Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Jun 04th

वेलायतको जनसम्पर्क समतिलिले गर्‍यो मेलमिलाप अन्तरक्रिया

E-mail Print
(0 votes, average 0 out of 5)
लण्डन, माघ १७- वेलायतस्थित नेपाली राजदूत सुरेशचन्द्र चालीसेले वीपी कोइरालाको मेलमिलाप नीति राष्ट्रका लागि अझै आवश्यक भएको बताएका छन्। ३५ औं राष्ट्रिय मेलमिलाप दविसका अवसरमा नेपाली जनसम्पर्क समिति वेलायतले आइतबार आयोजना गरेको अन्तरक्रियामा राजदूत चालिसेले भने- 'वीपीको मेलमिलाप नीति अहिलेको राजनीतिक संकटबाट मुक्ति पाउन समेत सान्दर्भिक छ।'

राजनीतिक गतिरोधमा राष्ट्र फसेको भन्दै चालीसेले वीपीको दुरदर्शिता र मेलमिलापको बाटोमा राजनीति गए समस्या समाधान निस्कन सक्ने उल्लेख गरे।

नेपालका नेताप्रति आशावादी रहेको बताउँदै उनले मुलुकको अन्यौल विस्तारै हट्दै जाने विश्वास व्यक्त गरे। संविधान निर्माण प्रक्रियामा देश अगाडि बढिरहेको स्पष्ट पार्दै चालीसेले नयाँ बन्ने संविधानले सबै क्षेत्र र जातिको प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे।

एनपीसीसी बेलायतका अध्यक्ष लोक गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राध्यापक सूर्यप्रसाद सुबेदीले संविधान निर्माणको समय थप्नु गैरकानुनी भएको दाबी गरे। 'जनताले दिएको म्याण्डेडमा संविधान जारी गर्न नसकेर समय थप गर्नु सरासर गैर कानुनी हो', अन्तराष्ट्रिय कानुनका प्राध्यापक सुबेदीले भने- 'नेताहरुले संविधान मिचेर जनतामाथि कुठाराघात गरे।'

अन्तरक्रिया कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष सुर्य गुरुङले थपिएको समयमा पनि संविधान नबन्नेमा चिन्ता व्यक्त गरे। दलहरुबीचको किचलोका कारण संविधान लेखन प्रक्रिया अन्यौलमा परेको उल्लेख गर्दै मेलमिलाप पहिले भन्दा अहिले महत्वपूर्ण भएको बताए। नेपालको राजनीतिमा मात्र नभइ वेलायत बस्ने नेपालीबीच पनि मेलमिलापको उत्तिकै खाँचो रहेको गुरुङको भनाइ थियो।

लण्डनस्थित थेम्स कलेजमा भएको कार्यक्रममा विजन पन्त, राघब धिताल तथा केशव भट्टराईले नेपाल सम्बन्धि विभिन्न क्षेत्र समेटिएको कार्यपत्र पेश गरेका थिए। पन्त, धिताल र भट्टराई वेलायतस्थित विश्वविद्यालयका प्राध्यापक हुन्।

कार्यक्रममा बोल्दै एनपीसीसीका सल्लाहकार एवं भुतपुर्व गोर्खा सैनीक संघका अध्यक्ष केश बहादुर गुरुङले गोर्खाहरुका बारेमा बोलेका थिए। अहिले पनि बेलायती सेनामा करीब ३५०० गोर्खाहरु कार्यरत रहेको जानकारी दिँदै गोर्खाहरुले नेपालमा ठुलो मात्रामा रेमिटयान्स पुर्‍याइरहेको बताए। गोर्खा भर्ति पश्चात नै नेपाल-वेलायत सम्बन्ध शुरु भएको भन्दै उनले गोर्खाहरुको योगदानलाई नभुल्न आग्रह गरेका थिए।

सो अवसरमा एनपीसीसीका सल्लाहकार विश्वआदर्श पण्डित, सदस्य विज्ञान प्रसाई, श्रीराम न्यौपान, शिवजी श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा तमुधी युकेका उपाध्यक्ष कमल गुरुङ, एनआरएनसदस्य लच्छी गुरुङ, कानुनविद् दिपक भटटराई, विद्यार्थी प्रतिनिधि प्रितम गुरुङ लगायतले वीपीको व्यक्तित्व बारे प्रकाश पारेका थिए।

-धर्मराज अधिकारी

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

प्रवास

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय