एनआरएन अध्यक्षका प्रत्यासी लामिछानेद्वारा घोषणापत्र सार्वजनिक

E-mail Print
(0 votes, average 0 out of 5)

चिरन शर्मा, लण्डन, गैरआवासीय नेपाली संघ (एनआरएन)को अक्टुबर १२ देखि १४ सम्म काठमाडौंमा हुने पाँचौं अन्तर्राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदका प्रत्यासी जीवा लामिछानेले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्।

हाल एनआरएनको उपाध्यक्ष रहेका लामिछानेले शनिबार घोषणापत्रमार्फत् आफूले नेतृत्व पाए संस्थाको संस्थागत विकास र विदेशी लगानी नेपालमा भित्र्याउने दावी गरेका छन्।

लामिछानेद्धारा जारी गरिएको ६ बुँदे घोषणापत्रमा सुरक्षित र मर्यादित वैदेशिक रोजगारी, नागरिकता बदर नहुने व्यवस्था, गैरआवासीय नेपाली ऐनमा संशोधन र गैरआवासीय नेपाली संघ दर्ता, सामूहिक लगानी, गैरआवासीय नेपाली संघको स्थायित्व र विद्यमान लोककल्याणकारी परियोजनाको निरन्तरता र गैरआवासीय नेपालीसित सम्बन्धित अन्य क्रियाकलाप उल्लेख गरिएको छ। उनले एनआरएनको स‌ंस्थागत विकास र गैरआवासीय नेपालीले कमाएको पैसा नेपालको विकासमा लगाउन आफूलाई काम गर्ने अवसर दिनका लागि मत दिन सबैलाई आग्रहसमेत गरेका छन्।

दुई सातापछि काठमाडौंमा हुने उक्त सम्मेलनको राष्ट्रपति डा. रामवरण यादवले उद्‍घाटन गर्ने र प्रधानमन्त्री बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम छ। सम्मेलनले नयाँ नेतृत्वसमेत छनोट गर्ने आयोजकले बताएका छन्। एनआरएन पाँचौं सम्मेलनसम्म नेतृत्व सर्वसम्मतबाट छनोट हुँदै आएको छ। तर यसपटक परिस्थिति बेग्लै हुने अनुमान गरिएको छ। नयाँ नेतृत्वका लागि उपाध्यक्ष जीवा लामिछाने र वर्तमान अध्यक्ष देवमान हिराचनले अध्यक्ष बन्ने घोषणा गरिसकेकाले चुनावी प्रतिस्पर्धाबाट नेतृत्व छनौट हुने विश्लेषण गरिएको छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

प्रवास

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय