अर्थ

बैंकर संघमा तीन प्रतिस्पर्धी

सुदर्शन सापकोटा, काठमाडौं, माघ २०- वाणिज्य बैंकका ३३ प्रमुख कार्यकारी प्रमुख मात्र सदस्य रहेको नेपाल बैंकर्स संघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा सहमति नबनेपछि निर्वाचन हुँदैछ। संघ स्थापनादेखि सहमतिमा अध्यक्ष चुनिँदै आएको थियो।

दुई वर्षे कार्यकालका लागि बिहीबार हुने निर्वाचनमा वर्तमान अध्यक्ष शसिन जोशी, उपाध्यक्ष अशोक राणा र कार्यकारी सदस्य कमलप्रसाद ज्ञवाली प्रतिस्पर्धामा छन्। वरिष्ठ उपाध्यक्ष राणाले अध्यक्षका लागि उमेद्वारी दिएपछि किष्ट बैंकका प्रबन्ध निर्देशक ज्ञवालीले पनि आफूलाई अध्यक्षमा अगाडि सारे। दुई जनाको उम्मेदवारीपछि जोशीले पनि निरन्तरता दिन उमेद्वारी दर्ता गराएका छन्।

वरिष्ठ उपाध्यक्ष आगामी कार्याकालमा अध्यक्ष हुने नजिर रहेको संघमा ज्ञवालीको उम्मेदवारी परेपछि जोशीले 'कुरा मिलाउन' भन्दै आफ्नो पनि दर्ता गराएको स्रोतले बतायो। 'उपाध्यक्ष नै आगामी कार्यकालमा अध्यक्ष हुने परम्पराअनुसार मैले उम्मेदवारी दिएको हुँ,' राणाले बुधबार नागरिकसँग भने, 'संघमा एक व्यक्ति एक कार्यकालको अघोषित नीति भएकाले पनि मेरो पालो यसपालि हो।'

अध्यक्षका अर्का उम्मेदवार ज्ञवालीले वर्तमान अध्यक्षले मिलाउन चाहे चुनाव नहुने बताए। 'उहाँ (जोशी) ले मिलाउन चाहे अझै चुनाव हुँदैन,' उनले भने, 'मलाई सम्मानजनक भूमिका दिएर उहाँहरुमध्ये एक जनाले छोड्नुभयो भने मलाई कुनै समस्या छैन।' उनले वर्तमान अध्यक्ष पुनः उठेर वा राणालाई अध्यक्षमा सर्वसम्मति गरे आफूलाई उपाध्यक्ष छाडिदिए निर्वाचन नहुने बताए।

वर्तमान अध्यक्ष जोशीले प्रजातन्त्रमा निर्वाचन हुने भएकाले आफूले उम्मेदवारी दिएको बताए। उनले भरसक सर्वसम्मतिबाट जाने जानकारी दिँदै यसका लागि सक्दो प्रयास गरिरहेको दाबी गरे। 'एउटैमा जान प्रयास गरिरहेका छौं,' उनले नागरिकसँग भने।

बैंकरका अनुसार, शशिन जोशीको पक्षमा स्ट्यान्डर्ड चार्टर्डमा पहिले काम गरेका बैंकरहरु छन्। राणाको पक्षमा नेपाल इन्भेस्टमेन्ट र हिमालयन बैंकमा काम गरेका र राष्ट्र बैंकबाट आएका बैंकरहरु छन्। ज्ञवालीको पक्षमा मध्यमस्तरका बैंकका प्रमुख कार्यकारीहरु छन्।

राणा निकट बैंकरका अनुसार, राधेश पन्तले अध्यक्षमा पुनः उम्मेदवारी दिने बताए पछि जोशीले मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र राणालाई एक व्यक्ति एक कार्यकाल भन्दै आफू पनि अध्यक्ष भएपछि कार्यकाल नदोहोर्‍याउने बताएका थिए। जोशीको भनाइलाई समर्थन गर्दै शाह र राणाले पन्तलाई आग्रह गरेपछि उनी अध्यक्षमा पुनः नलडेका हुन्। 'पहिले गरेको प्रतिवद्धता अनुसार जोशीले राणालाई छाडि दिनुपर्छ,' राणा निकट ती बैंकरले भने, 'यसले जोशीको उचाइ थप बढाउँछ।'

जोशी निकट स्रोतका अनुसार राणा योग्य बैंकर हुँदाहुँदै पनि वर्तमान अवस्थामा बैंकरहरुलाई जोशीको आवश्यकता छ। 'राष्ट्र बैंकसँग समन्वयकारी भूमिका खेलेर आफ्नो माग राख्न सक्ने व्यक्ति जोशी नै हुन्,' स्रोतले भन्यो, 'र, राष्ट्र बैंकका प्रायजसो उच्च अधिकारीहरुले पनि जोशीलाई मनपराएका कारण संघलाई सहयोग पुग्छ।'

ज्ञवाली पक्षका बैंकरका अनुसार, नयाँ बैंकहरुको तर्फबाट संघको नेतृत्व तहमा कोही पनि नपुगेकाले उनको उम्मेदवारी आएको हो। 'नयाँलाई पनि नेतृत्व गर्न दिनु पर्छ,' ज्ञवाली निकट बैंकरले भने, 'सबै हिसावले ज्ञवाली योग्य छन्। सिनियर जुनियर भन्ने नगरी नयाँका तर्फबाट उनलाई अध्यक्ष दिनुपर्छ।'

राणालाई १५ लाख धरौटीमा छाड्ने आदेश

काठमाडौं, माघ १८ (नागरिक)- भ्रष्टाचारको आरोप लागेका नेपाल वायु सेवा निगमका अर्थ निर्देशक मयुरशमशेर राणालाई विशेष अदालतले १५ लाख धरौटीमा छाड्ने आदेश दिएको छ।
विस्तृतमा

बुद्धद्वारा ५ लाख सहयोग

काठमाडौं, माघ १८ (नागरिक) -निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मोरङ डाँगीहाट गाविसलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले १५ लाख रुपैयाँ दिने प्रतिबद्धताअनुरूप यो वर्षदोस्रो किस्तामा उक्त रकम दिएको हो।
विस्तृतमा

नेप्से कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं, माघ १८ (नागरिक) - नेपाल स्टक एक्सचेन्ज कर्मचारी संघले आन्दोलन स्थगित गर्दै काममा फर्कने निर्णय गरेको छ। यो सँगै सोमबार सेयर कारोवार पुन सुरु भएको छ। संघका अध्यक्ष भेसराज खनालका अनुसार माघ २९ सम्मका लागि दबाबमुलक कार्यक्रम स्थगित गरिएको छ।
विस्तृतमा

निगमको भ्रष्टाचार लेखा समितिले छानविन गर्ने

काठमाडौं, माघ १८ (नागरिक) - आयल निगमभित्रको अनियमितता अध्ययन गर्न लेखासमितिले सभासद धनराज गुरुङको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको छ। उपसमितिले एक महिनाभित्र निगमले गरिरहेको आर्थिक कारोबार र मूल्य प्रणालीको अध्ययन गरेर प्रतिवेदन बुझाउनेछ।
विस्तृतमा

हवाई भाडा पुनरावलोकन माग

काठमाडौं, माघ १८ (नागरिक) -वायुसेवा सञ्चालक संघले हवाई भाडा तत्काल पुनरावलोकन गर्न सरकारसँग माग गरेको छ। सरकारले आन्तरिक वायुसेवा कम्पनीलाई हवाई भाडा प्रत्येक दुई वर्षमा पुनरावलोकन गर्ने निर्णय गरे पनि पाँच वर्षदेखि केही नभएको संघलेसोमबार विज्ञप्ति जारी गरी जनाएको छ।
विस्तृतमा

दुई दिनभित्र पेट्रोलियम आपूर्ति सहज हुन्छ : निगम

काठमाडौँ, माघ १७ - थानकोटस्थित नेपाल आयल निगमको डिपोबाट आज चारलाख २१ हजार लिटर पेट्रोल र छलाख ५० हजार लिटर डिजेल राजधानीका विभिन्न पेट्रोल पम्पमा वितरण गरिएको निगमले जनाएको छ। निगमले भारतीय आयल निगमलाई बक्यौता रकम बुझाउन नसकेका कारण केही दिनदेखि पेट्रोलियम पदार्थको आपूर्ति कटौती गरेको थियो।
विस्तृतमा

सरकारले नै भाडा निर्धारण गरोस्: ढुवानी व्यवसायी

चाँदनी हमाल, चितवन ,माघ १७- सिण्डीकेटको चर्को विरोध भइरहँदा ढुवानी व्यवसायीले आफूहरुले अहिले लागू गरेको जोरबिजोर प्रणाली सिण्डीकेट नभएको दाबी गरेका छन्।
विस्तृतमा

बचत खाताको ब्याज घट्यो

सुदर्शन सापकोटा, काठमाडौं, माघ १७- राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवा तथा सेवा शुल्कसम्बन्धी निर्देशन दिएपछि बचत खातामा बढी ब्याज पाउँदै आएका उपभोक्ताले कम ब्याज पाउन थालेका छन्।
विस्तृतमा

फेरि तेल अभाव, आजदेखि आपूर्ति सहज

काठमाडौं, माघ १७ (नागरिक)- आयल निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) लाई बक्यौता नबुझाएपछि भएको कटौतीले बजारमा तेल अभाव देखिएको छ।

विस्तृतमा

सेयर लगानीकर्ता प्रधानले धितोपत्र बोर्डमा स्पस्टिकरण बुझाए

१ लाख ५० हजारसम्म जरिवाना हुनसक्ने–
काठमाडौं, माघ १६ (नागरिक)-राजधानी इन्भेष्टमेन्ट फण्डका अध्यक्ष निर्मल प्रधानले गैरकानुनी रुपमा सामूहिक लगानी कोषका लागि रकम जम्मा नगरेको स्पस्टिकरण धितोपत्र बोर्डलाई स्पस्टिकरण बुझाएका छन्।
विस्तृतमा
Page 16 of 16
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय