Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Jun 04th

लन्डनमा भएको प्रतिस्पर्धामा 'हाईस्ट्रिट' ब्याण्डले चुम्यो उपाधि

E-mail Print
(0 votes, average 0 out of 5)

धर्मराज अधिकारी, वेलायत, फागनु १- लडन्डनमा आयोजना गरिएको 'रारा नेपलीज लाइभ ब्याण्ड कम्पिटिसन २०११'मा ७ वटा प्रतिस्पर्धीलाई पछि पार्दै हाइस्ट्रिट ब्यान्डले उपाधि चुमेको छ। उसले एक लाख रुपैयाँ र ट्रफी हात पारेको छ।

 

फस्ट रनर अपको उपाधी 'प्लग एन प्ले' ब्याण्डले चुमेको छ।

 

लन्डनमा आयाम साउण्ड एण्ड भिजनले वर्षेनी ब्यान्ड कम्पिटसन गराउँदै आएको छ।

 

प्रतिष्पर्धामा वेष्ट ईन्स्ट्रुमेन्टको उपाधि अस्तुका रबी थापा, बेष्ट ड्रमरमा हाइस्ट्रिटका आकृत शाहले हात पारे। वेष्ट गितारीष्ट हाइस्ट्रिटकै अनुप गुरुङ्ग भए भने बेष्ट लिड गितारिष्टमा हाइस्ट्रिटकै सुदीप आले तथा वेष्ट भोकलिष्टको उपाधि अस्तुका मनी घलेले प्राप्त गरे।

 

 

प्रतिस्पर्धाका निर्णायकहरुमा काउन्सिलर धन गुरुङ्ग, क्याप्टेन सेवन्त पुर्जा पुन तथा नेपालबाट आएका गायक क्रान्ति आले थिए। तीन सदस्यी निर्णायक मण्डलले प्लमस्टिडस्थित 'हाईस्ट्रिट' ब्याण्डलाई उत्कृष्ट ठहर्‍याएको हो।

 

बेलायतस्थित नेपाली युवाका ८ वटा ब्याण्डको सहभागिता रहेको प्रतिस्पर्धा लन्डनस्थित नेपाली राजदूत सुरेशचन्द्र चालिसेले गरेका थिए। चालीसेले यस्ता कार्यक्रमहरुले नेपाली नेपालीबीच सौहार्दता बढाउने विश्वास व्यक्त गरे। विदेशमा रहेर पनि नेपाली कला संस्कृतिको विकासका लागि यस्ता प्रतिस्पर्धा आवश्यक भएको उनले बताए।

 

रारा नेपाली रेष्टुरेण्ट प्रमुख प्रायोजक रहेको सो कार्यक्रममा राजदुत चालिसेले प्रयोजकहरु प्रताप रायमाझी तथा मिसेस रायमाझी, समाजसेवी राघब धिताल, खुशीमान गुरुङ्ग, गोविन्द गुरुङ्ग, नेपाली टिभीका डाइरेक्टरद्वय विजय थापा तथा प्रविन गुरुङ्ग सहितलाई सम्मान गरेका थिए। किशोर सापकोटा, विराज भट्ट, विज्ञान प्रसाई, कृष्ण शाह, लरेन्स मुकेरी, सचिन श्रेष्ठ, समिर राना, बि एफ वि एस गोर्खा रेडियो, पत्रकार नविन पोखरेल तथा सुशील सिंह पनि सम्मानित भए।

 

सुस्मिता गुरुङ्ग तथा विशाल गुरुङ्गको सञ्चालन रहेको सो प्रतिस्पर्धामा फार्नबरोस्थित कम्बोयथिक्स, कोलचेष्टर स्थित मेटाफेज, नर्थ योर्कसायरस्थित संघर्ष, प्लमस्टिडस्थित हाईस्ट्रिट, इसेक्स स्थित निस्काट्स, वेम्ब्लीस्थित प्लग एन प्ले, केन्टस्थित फुल स्पेक्ट्रम र अल्डरसोटस्थित आस्तु व्याण्डले भाग लिएका थिए।

 

सो अवसरमा भेट्रन्स, हेडेज तथा पेपरेज ब्याण्डले अतिथि ब्याण्डको रुपमा सहभागिता जनाएका थिए। विजयी ब्याण्ड तथा कलाकारहरुलाई रारा नेपलीज रेष्टुरेण्टका सञ्चालक प्रताप रायमाझीले नगद तथा ट्रफी प्रदान गरेका थिए।

 

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

प्रवास

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय