Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 19th

चीन-भुटान सम्बन्ध स्थापनाको तयारी

E-mail Print
(0 votes, average 0 out of 5)
पूर्ण बस्नेत, हङकङ, असार १०- हिमाली राज्य भुटान र चीन औपचारिक सम्बन्ध स्थापना गर्न तयार भएका छन्। दुई देशका प्रधानमन्त्रीबीच पहिलोपटक भएको भेटवार्तामा कूटनीतिक सम्बन्ध स्थापना गरी सीमा विवाद सुल्झाउने समझदारी भएको छ।
 

राजनीतिक, आर्थिक र सुरक्षाका हिसावले छिमेकी भारतमा बढी निर्भर भुटानले उत्तरको छिमेकी चीनसँग औपचारिक कुटनीतिक सम्बन्ध राखेको थिएन।

दीगो विकास सम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुने क्रममा चीनका प्रधानमन्त्री वेन जियाबाओ र भुटानी प्रधानमन्त्रीजिग्मे वाई थिन्लेबीच ब्राजिलको रियो दि जेनेरियोमा बिहिबार भेट भएको हो। चिनिया प्रधानमन्त्री वेनसँग आफ्नो पहिलो भेटवार्ताको 'ठूलो ऐतिहासिक महत्व रहेको' भुटानी प्रधानमन्त्री थिन्लेले बताएका छन्।

प्रधानमन्त्री थिन्लेलाई उद्धृत गर्दै भुटानले सकेसम्म चाँडो चीनसँग औपचारिक कुटनीतिक सम्बन्ध स्थापना गर्न चाहेको चीनको सरकारी समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ। वेनसँगको भेटमा थिन्लेले समझदारीबाट सिमा विवाद सुल्झाएर चीनसँग आर्थिक, व्यापारिक, सांस्कृतिक सम्बन्ध स्थापना गरी क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा सहकार्य गर्ने इच्छा देखाएका हुन्।

भुटानले अपनाएको विकास नीतिलाई सम्मान गर्दै चीनले एउटा असल छिमेकीको रुपमा कुटनीतिक सम्बन्ध स्थापना गर्ने प्रधानमन्त्री वेनले थिन्लेलाई बताएका छन्। 'ताईवान र तिब्बत सम्बन्धी चीनको नीतिमा भुटानले कट्टर समर्थन गरेको छ', सिन्ह्वाले प्रधानमन्त्री वेनलाई उद्धृत गर्दै भनेको छ, 'चीन भुटानसँगको सिमा विवाद चाडै सुल्झाएर एक्स्चेन्ज कार्यक्रमहरू वृद्धि गरी द्विपक्षीय सम्बन्धलाई उचाई दिन चाहन्छ।'

१९५१ मा चीनले तिब्बत लिएपछि भुटान चीनको छिमेकी देश बनेको थियो।४ सय ७० किलोमिटर सिमा क्षेत्रले दुई देशलाई जोडेको छ। तर शुरुदेखिकै सिमा विवाद १९ चरण वार्ता भैसक्दा पनि सुल्झिएको छैन।

नेपाल, बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्ससँग कुटनीतिक सम्बन्ध भएको भुटानले पछिल्लो समय म्यानमारसँग पनि सम्बन्ध बनाएको थियो। राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थाई सदस्य चीनसँग कुटनीतिक सम्बन्ध जोडेर भुटानले राष्ट्रसंघसँग पनि औपचारिक सम्बन्ध स्थापना गर्ने संकेत गरेको छ।

चीनसँग औपचारिक सम्बन्ध स्थापना गर्ने भुटानको तयारीलाई क्षेत्रीय भूराजनीतिमा अर्थपूर्ण मानिएको छ। भारतीय सञ्चार माध्यमले दुई देशका प्रधानमन्त्री बीचको भेटवार्तालाई अनेपेक्षित मान्दै 'आश्चर्यजनक' भनेका छन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता