दक्षिणपश्चिमी चीनमा भूकम्पले चारको मृत्यु, सय घाइते

Monday, 25 June 2012 09:42 नागरिक
Print
(0 votes, average 0 out of 5)
बेइजिङ, असार ११ (एपी)- भूकम्पले चीनको दक्षिणपश्चिमी पहाडी भागमा घरहरु भत्काएपछि चार जनाको मृत्यु भएको र कम्तिमा सय जना घाइते भएको सिन्ह्वाले जनाएको छ।
 

आइतबारको ५ दशमलव ७ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु युनान र सिचुआन प्रान्तको सीमानजिक थियो।

उद्धारकर्मीहरुले भूकम्पपीडित क्षेत्रमा पाल र लुगाफाटा पठाएको सिन्ह्वाले बताएको छ।

चीनको सिचुआन प्रान्तमा गत मे २००८ मा ७ दशमलव ९ म्याग्निच्युडको भूकम्प जाँदा ९० हजारको मृत्यु वा बेपत्ता भएका थिए।