लण्डन मेलामा दूतावासको सहभागिता

E-mail Print
(0 votes, average 0 out of 5)
धर्मराज अधिकारी, लण्डन- नेपाल पर्यटन वर्ष २०११ लाई सफल बनाउने अभियानमा जुटेको बेलायतस्थित नेपाली दूतावासले लण्डन मेलामा सक्रिय सहभागिता जनाएको छ। आइतबार लण्डनस्थित गुनर्सपार्कमा सम्पन्न मेलामा दूतावासले रिसेप्सनसमेत आयोजना गरेको थियो।
दूतावासले आयोजना गरेको रिसेप्सनमा साउथ एशियन कम्युनिटीका प्रतिनिधि, लण्डन मेलाका उत्पादक, इलिङ काउन्सिलका नेता, तथा मेयर, लण्डन मेयरका सांस्कृतिक सल्लाहकार, एनआरएन युकेका अध्यक्ष सूर्य गुरुङ, उपाध्यक्ष कुल आचार्य, संस्थापक अध्यक्ष महन्त श्रेष्ठलगायत् दूतावास परिवारको उपस्थिति थियो।

बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले नेपाली संस्कृति र कलालाई विश्व बजारमा पुर्‍याउन मेलामा दूतावासले सक्रिय सहभागिता जनाएको बताए। उनले दुई देशबीचमा सांस्कृतिक सम्बन्ध विस्तार गर्न तथा नेपालका बहुआयामिक पक्षबारे बेलायती पर्यटकलाई नेपाल चिनाउने प्रयत्‍न भएको प्रष्ट पारे। यस सहभागिताले नेपाल पर्यटन वर्ष २०११ सफल पार्नमा समेत टेवा दिने विश्वास लिएको बताउँदै चालिसेले नेपालको भौगोलिक तथा सांस्कृतिक विविधताबारे प्रकाश पारेका थिए।

मेलापछि संक्षिप्त कुराकानी गर्दै राजदूत चालिसेले बेलायतमा दूतावास र एनआरएनबीच अनुपम उदाहरणीय कार्य भएको बताए। दूतावास र एनआरएनको सहकार्यमा भएको यस कार्यक्रमले दूतावास एनआरएनसँग हातेमालो गर्दै नेपाली कला, संस्कृति तथा खानाको प्रबर्द्धन गर्न सक्छ भन्ने उदाहरण दिएको थियो।

मेलामा सहभागी इलिङ काउन्सिलका नेता जुलियन बेलले दूतावासको सहभागिता अत्यन्त प्रशंसनीय रहेको बताए। उनले यस्तो सहभागिताले दुई देशबीचको सांस्कृतिक सम्बन्ध थप सुधार हुने आशा लिएका थिए। सो अवसरमा इलिङका काउन्सिलर जोन गलाघर, बेलायतका लागि भारतीय कार्यबाहक राजदूत, बङ्गलादेशका हाइकमिस्नर, मेलाका उत्पादक जुलियन रुढ, लण्डन मेलाका सांस्कृतिक डाइरेक्टर मुनिरा मिर्जालगायतले मन्तव्य व्यक्त गरेका थिए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

प्रवास

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय