लण्डनको नेपाली मेलामा हजारौं सहभागी

E-mail Print
(0 votes, average 0 out of 5)

धर्मराज अधिकारी, लण्डन, भदौ १२- नेपाली धर्म, कला र संस्कृतिको जगेर्ना गर्न तथा भावी पुस्तालाई त्यसबारेमा जानकारी दिने उद्देश्य साथ तेश्रो नेपाली सम्पन्न भएको छ। बेलायतमा रहेका गुरुङ जातीहरुको संस्था तमुधि युकेले आयोजना गरेको 'नेपाली मेला २०११'मा आ-आफ्ना धर्म-संस्कृति झल्काउने गरी करिब एक दर्जन बढी संस्थाहरुले झाँकी प्रदर्शन गरे।

आइतबार लण्डनस्थित रिचमण्ड पार्कमा सम्पन्न मेला भर्न बेलायतभरबाट दशहजार भन्दा बढी नेपाली आएका थिए। नेपाली पोषाक तथा आफ्नो जातीय भेषभुषामा सजिएर मेलामा उपस्थित नेपालीहरुले सय थुँगा फूलको एकै फूलबारी भएको सन्देश दिएका थिए।

मेला उद्‌घाटन गर्दै बेलायतका लागि नेपाली राजदुत सुरेशचन्द्र चालिसेले यस्ता कार्यक्रमले नेपाली संस्कृतिको जगेर्नाका साथै नेपाल र बेलायतबीच सांस्कृतिक व्यापार गरेको बताए। बेलायतीहरु नेपाली कला र संस्कृतिको कारण नेपालसँग नजिक भएको बताउँदै चालीसेले भने, 'यस्ता कार्यक्रमहरु निरन्तर गर्नाले दुई समुदायकाबीचमा अझै गाढापन थप्नेछ।'

कार्यक्रममा सहभागि एमाले नेता प्रदिप नेपालले जातीय भेषभुषा र परम्परागत सांस्कृतिक झाँकीहरुले नेपाललाई चिनाइरहेको उल्लेख गरेका थिए।

एन आर एन युकेका अध्यक्ष सुर्य गुरुङले तमुधि बेलायतले नेपाली कला संस्कृतिको जगेर्नाका साथै भावी सन्ततीको लागि सह्रानीय काम गरेको बताए। तमुधिले गोर्खा कप, ल्होसार र नेपाली मेला आयोजना गरेर नेपाली समाजलाई बेलायतमा चिनाउन प्रयत्नरत रहेकोमा आभार प्रकट गरे।

सो अवसरमा आयोजक संस्थाका अध्यक्ष मुच्छेत्र गुरुङले नेपाली समुदायमा निहित कला संस्कृतिको जगेर्ना गर्न नेपाली मेलाको आयोजना गरीएको बताए। यस्ता कार्यक्रमले नेपाल बहुभाषिक, बहुजात र बहुधर्मयुक्त स्वतन्त्र राष्ट्र भएको सन्देश दिने गुरुङले दावी गरे।

मेलामा तमुधि युके, तमुधि रेडिङ, बुद्धिष्ट कम्युनीटि सेन्टर युके, पुन समाज युके, नेपाल आदीवासी जनजाती महासंघ युके, किरांत याक्थुंङ चुम्लुङ युके, मनोक्रान्ती अभियान बेलायत, मगर संघ युके, ठांटी नेपाली समाज युके, तमुधि लण्डन इकाई, पासा पुचा गुठी, थकाली सेवा समाज, तामाङ्ग समाज, धौलागिरी नौमती वाजा लगायतका संस्थाहरुले झांकी प्रश्तुत गरेका थिए।

मेलामा झांकी र नृत्यतर्फ तमुधि लण्डन इकाइले पहिलो एम्बेसडर कप हात पार्‍यो। दोश्रो र तेश्रो एम्बेसडर कप क्रमश तमुधि रेडिङ र किरांत याक्थुङ चुम्लुङ्गले हात पारे। पहिलो, दोश्रो र तेश्रो हुनेलाई क्रमश ६००, ४०० र २०० पाउन्ड नगद समेत प्रदान गरीएको थियो। झाँकी तर्फ पुन समाज युके पहिलो भएको थियो। सहभागि मगरसंघले सान्त्वना पुरस्कार प्राप्त गर्‍यो।

यसैबीच विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने बेलायती नागरिकहरुलाई नेपाल सरकारको तर्फबाट राजदुत चालीसे सम्मान गरे। सफल आरोहीहरु एलान वेट, डेभिड टेइट, एडम पोर्टर, डोमिनिक जुड, जोन ओइनकलाई राजदुतले सम्मान गरेका हुन।

कार्यक्रममा लोक गायक खड्ग गर्बुजाले लोक गीतहरु गाएर दर्शकहरुलाई मनोरञ्जन गराएका थिए।

नेपाली युवा पीढिलाई लक्षित गर्दै बेलायतस्थित विभिन्न युवा व्याण्डहरुले आफ्ना प्रश्तुती देखाएका थिए। यादव गुरुङले व्यवस्थापन गरेको कार्यक्रमको औपचारीक भाग एन आर एन कोअर्डिनेटर भक्त गुरुङले सञ्चालन गरेका थिए।

त्यस्तै सांस्कृतिक कार्यक्रमको सञ्चालनमा बीबीसी नेपाली सेवाका पुर्व प्रमुख खगेन्द्र नेपाली, मिस युके नेपाल नविना गुरुङ, पुष्पा गुरुङ, सुर्य गुरुङ, योगेश्वर गुरुङ लगायतले साथ दिएका थिए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

प्रवास

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय