपाय मलाई साह्रै उत्तम लागेको छ।'
प्लाटिनीले टर्कीले ओलम्पिक आयोजनाको अवसर पाउने वा नपाउने भन्ने निर्णयसम्म आफूहरूले प्रतीक्षा नगर्ने स्पष्ट पारेका छन्। 'हामी त्यतिबेलासम्म कुर्न सक्दैनौं। कुर्दा समस्या आउन सक्छ,' उनले भने, 'हामीसँग आयोजनाको दाबी गर्ने थ्रुपै छन्। युरो आयोजनाका लागि सबैको सम्भावना छ।'
'एउटा रंगशालामा चार वटासम्म खेल हुनसक्छ। यो ठूलो बहसको विषय हो। लन्डनदेखि पेरिस वा बर्लिनदेखि डान्स्क सजिलै जान सकिन्छ,' प्लाटिनीले भने, 'हामी यो विषयमा सोचिरहेका छौं। मैले १२ वा १३ सहरमा आयोजना गर्न सकिने भनेको छु। त्यो बढाएर २४ वा ३२ सहरमा पनि गर्न सकिन्छ।'
उनले सबैका विषयको छिनोफानो गर्न राजनीतिक निर्णय आवश्यक रहेको बताएका छन्। 'यदि हामीले सोचेजस्तो भयो भने नयाँ रंगशाला र एयरपोर्ट बनाउनुपर्ने छैन। आर्थिक संकट रोक्न पनि यो कदम महŒपूर्ण हुनसक्छ।'
अघिल्लो वर्ष कतारले २०२२ को विश्वकप आयोजना गर्ने निर्णय हुँदा प्लाटिनीले गल्फ राष्ट्रभर विश्वकप खेलाउन सकिने तर्क गरेका थिए।
यसैबीच प्लाटिनीले गोललाइन प्रविधिप्रति आफ्नो असहमति दोहोर्‍याएका छन्। गोललाइन प्रविधि प्रयोगमा ल्याए फुटबल भिडियो गेमजस्तै हुने प्लाटिनीले यसअघि टिप्पणी गरेका थिए।
'म टेक्नोलोजीको विपक्षमा छु। युरो कपको समूह चरणमा युक्रेन र इङल्यान्ड्बीचको खेलमा गल्ती भएको स्मरण गर्दै प्लाटिनीले भने, 'हामीले त्यसलाई कहाँ रोक्न पर्थ्यो? तर त्यो घटना अघि नै अफसाइड भइसकेको थियो।' इङ्ल्यान्डविरुद्ध बलले गोललाइन नाघे पनि रेफ्रीले त्यसलाई गोल दिएका थिएनन्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता