Nagarik News Blog

A short description about your blog

केही नेतृत्वदायी मिडियाकर्मीलाई साथ लिएपछि पछिल्लो समय नेपालमा राम्रा/नराम्रा सबैखाले गतिविधि सफल हुन थालेका छन्। ठेक्कपट्टादेखि विकासे संयन्त्र, साहित्य र कला सबैतिर फष्टाएको छ यो रोग।

बबरमहलस्थित वाणिज्य विभागको पश्‍चिमतिरको एउटा सानो कोठाको समाचार मूल्य आजकल निक्कै बढेको छ। डायरी बोकेका पत्रकार तथा क्यामरापर्सनसहित टेलिभिजनकर्मी यो सानो कोठाबाट सुरु हुने अनुगमनको अभियानमा साक्षी बस्न लालायित छन्। एक सातायतामात्रै हेर्ने हो भने टेलिभिजन र अखबारका लागि यो सानो कोठामा बस्ने कर्मचारीले ऋषि धमलाको रिपोर्टर्स क्लबले भन्दा बढी समाचार उपलब्ध गराइरहेका छन्।

हिजो (भदौ २० गते) नेपाल एयरलाइन्सको विमानमा मुसा पसेको समाचारले सबैलाई तान्यो। तर महत्त्वपूर्ण के थियो भने सबै पत्रिकामा छापिएका समाचार विवरण एउटै थिएनन्। तीन अखबारमा तीन शीर्षक र तीन घटना विवरणसहित छापियो। कुन चै ठीक ? प्रश्‍न त सोधियो तर जवाफ मिलेन। नागरिक दैनिकमा सुशील भट्टराईले मुसा लिएरै विमान उडेको समाचार लेखे। नागरिकको अङ्ग्रेज साथी रिपब्लिकाले मुसो भेटिएपछि विमान उडेको लेख्यो। उसकै दौतरी कान्तिपुरले भने उडान नै नभएको जानकारी दियो। साँच्चै के भयो भन्ने अन्यौल हुनु स्वाभाविक बन्यो।

ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ट्याग्स

कमेन्ट