Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

विश्व

आज बिहान भारतमा दुई पटक भूकम्प

मुम्बई, वैशाख २ (एजेन्सी) - भारतको महाराष्ट्र र गुजरातमा भूकम्पको धक्का महशुश भएको छ। पश्‍चिम भारतको सतरामा ४.९ म्याग्नेच्युडको धक्का महशुश भएको छ।  भूकम्पको धक्का पुणे,नासिकलगायतका क्षेत्रमा पनि अनुभव गरिएको छ।
विस्तृतमा

तीन प्रेमीको हत्याको आरोपमा जापानी महिलालाई मृत्यु दण्ड

टोक्यो, वैशाख २ (एजेन्सी)-सन् २००९ मा आफ्ना तीन प्रेमीको हत्या गरेको आरोपमा एक ३७ वर्षीय जापानी महिलालाई मृत्यु दण्ड दिइएको छ। उनले तिनैजनाको हत्या पैसाका लागि गरेको र यसरी हत्या गरिएका व्यक्तिहरू ४१ देखि ८० वर्षको भएको बताइएको छ।
विस्तृतमा

उत्तर कोरियाको अन्तरिक्ष अभियानमा झट्का

सोल (दक्षिण कोरिया), वैशाख १ (एजेनसी)-उपग्रह लिएर गएको उत्तर कोरियाको रकेट उनाहा-३ शुक्रबार प्रक्षेपणको केही मिनटपछि समुद्रमा खसेको छ। आधिकारिक सरकारी प्रवक्ताले रकेट समुद्रमा खसेको पुष्टि गर्दै भने,'यो देशको प्रतिष्ठाका लागि एक झट्का हो। यसलाई उत्तर कोरियाको अन्तरिक्ष अभियानमा ठूलो झट्काका रुपमा लिइएको छ।
विस्तृतमा

भारतमा शिक्षाको अधिकार सम्बन्धमा अदालतको महत्वपूर्ण निर्णय

(1 vote, average 5.00 out of 5)
नयाँ दिल्ली, चैत ३० (एजेन्सी)-भारतको सर्वोच्च अदालतले शिक्षाको अधिकारका सम्बन्धमा ऐतिहासि फैसला सुनाएको छ। अदालतले शिक्षाको अधिकार सम्बन्धी सन् २००९ को कानूनलाई वैधता प्रदान गरेको छ। जस अनुसार भारतका सरकारी तथा निजी स्कुलमा गरिब विद्यार्थीका लागि २५ प्रतिसत सिट आरक्षित गर्ने प्रावधान छ।
विस्तृतमा

बमको धम्कीले १४७ यात्रु बोकेको विमानको आपतकालीन अवतरण

भान्कुवर, चैत २९ (एजेन्सी)- १४७ यात्रु बोकेको कोरियन एअरको एउटा यात्रुवाहक विमानमा बम राखिएको धम्की आएपछि दुई वटा फाइटर जेटले एस्कोर्ट गर्दै सो जेट विमानलाई ब्रिटिस कोलम्बियामा सुरक्षित आपतकालीन अवतरण गराइएको छ। बोइङ ७७७ विमानलाई दुई वटा एफ १५ फाइटर जेटले एस्कोर्ट गरेको सीएनएनले जनाएको छ।
विस्तृतमा

इजराइलले लेखकमाथि प्रतिबन्ध लगायो

लण्डन, चैत २७ (एजेन्सी)-८४ वर्षीय जर्मन लेखक गुन्टर ग्रासलाई इजराइलले आफूकहाँ आउन प्रतिबन्ध लगाएको छ। समाचार अनुसार उक्त कविता ग्रसले इजराइलको वर्तमान आणवीक रणनीतिलाई आधार बनाएर लेखेका थिए।
इजराइलको आणवियक नीति विश्व शान्तिका लागि खतरा भएको धारणा ग्रसले व्यक्त गरेको
विस्तृतमा

जरदारी मनमोहन वार्ता सम्पन्न

नयाँ दिल्ली, भारत, चैत २६ (एजेन्सी)-एक दिने निजी भ्रमणमा भारत आएका पाकिस्तानी राष्ट्रपति आसिफअली जरदारी र भारतका प्रधानमन्त्री मनमोहन सिंहबीच नयाँ दिल्लीमा द्धिपक्षीय सम्बन्धमा वार्ता सम्पन्न भएको छ।
विस्तृतमा

बेलायतको गृह विभागको वेवसाइटमा हमला

लण्डन, चैत २६ (एजेन्सी)-वेबसाइट ह्याकर्सले वेलायती सरकारको गृह विभागको वेबसाइटमा हमला गरेका छन्। अधिकारीहरूका अनुसार शनिबार राती केही बेर यस वेबसाइट बन्द भएको थियो। त्यसपछि पनि यसले आनसिक रुपमा मात्र काम गरिरहेको बताइएको छ।
विस्तृतमा

सु चीको जीतसँगै नाकाबन्दी खुकुलो

वासिङ्टन, चैत २४ (एजेन्सी)- उपनिर्वाचनमा आङ सान सु चीको दलको विजयसँगै अमेरिकाले बर्मामाथिको नाकाबन्दी खुकुलो पार्ने घोषणा गरेको छ।
विस्तृतमा
Page 12 of 20
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता