Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Jun 04th

'कसले चोर्‍यो मेरो मन' सिड्नीमा हाउसफुल, रेखा पर्थ र व्रिसवेन जाँदै

E-mail Print
(0 votes, average 0 out of 5)
सिड्नी, माघ १७- आफैले निर्माण गरेको चलचित्र ‘कस्ले चोर्‍यो मेरो मन' लिएर अष्ट्रेलिया आएकी नायिका रेखा दंग परेकी छन्। 'कसले चोर्‍यो मेरो मन' सिड्नीमा प्रदर्शन गरिँदा हाउसफुल भएको छ।

माघ १६ गते सिड्नीको हर्सभिलमा भएको चलचित्रको दुवै सो हाउस फुल भएका थिए। स्थानीय आयोजक काठमाण्डौ फिल्मका निर्देशक समिम अनवरले भने ‘अष्ट्रेलियामा पहिलो पटक नेपाली चलचित्र हाउसफुल भएर चल्न सफल भएको छ।'

दुवै सोमा गरेर सिड्नीमा करिव १२ सय नेपालीले चलचित्र हेरेको आयोजकले बताए। हलमा दर्शक माझ नायिका रेखा थापा पनि उपस्थित थिइन्। उनले दर्शकलाई चलचित्रको पृष्टभुमि र बिशेषताबारे बताउँदै परम्परागत शैलीमा बन्ने नेपाली चलचित्र भन्दा अफ्नो चलचित्र पृथक रहेको दावी गरिन।

'कस्ले चोर्‍यो मेरो मन'ले युवा प्रौढ, गाउ, शहर र प्रवासको कथालाइ समेत समेटेको छ', रेखाले भनिन्- ‘यो दर्शकले खचाखच भरिएको हलले विदेशमा पनि नेपाली चलचित्रको बजार रहेको पुष्टि भएको छ।'

अष्ट्रेलियाका नेपालीले रेखाको फिल्म मनपराएको प्रतिक्रिया दिएका छन्। १० वर्षपछि पहिलो पटक नेपाली चलचित्र हेरेका संजिव केसीले रेखाको फिल्म हेरेपछि भने- 'प्रबिधि र प्रस्तुतिमा नेपाली चलचित्रले ठूलै फड्को मारेछ।'

करिव तिन साता लामो अष्ट्रेलिया भ्रमणमा आएकी थापाले पर्थ र व्रिसवेन शहरको पनि भ्रमण गर्नेछिन्। आयोजकले सिड्नी बाहेक ती शहरहरुमा पनि चलचित्रले राम्रो रेस्पोन्स पाउन विश्वास गरेका छन्। अर्का आयोजक म्याग्दी सेवा समितिका अध्यक्ष धिरज मल्लले नेपालकी ख्याति प्राप्त नायिका रेखा थापाको स्वागतका लागि अष्ट्रेलियामा कुनै कसर नराखिएको बताए।

रेखालाई घरदेखि हल सम्म लिम्बोजिन कारमा राखेर ल्याइएको र हलको प्रवेसद्वार देखि नै रेड कार्पेटमा हिडाइएको थियो।

धनी र गरिव बीचको प्रेम कथामा आधारित चलचित्र ‘कस्ले चोर्‍यो मेरो मन' मा नायकको भुमिकामा आर्यन सिग्देलले अभिनय गरेका छन्। सविर श्रेष्टको निर्देशन रहेको चलचित्रमा नीर शाह, रमा थपलीया सुरविर पण्डित लगाएतको भुमिका रहेको छ।
-ऋषि आचार्य

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

प्रवास

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय