पाकिस्तानी प्रधानमन्त्री युसुफ राजा गिलानीले अदालतको मानहानीको विषयलाई लिएर पदमुक्त गरिएपछि राजा पर्भेज अश्रफले बिहीबार नै प्रधामन्त्रीको पदको निर्वाचनका लागि आफ्नो नाम दर्ता गरेको र शुक्रबार राष्ट्रपतिद्वारा स्वीकृति भएको पीपीपीका प्रवक्ताले पत्रकार सम्मेलनमा बताएका हुन्।
पाकिस्तानको संसदको तल्लो सभाले आज नयाँ प्रधानमन्त्री निर्वाचन गर्नेछ। निर्वाचनमा अश्रफले बहुमत प्राप्त गरेमा उनी पाकिस्तानको नयाँ प्रधानमन्त्री हुने समाचारमा उल्लेख छ।
यसअघि मखदुम साहबुद्दिनले बिहीबार प्रधानमन्त्री पदको निर्वाचनका लागि आफ्नो नाम दर्ता गरेका थिए। साहबुद्दिन सन् १९९३ देखि १९९६ सम्म तत्कालीन प्रधानमन्त्री बेनजिर भुटटोको सरकारमा अर्थमन्त्री थिए।
राष्ट्रपति जर्दारी तथा उनको सत्ताधारी गठबन्धनमा २४ घण्टासम्मको वार्तापछि साहबुद्दिनको नाम अगाडि आएको हो। यसैगरी राजा पर्भेज अश्रफले पाकिस्तान पिपुल्स पार्टीकै अर्का उच्च स्तरीय नेतामा पर्छन्।
प्रधानमन्त्रीको निर्वाचनपछि पाकिस्तानमा हालको शक्ति शून्यताको अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ। रासस/सिन्ह्वा
