अर्थ

अर्को साताबाट नेपाल टेलिकमका विभिन्न सेवाहरुका शुल्क कटौती हुने

काठमाडौं, भदौ २८ (नागरिक) - अर्को साताबाट लागू हुने गरी नेपालको दुरसंचार क्षेत्रको सबैभन्दा ठूलो कम्पनी नेपाल टेलिकमले आफ्ना सेवाहरुको शुल्क कटौती गर्ने निर्णय गरेको छ। नेपाल टेलिकमका प्रवक्ता सुरेन्द्र थिकेका अनुसार अशोज १ देखि लागू हुने गरी प्रवर्द्धनात्मक छुट दिने निर्णय भएको हो।
विस्तृतमा

भोलिदेखि हप्तामा १८ घण्टा लोडसेडिङ

हप्तामा छ घण्टा बढ्यो-
काठमाडौँ, भदौ २८ (नागरिक)- नेपाल विद्युत प्राधिकरणले भोलिदेखि लागू हुने गरी लोडसेडिङको अवधि बढाएको छ। नयाँ तालिका अनुसार अब हप्तामा १८ घण्टा लोडसेडिङ हुनेछ। यसअघि हप्तामा १२ घण्टा लोडसेडिङ हुँदै आएको थियो।
विस्तृतमा

प्राधिकरणको अप्टिकल फाइबर भाडामा

रामचन्द्र भट्ट, काठमाडौं, भदौ २८ - विद्युत प्राधिकरणले वैकल्पिक आम्दानी लिन ठूला प्रसारण लाइनमा राखिएका अप्टिकल फाइबर दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक कम्पनीलाई भाडामा लगाएको छ।
विस्तृतमा

मेजानको टिनमा लोकल तेल बिक्री

अजित तिवारी, विराटनगर, भदौ २८- मलेसियाको चर्चित स्वायबिन तेल उत्पादक कम्पनी मेजानको टिनमा विराटनगरमा उत्पादित कञ्चन ब्रान्डको तेल राखेर बिक्री गरेको खुलेको छ।
विस्तृतमा

प्रतिबन्धित भारतीय तेल कारोबार

राजु अधिकारी, झापा भदौ २८- वाणिज्य विभागले दुई वर्षअघि अखाद्य भनी पुष्टि गरेको तुलसी, क्रान्ति, ड्रयागनलगायत भारतीय खानेतेल झापाका अधिकांश बजारमा छ्यास्छ्यास्ती पाइन्छ।
विस्तृतमा

आर्थिक पत्रकारको नेतृत्वमा चापागाइँ निर्वाचित

आर्थिक पत्रकारको नेतृत्वमा चापागाइँ निर्वाचित ऋषिकेश दाहाल, काठमाडौँ, भदौ २७- नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नेतृत्वमा प्रदीप चापागाइँ निर्वाचित भएका छन्। कडा प्रतिस्पर्धा भएको अध्यक्ष पदका लागि नेपाल टेलिभिजनका चापागाइँले दि हिमालयन टाइम्सका कुबेर चालिसेलाई मात्र दुई भोटको अन्तरले पराजित गरेका हुन्।
विस्तृतमा

बुद्ध एयरले बनारस उडान थाल्ने

काठमाडौं, भदौ २७ (नागरिक)- आन्तरिक हवाइ सेवामा अग्रणी बुद्ध एयरले भारतको बनारसमा उडान सुरु गर्ने तयारी गरेको छ। हवाइ सेवा आरम्भको १३ वर्षपछि अन्तरार्ष्ट्रिय सेवा विस्ता गर्दै बुद्ध एयर आगामी फागुन १८ गतेदेखि बनारास उडान सुरु गर्न लागेको हो।
विस्तृतमा

पुष्प डेरीको दूध 'दूषित'

काठमाडौं, भदौ २७ (नागरिक)- खाद्य तथा गुण नियन्त्रण विभागले बालाजु गंगा चलचित्र हलसँगै रहेको पुष्प डेरी फर्ममा सोमबार अनुगमन गरेपछि तीन दिने स्पष्टीकरण सोधेको छ।

विस्तृतमा

सबैले २० अर्ब तिर्नुपर्ने एनसेलको अडान

रामचन्द्र भट्ट, काठमाडौं, भदौ २७ - नेपाल टेलिकमलगायत अरु मोबाइल सेवा प्रदायक कम्पनीले मोबाइल लाइसेन्सबापत २० अर्ब तिरे मात्र एनसेलले यो रकम तिर्ने जनाएको छ।
विस्तृतमा

भारु अपचलन अनुसन्धान गर्न उच्चस्तरीय कमिटी

नारायण सापकोटा, काठमाडौं, भदौ २७- नक्कली प्रज्ञापनपत्रमार्फत एक अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन भएको फेला परेपछि सरकारले अनुसन्धानमा तीब्रता दिन उच्चस्तरीय कमिटी गठन गरेको छ।
विस्तृतमा

क्यासिनोले लाइसेन्स नवीकरण गरेनन्

काठमाडौँ, भदौ २६- नेपालमा सञ्चालित क्यासिनोहरुले तीन महिनादेखि आफ्नो सञ्चालन अनुमतिपत्र नवीकरण गरेका छैनन्।
विस्तृतमा
Page 4 of 16
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय