Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

विश्व

ओसामाको सूचना दिने चिकित्सकलाई जोगाउन अपिल

वासिङ्टन, (अमेरिका), फागुन १७ (एजेन्सी)- एक अमेरिकी सांसद डाना रोहराबेकरले ओसामाबीन लादेनको सूचना दिने चिकित्सकलाई जोगाउन राष्ट्रपति समक्ष अपिल गरेकी छन्।
विस्तृतमा

पाकिस्तानमा भएको गोलाबारीमा १८ को मृत्यु

इस्लामाबाद(पाकिस्तान), फागुन १६ (एजेन्सी)- पाकिस्तानको उत्तरमा पर्ने कोहिस्सतान जिल्लामा बन्दुकधारिहरुले यात्रुवाहक बसमा हमला गर्दा १८ जनाको मृत्यु भएको छ ।
विस्तृतमा

अफगानिस्तानमा भएको वम विस्फोटमा छ जनाको मृत्यु

काबुल, (अफगानिस्तान) फागुन १५ (एजेन्सी) - पूर्वी अफगानिस्तानको जलालाबादस्थित विमानस्थलमा भएको बम विस्फोटमा छ जनाको मृत्यु हुनुकासाथै त्यतिकै सङ्ख्यामा घाइते भएका छन्। उक्त बम विमानस्थलको प्रवेशद्वार नजिकै रहेको कारमा भएको बताइएको छ।
विस्तृतमा

नेल्सन मन्डेला अस्पतालबाट डिस्चार्ज

काबुल, फागुन १५ (एजेन्सी) - पेटसम्बन्धी समस्याको उपचारपछि दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मन्डेला अस्पतालबाट डिचार्ज भएका छन्।
विस्तृतमा

लादेनको घर भत्काइयो

एबटाबाद, (पाकिस्तान), फागुन १४ (एजेन्सी)-पाकिस्तनको एबटाबादमा गत वर्ष अमेरिकी कमाण्डोको कार्यवाहीमा मारिएका आतंकबादी तथा अलकायदाका नेता ओसामा बिन लादेनको घरलाई भत्काइएको छ। लादेन धेरै वर्ष देखि यस घरमा लुकेर वसेका थिए।
विस्तृतमा

सिरियामा भएको पछिल्लो हिंसामा सुरक्षाकर्मी सहित८० जना मारिए

दमस्कस, सिरिया, फागुन १४ (एजेन्सी)-सिरियामा शनिबार भएको पछिल्लो हिंसामा ८० जनाभन्दा बढीको मृत्यु भएको छ। मारिनेमा धेरैजसो सुरक्षाकर्मी भएको बताइएको छ।गत साता पनि यस्तै हिंसामा सयभन्दा बढीको ज्यान गएको थियो।
विस्तृतमा

नेल्सन मण्डेला अस्पताल भर्ना

जोहानेसबर्ग, फागुन १३ (एजेन्सी)- रंगभेदी आन्दोलनका प्रतीक नेल्सन मण्डेलाको स्वास्थ्यमा समस्या आएपछि शनिबार अस्पताल भर्ना गरिएको छ। दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति मण्डेलाले राजधानी प्रेटोरियास्थित अस्पतालमा शल्यक्रिया गरेपछि स्वास्थ्य अवस्था स्थिर रहेको बीबीसीले जनाएको छ।
विस्तृतमा

मुसर्रफलाई अदालतको सम्मन

इस्लामाबाद (पाकिस्तान) फागुन १३ (एजेन्सी)-राजनीतिक हिंसाको विषयमा पाकिस्तानको अदालतले शुक्रबार पूर्व सैनिक शासक परवेज मुसर्रफलाई सम्मन जारी गरेको छ। २००७ को १२ मेमा कराचीमा भएको हिंसामा कम्तिमा ५० जनाले ज्यान गुमाएका थिए।
विस्तृतमा

ह्यारी पोटरकी लेखिका वयस्कका लागि उपन्यास लेख्दै

न्युयोर्क, फागुन ११ (रोयटर्स)- ह्यारी पोटर शृङ्खलाले विश्व भर चर्चा कमाएकी लेखिका जेके रोलिङले वयस्कका लागि आफ्नो पहिलो उपन्यास लेखिरहेकी छिन्। तर उपन्यासको शीर्षक र प्लटलाई निकै गोप्य राखिएको छ।
विस्तृतमा
Page 19 of 20
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता