अर्थ

सुपथ मूल्य पसलमै गुणस्तरहीन सामान

मधुसुधन गुरागाईं, बनेपा, भदौ ३१ - सरकारी स्वीकृतिमा सञ्चालित बनेपाको सुपथ मूल्य पसलबाटै नक्कली र गुणस्तरहीन सामान बिक्री हुने गरेको खुलासा भएपछि जिल्ला अनुगमन समितिले बजार अनुगमनलाई व्यापक बनाउने भएको छ।
विस्तृतमा

एचपी ग्यासको डिस्ट्रिब्युटरलाई सात दिने पत्र

काठमाडौं, भदौ ३१ (नागरिक)-अन्य कम्पनीका ग्यास सिलिन्डर सँगै राखेको भेटिएपछि जिल्ला अनुगमन समितिले राजधानीको नयाँबजारस्थित एचपी ग्यासको डिस्ट्रिब्युटर मेघा ट्रेडिङ कन्सर्नलाई सातदिने पत्र काटेको छ। एचपी ग्यासको डिस्ट्रिब्युटर भए पनि ट्रेडिङले अन्य कम्पनीका १ सय २८ थान सिलिन्डर राखेको भेटेपछि टोलीले एकहप्ते पत्र काटेको हो।
विस्तृतमा

सफ्टटेकमा दोस्रो दिन साढे ९ हजार दर्शक

काठमाडौं, भदौ ३१ (नागरिक) - मिदास क्यान सफ्टटेक '२०११' को दोस्रो दिन साढे नौ हजारले मेला अवलोकन गरे। सफ्टटेकमा ३९ नेपाली र चार विदेशी सफ्टवेयर कम्पनीका ६३ स्टल छन्। क्यान सचिवालयका अनुसार शुक्रबार ९ हजार चार सय ५५ ले अवलोकन गरेका थिए।
विस्तृतमा

'माओवादीद्वारा नियुक्त महाप्रबन्धकले सर्वोच्चको आदेश टेरेनन्'

काठमाडौं, भदौ ३० (नागरिक)- राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमका महाप्रबन्धक केबी लिम्बूले 'पूर्ववत् कार्य गर्न दिनू' भन्ने सर्वोच्चको आदेशविपरित अनधिकृतरुपमा आफ्नो कार्यकक्ष कब्जा गरिएको दाबी गरेका छन्। माओवादीले नियुक्त गरेका मनरुप शाहीले सर्वोच्च अदालतलाई नटेरेको उनको भनाई छ।
विस्तृतमा

पर्यटन बोर्डमा सिइओ नियुक्ति: प्रधानमन्त्री पत्नीको दबाबमा छनोट समिति

काठमाडौं, भदौ ३० (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराईकी पत्नी तथा पूर्वपर्यटन तथा नागरिक उड्डयन मन्त्री हिसिला यमीले नेपाल पर्यटन बोर्डमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गर्न 'दबाब' दिएपछि छनोट समिति गठन भएको छ।
विस्तृतमा

मितव्ययिता निर्देशिका अन्तिम चरणमा, सरकारी गाडी खरिदमा सीमा लगाइने

काठमाडौं, भदौ ३० (नागरिक)- सरकारले आर्थिक मितव्ययिता कायम राख्न मन्त्रीलगायत सरकारी कर्मचारीका निम्ति खरिद गरिने सवारी साधनको सीमा तय गर्ने भएको छ।
विस्तृतमा

टेलिकम कम्पनीको चासोविपरीत मर्जर प्रयास

रामचन्द्र भट्ट, काठमाडौं, भदौ ३० - दूरसञ्चार प्राधिकरणले टेलिफोन कम्पनीबीच गाभ्ने (मर्जर) नीति बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको छ। टेलिफोन कम्पनीले भने मर्जर विषयमा अहिलेसम्म चासो दिएका छैनन्। मुलुकभर अहिले ६ वटा टेलिफोन कम्पनी छन्।
विस्तृतमा

२० अर्ब तिर्नेबारे टेलिकम-एनसेल दोहोरी

रामचन्द्र भट्ट, काठमाडौं, भदौ २९ - देशका दुई ठूला टेलिफोन कम्पनीहरुबीच मोबाइलको लाइसेन्स नवीकरण शुल्क २० अर्ब रुपैयाँ सुरुमा कस्ले तिर्ने भन्ने विषयमा दोहोरी चलेको छ।
विस्तृतमा

आजदेखि क्यान सफ्टटेक

काठमाडौं, भदौ २९ (नागरिक) - नेपालमै बनेका सफ्टवेयरको प्रबर्द्धन गर्ने उद्देश्यले हुन लागेको 'मिदास क्यान सफ्टटेक' बिहीबारदेखि सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा हुने यो मेला बालबालिकालाई आवश्यक शैक्षिक र घरायसी काममा प्रयोग हुने कम्प्युटरसँग सम्बन्धित प्रविधि प्रदर्शनमा राखिने छ।

विस्तृतमा

दुई दूध कम्पनीमा सिल, चारवटा पानी उद्योगलाई स्पष्टीकरण

विष्णु पोखरेल, काठमाडौं, भदौ २९- खानेपानी, दूधजस्ता उपभोग्य वस्तु उत्पादकले न्यूनतम गुणस्तर मापदण्ड पालना नगरेका एकपछि अर्को घटना सार्वजनिक भएका छन्। जिल्ला अनुगमन समिति भक्तपुरले बुधबार गुणस्तर मापदण्ड उल्लंघन गरेका दुई डेरी उद्योगको मेसिन सिलबन्दी गर्‍यो।
विस्तृतमा

बिमाबाहेक सबै परिसूचक घटे

काठमाडौं, भदौ २९ (नागरिक)- सेयर बजारमा बुधबार भएको कारोबारबाट बिमाबाहेक सबै समूहका परिसूचक घटेपछि नेप्से ओरालो लागेको छ। कारोबार रकम भने अघिल्लो दिनको भन्दा केही बढेको छ।
विस्तृतमा
Page 3 of 16
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय