Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 19th

प्रणव मुखर्जीलाई पार्टीबाट विदाई

E-mail Print
(3 votes, average 4.33 out of 5)
नयाँ दिल्ली, असार ११ (एजेन्सी) - भावी राष्ट्रपतिका उमेद्‍वार वित्त मन्त्री प्रणव मुखर्जीलाई भारतीय कङ्ग्रेस पार्टीले भव्य समारोहका साथ विदाई गरेको छ। उनी पार्टीको जिम्मेवारीबाट मुक्त भएका हुन्। कार्यक्रममा प्रधान मन्त्री मनमोहन सिंहले 'भेट्रान' नेतालाई 'मिस' गरिने बताए।


कङ्ग्रेसको कार्यकारी समितिको विशेष वैठकमा पार्टी अध्यक्ष सोनिया गान्धीले संकट समाधान गर्ने नेताकारुपमा व्याख्या गर्दै आगामी राष्ट्रपतीय चुनावमा उनी ठूलो अन्तरका साथ विजयी हुने बताइन्।

मंगलबार उनले सरकारलाई आफ्नो पदबाट राजिनामा बुझाउने छन्। उनको अनुपस्थितिमा सरकारले धेरैखाले समस्याको सामना गर्नुपर्ने प्रधान मन्त्री सिंहले बताए। रक्षा मन्त्री एके एन्थोनीलगायतले उनको कामको प्रशंसा गरेका थिए।

कार्यक्रममा मुखर्जी भावविह्वल देखिएका थिए। 'मैले पार्टीमा पुर्‍याएको योगदानभन्दा पार्टीले मलाई बढी गरेको छ,' मुखर्जीले भने। सधैं कङ्ग्रेसी रहने बताउँदै उनले पार्टीको हितका लागि काम गरिरहने बताए। राष्ट्रपतिका लागि पार्टिले चयन गरेकोमा उनले सबैलाई धन्यवादसमेत दिए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता