एनआरएन युएईमा रोकाहाको नेतृत्व

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौँ, असोज ३ (नागरिक)- गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद यूएईको चौथो राष्ट्रिय महाधिवेशनले चन्द्रबहादुर रोकाहाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
 

परिषद्‍का निवर्तमान अध्यक्ष चुडामणि ढकालको सभापतित्वमा सम्पन्न उक्त महाधिवेशनको प्रमुख अतिथि गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष देवमान हिराचन थिए।

रोकाहाको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिमा अन्य पदाधिकारीहरुमा ३ जना उपाध्यक्षमा विकास अधिकारी, कृष्ण भूसाल र मनोज कुमार श्रेष्ठ, महासचिवमा सन्तोष प्रसाँई,कोषाध्यक्षमा कपिल खड्का, २ जना सचिवमा गोपाल कंडेल र जगत आचार्य रहेका छन् ।

त्यसै गरी सदस्यहरुमा किशोर घिमिरे, गुणराज आचार्य, बुद्धिप्रसाद सुवेदी, गोविन्द खनाल, गुञ्जमान गुरुङ,गुप्तलाल भूषाल , हेमकुमार राई, हेमन्त पौडेल, कृष्णप्रसाद पाण्डे , लक्ष्मी उपाध्याय, नेत्र नारायण थनेत , प्रदिप पौड्याल, पूर्ण सापकोटा, रवि रमण अधिकारी , रामकुमार रिजाल, रमेश श्रेष्ठ, साङदोर्जे शेर्पा,शुरेश ढकाल, टिकादत्त शिवा , टुकनारायण जैसी, जेपी सापकोटा, खेमनाथ पौडेल तथा उत्तम अधिकारी रहेका छन्। युएईबाट आइसीसी सदस्यमा छत्रबहादुर लामा र बिमल तामाङ सर्वसम्मत चयनह भएका छन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

प्रवास

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय