Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Jun 04th

अर्थ

'व्यावसायिक र प्राविधिक योजना बिना फ्रिक्वेन्सी वितरण'

रामचन्द्र भट्ट, काठमाडौं, असोज ४ - दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षहरुले मोबाइल फ्रिक्वेन्सी वितरण र लिमिटेड मोबिलिटीको अनुमतिमा अनियमितता भएको स्वीकार गरेका छन्।
विस्तृतमा

निवर्तमान प्रधानमन्त्री र मन्त्रीका कार्यकर्तालाई सरकारले हटायो

सुशील भट्टराई, काठमाडौं, असोज ३ -निवर्तमान प्रधानमन्त्री झलनाथ खनाल र पर्यटन मन्त्री खड्गबहादुर विश्वकर्माद्वारा नेपाल वायुसेवा निगम सञ्चालक समितिमा नियुक्त गरिएका उनीहरूका दुई कार्यकर्तालाई सरकारले हटाएको छ।
विस्तृतमा

विकास खर्च बढाउन अर्थमन्त्रीको दबाब

काठमाडौं, असोज ३ (नागरिक) - अर्थमन्त्री वर्षमान पुनले विकास बजेट बढाउन सचिवहरुलाई घुमाउरो किसिमहरुबाट दबाब दिएका छन्। उनले आफू सैनिक पृष्ठभूमिबाट आएको र त्यहाँ 'एस र नो' मात्र हुने जनाउँदै पुँजीगत खर्च नगर्ने मन्त्रालयलाई बजेट नदिने घोषणा गरे।
विस्तृतमा

बैंकिङ क्षेत्रका राहत कार्यक्रम तयार

काठमाडौं, असोज ३ (नागरिक) - राष्ट्र बैंकले सरकारको राहत कार्यक्रमअन्तर्गत बैंक तथा वित्तीय संस्थाबाट कार्यान्वयन गर्नुपर्ने कार्यक्रमका लागि निर्देशन तयार पारेको छ। 'बैंक तथा वित्तीय संस्थाबाट कार्यान्वयन गर्नुपर्ने राहत कार्यक्रमका लागि निर्देशन तयार भएको छ,' राष्ट्र बैंक प्रवक्ता भाष्करमणि ज्ञवालीले सोमबार नागरिकसँग भने, 'एक दुई दिनमा जारी हुनेछ।'
विस्तृतमा

वाणिज्य विभागद्वारा छापा, गाईको मासु बेच्ने नियन्त्रणमा

काठमाडौँ, असोज २- वाणिज्य विभागले आज काठमाडौं नरेफाँटस्थित हिमाल मिट प्रोडक्ट र बालाजु वनस्थलीस्थित कन्ट्रि फर्म हाउसमा छापा मारेको छ। विभागले हिमाल मिट प्रोडक्टमा सिलबन्दी गरेको छ भने प्रहरीले गाईको मासु विक्री गर्ने कन्ट्रि फर्म हाउसका सञ्चालकलाई नियन्त्रणमा लिएको छ।
विस्तृतमा

अपर्झट पर्दा टेलिफोन बन्द

रामचन्द्र भट्ट, काठमाडौं, असोज २- सूचना तथा सञ्चार मन्त्री जयप्रकाश प्रसाद गुप्ता आइतबार भुइँचालो जाँदा संसद भवनभित्र बजेट पारित गर्ने छलफलमा भाग लिइरहेका थिए। भुइँचालोको झट्का आउनेबित्तिकै उनी अरू सांसदहरूसँगै दौडिएर संसद् भवन बाहिर निस्के र तारन्तार घरमा फोन गर्न थाले। तर, सम्पर्क हुन सकेन।
विस्तृतमा

भर छैन ठूला भवनको

विष्णु पोखरेल, काठमाडौं, असोज २- आइबार साँझ गएको ६.८ रेक्टर स्केलको भुइँचालोमा राजधानीका सबैजसो ठूला व्यावसायिक भवनहरु हल्लिए। आइतबार ठूला व्यावसायिक भवनमा क्षति नपुगे पनि जुनसुकै बेला यस्तै भुइँचालोले यी भवनलाई लडाउन सक्छ।
विस्तृतमा

कुखुराको मासुको भाउ घट्यो

काठमाडौं, असोज १ (नागरिक) - कुखुरा व्यवसायीले आइतबारदेखि लागू हुने गरी मासुको मूल्य घटाएका छन्। शनिबार कुखुरापालन र मासु व्यापारसँग सम्बन्धित व्यवसायीको भेलाले प्रति किलो १५ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।
विस्तृतमा

सञ्चय कोषलाई पूर्वाधारमा लगानी सीमा बढाइने

काठमाडौं, असोज १- कर्मचारी सञ्चय कोषले पूर्वाधारका परियोजनामा २५ प्रतिशतसम्म लगानी गर्न दिइने भएको छ। कोषले केही समयअघि कुल स्रोतको २५ प्रतिशत रकम ऊर्जालगायत परियोजनामा कर्जा दिन सरकारसँग सैद्धान्तिक सहमति मागेको थियो।
विस्तृतमा

एक करोड मोबाइल टेन्डरमा चलखेल

रामचन्द्र भट्ट, काठमाडौं, असोज १ - सार्वजनिक लेखा समितिले नेपाल टेलिकमका टेन्डर प्रक्रिया छिटो गरेर मोबाइलमा नयाँ प्रविधि ल्याउन दिएको निर्देशनविपरीत व्यवस्थापनले एक करोड लाइन मोबाइल खरिदमा १० दिनको म्याद थपेको छ।
विस्तृतमा

युटिएलले ९५ करोड रोयल्टी तिर्नैपर्ने

काठमाडौं, भदौ ३१ (नागरिक) - पुनरावेदन समितिले युनाइटेड टेलिकम लिमिटेड (युटिएल) ले सरकारलाई बाँकी रोयल्टी तिर्नैपर्ने फैसला गरेको छ। पुनरावेदन समिति दूरसञ्चार ऐन अनुसार गठन भएको न्यायीक समिति हो।
विस्तृतमा
Page 2 of 16
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय