विश्व

१५३ यात्रु बोकेको विमान घना बस्ती भएको क्षेत्रमा दुर्घटना

(3 votes, average 4.33 out of 5)
लागोस, जेठ २१ (एजेन्सी)- १५३ यात्रु बोकेको एउटा विमान नाइजेरियाको राजधानी लागोसको घना बस्ती भएको क्षेत्रमा आइतबार दुर्घटनाग्रस्त भएको छ। डाना एअर फ्लाइटको सो विमान एउटा भवनमा ठोक्किएको उद्धार समन्वयकर्ताले बताएका छन्।
विस्तृतमा

अवतरण गर्दै गरेको विमानले ठक्कर दिँदा बसमा रहेका १० को मृत्यु

आक्रा, जेठ २१ (एजेन्सी) - घानाको राजधानी आक्राको विमानस्थल नजिकै एउटा कार्गो विमान दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ। रनवे छाडेर एउटा बसमा ठोक्किन पुगेको विमानका चालकदलका सदस्य भने सकुशल रहेको बताइएको छ। बोइङ ७२७ एलियड एअरप्लेन दुर्घटना भएलगत्तै अग्नी नियन्त्रक र उद्दारकर्ता सक्रिय भएका थिए।
विस्तृतमा

पूर्व राष्ट्रपति मुवारकलाई जन्मकैदको फैसला

कायरो, जेठ २० (एजेन्सी) - इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुवारकलाई त्यहाँको एक अदालतले जन्मकैदको फैसला सुनाएको छ। गत वर्ष त्यहाँ भएको आन्दोलन दवाउन जनताको हत्या गरेको मुद्दामा फैसला सुनाउँदै अदालतले उनलाई दोषी ठहर गरेको हो। कायरोको अदालतमा १० महिने मुद्दा खेपेका मुवारक ८४ वर्षका हुन्।
विस्तृतमा

लाइवेरियाका पूर्व राष्ट्रपतिलाई ५० वर्षको सजाय

लाइवेरियाका पूर्व राष्ट्रपतिलाई ५० वर्षको सजाय

लिड्स्केन्डाम (नेदरल्यान्ड) जेठ १७ (एजेन्सी)-अन्तर्राष्ट्रिय युद्ध अपराध हेर्ने अदालतले लाइवेरियाका पूर्व राष्ट्रपति चार्ल्स टेलरलाई युद्ध अपराधका लागि ५० वर्षको जेल सजाय सुनाएको छ।
विस्तृतमा

विकिलिक्स संस्थापकले मुद्दा हारे, स्वीडेन सुपुर्दगी गरिने

(2 votes, average 3.00 out of 5)
लन्डन, जेठ १७ (एजेन्सी)- लन्डनको सर्वोच्च अदालतमा सुपुर्दगीविरुद्ध गरिएको अपील खारेज भएपछि विकिलिक्स संस्थापक जुलियन असान्जलाई बेलायतबाट स्वीडेन पठाइने भएको छ।
विस्तृतमा

पाकिस्तानद्वारा हत्फ-९ मिसाइलको सफल परिक्षण

पाकिस्तानद्वारा हत्फ-९ मिसाइलको सफल परिक्षण इस्लामाबाद, जेठ १६ (एजेन्सी)-पाकिस्तानले मंगलबार परमाणु बम लैजाने क्षमताको सतहबाट सतहसम्म छोटो दुरीमा प्रहार गर्न सक्ने मल्टि ट्युब हत्फ मिसाइलको सफल परिक्षण गरेको छ। यसको मारक क्षमता ६० किलोमिटर भएको बताइएको छ।
विस्तृतमा

इरान र इजराइलमा शक्तिशाली साइबर हमला

(2 votes, average 3.00 out of 5)
जेरुसलेम (इजराइल), जेठ १६ (एजेन्सी)- इरान र इजराइलमा एउटा शक्तिशाली स्पाइवेर भाइरस आक्रमण गरेको एक रुसी सुरक्षा फर्मले जनाएको छ। उक्त भाइरससँग तथ्याङ्क चोरी गर्ने अभूतपूर्व क्षमता भएको उक्त फर्मले जनाएको छ।
विस्तृतमा

अफगानिस्तानमा नाटोको आक्रमणमा ८ को मृत्यु

(1 vote, average 1.00 out of 5)
काबुल, (अफगानिस्तान), जेठ १४ (एजेन्सी)-अमेरिकाको नेतृत्वमा भएको नाटो गठबन्धन् को हवाइ आक्रमणमा अफगानिस्तानको पूर्वी भागमा एकै परिवारका आठ जनाको मृत्यु भएको छ त्यहाँका अधिकारीहरूले बताएका छन्।
विस्तृतमा

सिरियामा सरकारी सेनाको आक्रमणमा ९० जनाको मृत्यु

दमस्कस (सिरिया), जेठ १३ (एजेन्सी)-सिरियाको होम्स क्षेत्रमा होउला नगरमा भएको आक्रमणमा १३ केटाकेटी सहित कम्तिमा ९० जनाको मृत्यु भएको छ। उक्त हमला सिरियाका सरकारी सैनिकहरूबाट भएको त्यहाँको मानवाधिकारकर्मीले दावी गरेका छन्।
विस्तृतमा
Page 4 of 20
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता