Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Oct 19th

अर्थ

अमेरिकी डलर महँगियो

काठमाडौं, असोज ६ (नागरिक)- अमेरिकी डलरको मूल्य नेपाली रुपैयाँसँग बिहीबार एकै दिन 'कीर्तिमानी दर' ले बढेको छ। बुधबारका तुलनामा डलर बिहीबार १ रुपैयाँ ६५ पैसाले माथि गएको हो। यसअघि एकै दिन यो दरमा सामन्यतया डलर महँगो भएको थिएन।
विस्तृतमा

सार्क विकासका लागि क्षेत्रीय सञ्जाल विकास गर्ने सहमति

काठमाडौं, असोज ६ (नागरिक)- दक्षिण एसियाली क्षेत्रका व्यवसायीले आउँदो २०२० सम्मको दशकलाई 'क्षेत्रीय सञ्जाल' को रुपमा विकास गर्ने घोषणा गरेका छन्। मंगलबारदेखि काठमाडौंमा भएको यस क्षेत्रका व्यवसायीको भेलाले आठै देशबीच आपसी सम्बन्ध विस्तार गर्न सम्पर्क र समन्वय बढाउने घोषणा गरेका हुन्।
विस्तृतमा

फायर एन्ड आइसकी सञ्चालिकाको अनुभव- नेपालमा लगानी 'धेरै गाह्रो'

सुशील भट्टराई, काठमाडौं, असोज ६- शुद्ध इटालियन खाना पाइने ठमेलको फायर एन्ड आइस रेस्टुरेन्टमा साउन २५ गते एकाएक ताल्चा लाग्यो। माओवादी मजदुरले प्रबन्धकसँग दुर्व्यवहार गरेपछि सञ्चालिका एन्ना मारिया फोर्जिओनीले रेस्टुरेन्टै बन्द गरिन्।
विस्तृतमा

पृथ्वी राजमार्गका होटलहरु म्याद नाघेका र अखाद्य पदार्थ बिक्री वितरण गर्दै

धादिङ, असोज ५- पृथ्वी राजमार्ग क्षेत्रमा सञ्चालित होटलहरुमा म्याद नाघेका र अखाद्य पदार्थहरु समेत बिक्री वितरण भइरहेको पाइएको छ। जिल्ला खाद्य तथा अनुगमन समिति, धादिङले बुधबार राजमार्ग क्षेत्रका होटहरुको अनुगमन गर्दा यस्तो पाइएको हो।
विस्तृतमा

दूध र मिठाइ दूषित भएको पुष्टि

विष्णु पोखरेल, काठमाडौं, असोज ५- राजधानीको बालाजुस्थित पुष्प डेरी फर्मको दूध र नक्सालस्थित अनमोल स्विट्सका मिठाइ मिसावटयुक्त र दूषित रहेको पुष्टि भएको छ। सरकारी टोलीले अनुगमनका क्रममा संकलन गरेको नमुना केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा पुष्प डेरीको दूध र अनमोलको मिठाइ मिसावटयुक्त एवं दूषित पाइएको हो।
विस्तृतमा

राष्ट्र बैंकले दसैंका लागि ३० अर्बका नोट बजारमा पठाउने

माग अनुरुप वितरण हुन्छ : राष्ट्र बैंक -

नारायण सापकोटा, काठमाडौं, असोज ५ - राष्ट्र बैंकले दशैका लागि सुकिला र नयाँ सहित ३० अर्ब रुपैयाँको नोट बजारमा पठाउने भएको छ। यसमा अधिकांश नयाँ र केही सुकिला नोट रहने छन्।  गतवर्ष ७ अर्ब सुकिला सहित २२ अर्ब बराबरका नोट दशैंमा बजारमा पठाएको थियो

विस्तृतमा

श्रमिक र ऊर्जा समस्याले उद्योग धराशयी

अजित तिवारी, विराटनगर, असोज ५ - व्यवस्थापिका संसदको अर्थ तथा श्रम समन्वय समितिका सदस्यले सुनसरी-मोरङ औद्योगिक करिडोरको समस्याग्रस्त उद्योगहरुको स्थलगत निरीक्षण थालेका छन्। श्रम समस्याले ग्रस्त करिडोरका उद्योगहरु एकपछि अर्को बन्द हुन थालेपछि संसदिय टोलीले स्थलगत निरीक्षण थालेको हो।
विस्तृतमा

१३२ किलोवाट परियोजनाको परीक्षण सुरु

दिलीप पौडेल, बाग्लुङ, (कुश्मिशेरा) असोज ५ - लघु जलविद्युत परियोजनालाई एकीकृत गरेर यहाँको ठेउले खोलामा मुलुककै नमुना मिनी ग्रिड विद्युत परियोजनाको परीक्षण सुरु गरिएको छ। सात परियोजनाबाट उत्पादन गरिएको १३२ किलोवाट बिजुलीलाई एउटै ग्रिडमा जम्मा गरेर परीक्षण स्वरुप विद्युत वितरण गर्न थालिएको हो।
विस्तृतमा

स्वदेश फर्केका महिला कामदारलाई सुरक्षित गृहमा राखिने

वैदेशिक रोजगारमा नयाँ कार्यक्रम-
काठमाडौँ, असोज ४- वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले विदेशमा समस्यामा परी स्वदेश फर्केका महिला कामदारलाई तीन महिनाका लागि सुरक्षित गृहको व्यवस्था गर्ने भएको छ। बोर्डले कामको खोजीमा संसारका विभिन्न देशमा पुगी समस्यामा परेका व्यक्तिको प्रबर्द्धनका लागि नयाँ कार्यक्रम सञ्चालन गर्ने बताएको हो।
विस्तृतमा

सूर्य गार्मेन्टका मजदुरलाई विधिवत अवकास

अजित तिवारी, विराटनगर, असोज ४ - व्यवस्थापन-मजदुर विवादपछि बन्द भएको बहुर्राष्ट्रिय कम्पनी सूर्य नेपाल(गार्मेन्ट) प्रालिले त्यहाँ कार्यरत ६ सयभन्दा बढी मजदुरलाई मंगलबार विधिवत अवकास दिएको छ। झन्डै ६ सय मजदुरलाई क्षतिपूर्ति र बढेको तलब बाँडेर विधिवत अवकास दिएको सूर्य नेपालका कर्पेरेट उपाध्यक्ष रवि केसीले जानकारी दिए।
विस्तृतमा

मलेसियाका नेपाली रेमिट्यान्स कम्पनी संकटमा

विज्ञान अधिकारी, काठमाडौं, असोज ४ -मलेसियाको केन्द्रीय बैंकले नयाँ नीति तयार गरेपछि त्यहाँका साना नेपाली रेमिट्यान्स कम्पनी संकटमा परेका छन्। बैंकले रेमिट्यान्स कम्पनी चलाउन चुक्ता पुँजी तीन लाख रिंगिटदेखि २० लाख रिंगिटसम्म राख्नुपर्ने नीति ल्याउनपछि साना कम्पनीलाई संकटमा परेको हो।
विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  9 
  •  10 
  •  Next 
  •  End 
  • »
Page 1 of 16
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय