Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Oct 19th

मेधावी खेलाडीमा रुबिना उत्कृष्ट

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार १८ (नागरिक)- नेपाली यु-१९ महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री सहिद दशरथ चन्द मेधावी खेलाडीको उत्कृष्ट खेलाडीमा चुनिएकी छन्। उनको कप्तानीमा नेपालले पाँच महिनाअघि एसिसी यु-१९ महिला च्याम्पियनसिप जितेर उपाधिमा ह्याटि्रक गरेको थियो।
 
झापाकी रुबिनाले १३ विकेट लिँदै ९६ रन बनाई प्रतियोगिताको उत्कृष्ट खेलाडीमा चुनिएकी थिइन्। आइतबार दशरथ रंगशालामा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले उनलाई १५ हजार १ सय रुपैयाँ नगद प्रदान गरे। सहिद दशरथ चन्दको ११०औं जन्मजयन्ती तथा दशरथ चन्द मेमोरियल ट्रस्टले हरेक वर्ष अवार्ड आयोजना गर्दै आएको छ।
प्रतिभातर्फ उत्कृष्ट खेलाडी पुरस्कार मध्यमाञ्चलबाट काठमाडौंका सरोज महजर्नले पाएका छन्। पाकिस्तानको इस्लामावादमा भएको दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा उनले व्यक्तिगत र टिममा स्वर्ण पदक जितेका थिए। सरोजले धनगढी सम्पन्न छैटौं राष्ट्रिय खेलकुदमा पनि यो प्रदर्शन दोहोर्‍याएका थिए।
सोही विधामा पश्चिमाञ्चलबाट म्याग्दीकी तारादेवी पुन, मध्यपश्चिमाञ्चलबाट नेपालगन्जका रोहित कार्की, सुदूरपश्चिमबाट कञ्चनपुरकी चम्पा ठकुल्ला उत्कृष्ट खेलाडी भएका छन्। ताराले नेपालगन्जमा सम्पन्न प्रथम दक्षिण एसियाली भारोत्तोलनमा स्वर्ण जितेकी थिइन्। जुडोका रोहितले काठमाडौंमा सम्पन्न दक्षिण एसियाली क्याडेट जुडो च्याम्पियनसिमा ६० केजीमा स्वर्ण हात पारेका थिए। कञ्चनपुरकी भारोत्तोलन खेलाडी चम्पाले दक्षिण एसियाली भारोत्तोलन प्रतियोगितामा १ रजत र १ कांस्य जितेकी थिइन्।
सबै उत्कृष्ट खेलाडीलाई नगद १० हजार १ सय प्रदान गरिएको थियो। पूर्वप्रधानमन्त्री चन्दसहित पूर्वमन्त्री लेखराज भट्ट, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा, सहिद दशरथ चन्द ट्रस्टका अध्यक्ष कर्णबहादुर चन्दले पुरस्कार वितरण गरेका थिए। काठमाडौंको मुख्य रंगशाला दशरथ चन्दको नाममा बनाइएको हो। रंगशालाको हाताभित्र रहेको दशरथ चन्दको शालिक अगाडि हरेक वर्ष यो कार्यक्रम गरिन्छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता