नेपाली जनसर्म्पक समिति जापानमा श्रेष्ठ अत्यधिक मतले विजयी

E-mail Print
(0 votes, average 0 out of 5)

जापान, फागुन २- टोकियोमा  शनिबार  सम्पन्न चौथो  महाधिवेशनबाट नेपाली जनसम्पर्क समिति जापानको सभापतिमा बलराम श्रेष्ठ अत्यधिक मतले विजयी भएका छन्। उनले आफ्ना प्रतिस्पर्धी सुवास  लोहोनीलाई भारी मत अन्तरले पराजित गरे।


सभापति  पदमा  तिन  जना  प्रतिस्पर्धी  मध्ये  बलराम  श्रेष्ठले  ८२, सुवास लोहोनीले ४८ र भुपिगोबिन्द  श्रेष्ठले  १०  मत  प्राप्त  गरेका छन्।


महाधिवेशन प्रतिनिधि २ सय ४० मध्ये १ सय ४० मत खसेको र्निवाचन  समितिले  जनाएको छ। समितिका  अनुसार  केन्द्रीय  सदस्यका  सबै  उमेदवार  निर्विरोध   र्निवाचित  भएका  छन्।


शेरबहादुर  केसी,  पारशमणि  पोखरेल, नारायण  सुवेदी,  सीपि  खनाल,  आनन्द  क्षेत्री, सनत वाग्ले, सुदीप अधिकारी, राजेन्द्र  जम्मरकट्टेल,  मुत्तीराम  खनाल, पासाङ र्शेपा,  प्रकाश न्यौपाने, पदममणि  चापागाइँ,  रामकृष्णबम  मल्ल,  देवीलाल  सुवेदी, रितेन्द्र  गिरी  र  शशि  विक निर्वाचित भएका हुन्।


महाधिवेशनको  उदघाटन  गर्दै  कांग्रेस सदस्य  एबम्  पूर्व मन्त्री  प्रकाशशरण  महतले  कांग्रेसले विदेशमा रहेका  सबै भात्रृ  संगठनहरुलाइ  महत्वका  साथ  हेर्ने  गरेको  बताए। उनले जनसर्म्पक  समिति  जापानले  यहाँको   सिप  र पैसा  देशमा भएकोले  पनि देशका  लागि  महत्वपूर्ण  समिति  रहेको  भन्दै  प्रसंसा  गरे।


सभामा  कांग्रेस केन्दीय  सदस्य  नवीन्द्रराज  जोशीले कांग्रेस जहिले पनि प्रजातन्त्रका  लागि  लडेको  उल्लेख  गर्दै  अहिलेको लडाइमा पनि कांग्रेसको नै  जित  हुने विश्वास व्यक्त गरे।


जापानका लागि नेपाली  कार्यबाहक राजदुत  दुर्गाबहादुर  सुबेदीले  र्निवाचित  पदाधिकारीलाइ बधाइ दिएका थिए। सुवेदीले  समितिको  समन्वयनले  दुताबासलाइ  काम  गर्न  सजिलो  भएको र  नयाँ  कार्यसमितिले  पनि  सो  कार्यलाइ  निरन्तरता  दिने विश्वास व्यक्त गरेका थिए।




यस अघि भएको  बन्दशत्रले  आउदो  दुइ  बर्षका  लागि  नीति तथा  कार्यक्रम   पारित  गरेको  थियो। साभामा  जापानमा रहेका बिभिन्न  नेपाली  संघसस्था, एबम राजनैतिक  दलका  प्रतिनिधिहरुले  शुभकामना  तथा बधाइ  दिएका थिए। कार्यक्रममा नेपाली   साहित्यकला  प्रतिष्ठान जापानका  कलाकार  रामकृष्णबम  मल्लको नेतृत्वमा  कलाकार नेपाली  गित संगित  प्रस्तुत  गरिएको थियो

-ताराकान्त कँडेल/टोकियो

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

प्रवास

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय