विश्व

युक्रेनको संसद्‍मा कुटाकुट (भिडियोसहित)

(6 votes, average 3.17 out of 5)
युक्रेनको संसद्‍मा कुटाकुट (भिडियोसहित) किभ, जेठ १२ (एजेन्सी)- रुसी भाषालाई देशको आधिकारिक भाषा बनाउने विधेयकसम्बन्धमा  युक्रेनको संसदमा बहस हुँदै गर्दा सांसदहरुबीच कुटाकुट भएको स्थानीय मिडियाले शुक्रबार जनाएको छ।  
विस्तृतमा

आफ्नै छोराको टाउकोमा गोली हानियो

भियना, जेठ १२- अस्ट्रियामा एक ४० वर्षका पुरुषले आफ्नै छोराको टाउकोमा गोली हानेको अस्ट्रेलियाली मिडियालाई उल्लेख गर्दै बीबीसीले जनाएको छ। गोलीका कारण छोरा गम्भीर घाइते भएका छन्। गोली हान्ने ४० वर्षका बाबु भने पछि मृत अवस्थामा फेला परेका छन्।
विस्तृतमा

पेट्रोल मुल्य वृद्धिको विरोधमा भारतमा बन्द आव्हान

नयाँ दिल्ली, जेठ ११ (एजेन्सी)-भारतमा पेट्रोलमा भएको मुल्य वृद्धिको विरोधमा त्यहाँको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए)ले ३१ मे (आगामी विहिबार) मा भारत बन्दको अव्हान गरेको छ।
विस्तृतमा

विश्वको सबैभन्दा अग्लो टावर टोक्यो स्काइ ट्री सर्वसाधारणका लागि खुला

(15 votes, average 3.93 out of 5)
विश्वको सबैभन्दा अग्लो टावर टोक्यो स्काइ ट्री सर्वसाधारणका लागि खुला
टोक्यो, जेठ ९ (एजेन्सी)- जापानमा विश्वकै सबैभन्दा अग्लो टावर दी टोक्यो स्कइ ट्री मंगलबारबाट सर्वसाधारणका लागि खुला गरिएको छ। यसको उद्‍घाटनका अवसरमा करिव ८ हजार दर्शकले ६ सय ३४ मिटर उचाइमा पुगेर अवलोकन गर्न उच्च गतिको एलिभेटरको प्रयोग गरेका थिए।
विस्तृतमा

यमनमा आत्मघाती विस्फोट : ५०को मृत्यु

(2 votes, average 3.50 out of 5)
साना, जेठ ८ (एजेन्सी)-यमनको राजधानी सानामा सेनाको बटालियनमा भएको आत्मघाती बम विस्फोटमा परी कम्तिमा ५० जनाको मृत्यु भएको छ।
विस्तृतमा

इटलीमा भूकम्प : ६ को मृत्यु

इटलीमा भूकम्प : ६ को मृत्यु
रोम, जेठ ७ (एजेन्सी)- उत्तरी इटलीमा गएको भूकम्पमा परी कम्तिमा छ जनाको मृत्यु भएको छ भने ५० अन्य घाइते भएका छन्। बोलोग्ना नजिकै गएको भूकम्पको तीव्रता ५ दशमलव ९ रेक्टर स्केलको थियो।
विस्तृतमा

अमेरिकामा श्वेत बच्चाको जन्मदरमा कमी

वासिङ्टन, जेठ ४ (एजेन्सी)-अमेरिकामा पहिलो पटक श्वेत बच्चाको तुलनामा अन्य बच्चाहरूको जन्म बढी मात्रामा हुन थालेको छ।
विस्तृतमा

बंगलादेशमा पुस्तकमाथि प्रतिबन्ध

(1 vote, average 1.00 out of 5)
बंगलादेशमा पुस्तकमाथि प्रतिबन्ध
ढाका, जेठ ३ (एजेन्सी)-बंगलादेशले मंगलबार त्यहाँका लोकपृय लेखक हुमायु अहमदको राजनीतिक उपन्यासमाथि प्रतिबन्ध लगाएको छ। उक्त उपन्यासमा सन् १९७५मा राष्ट्रका प्रथम राष्ट्रपति तथा उनका परिवारको हत्या जस्ता एतिहासिक तथ्यलाई बंग्याएर प्रस्तुत गरिएको आरोपमा त्यहाँको उच्च न्यायालयले पुस्तकमाथि प्रतिबन्ध लगाएको हो।
विस्तृतमा

फ्रान्सका नव निर्वाचित राष्ट्रपतिद्वारा सपथ ग्रहण

पेरिस, जेठ २ (एजेन्सी)- फ्रान्सका नव निर्वाचित राष्ट्रपति फ्रांस्वा ओल्यान्डले राष्ट्रपति पदको सपथ ग्रहण गरेका छन्।
विस्तृतमा
Page 5 of 20
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता