अर्थ

सांग्रिला भिलेजमा थप ७ करोड लगानी

सुशील भट्टराई/सन्तोष पोखरेल, पोखरा, भदौ २६- पर्यटन वर्ष लक्ष्य गर्दै सांग्रिला भिलेज रिसोर्ट-पोखराले आन्तरिक सजावटका लागि ७ करोड रुपैयाँ लगानी थपेको छ। रिसोर्टलाई पूर्णरूपमा आधुनिक बनाउन लगानी थपिएको होटल सञ्चालकले बताएका छन्।
विस्तृतमा

नक्कली भ्याट बिलका दोषीलाई सार्वजनिक गर्छु : अर्थमन्त्री

काठमाडौं, भदौ २६ (नागरिक)- अर्थमन्त्री वर्षमान पुनले नक्कली भ्याट बिलमा संलग्न दोषीलाई जनता सामु सार्वजनिक गर्ने बताएका छन्। 'नक्कली भ्याट बिलमा संलग्नलाई सार्वजनिक गर्न कानुनी रुपमा सकिँदैन भनिएको छ,' रिर्पोर्टस क्लबले आइतबार गरेको अन्तर्त्रि्कयामा उनले भने, 'नक्कली भ्याट बिलबारे अध्ययन गरिहेको छु।
विस्तृतमा

राहत कार्यक्रम तत्काल अगाडि बढ्छ : राष्ट्र बैंक

नारायण सापकोटा, काठमाडौं, भदौ २६- राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धित राहत कार्यक्रम कार्यान्वयन प्रक्रिया तत्काल अगाडि बढाउने भएको छ। सरकारले राहतमा उल्लेख गरेका विषयबारे केही दिनमै बैंक तथा वित्तीय संस्थासँग छलफल गरी निर्देशन जारी गर्ने योजनामा राष्ट्र बैंक छ।
विस्तृतमा

मर्मतपछि जहाज उडान सुरु

सन्तोष पोखरेल, पोखरा, भदौ २५- 'नोज गियर लक' भएर पोखरा विमानस्थलमा बिहानदेखि रोकिएको यती एयरलाइन्सको जेटस्ट्रिम जहाज मर्मत पछि पुनः उडान थालेको छ। विमानस्थलमा अवतरण गरेलगत्तै 'टर्न' गर्ने क्रममा जहाजको 'नोज गियर लक' भएर रोकिएको थियो।
विस्तृतमा

ठूलो पुँजीका कम्पनीलाई बिमा लाइसेन्स दिइने

काठमाडौं, भदौ २५ (नागरिक)-नयाँ सोचसहित ठूलो पुँजी लगानी गर्न चाहने कम्पनीलाई बिमा समितिले लाइसेन्स दिने भएको छ। करिब चार वर्षदेखि नयाँ सोच भएका कम्पनीले लाइसेन्सका लागि आवेदन नदिएको जनाउँदै समितिले दक्षजनशक्ति, नयाँ प्रविधि लिएर आउन खोज्ने कम्पनीलाई लाइसेन्स दिने जनाएको हो।
विस्तृतमा

'चक्काजाम' भएपछि पोखरामा जहाज अलपत्र

'चक्काजाम' भएपछि पोखरामा जहाज अलपत्र सन्तोष पोखरेल, पोखरा, भदौ २५- काठमाडौँबाट १४ जना यात्रु बोकेर आएको यती एयरलाइन्सको एउटा जहाज 'चक्काजाम' भएर पोखरा विमानस्थलको रनवेमा अलपत्र परेको छ। 'अवतरण गरेर मोड्ने क्रममा पोखरा विमानस्थलको धावनमार्गमा 'नोज गियर लक' भएर  यती एयरलाइन्सको जेटस्ट्रिम जहाज रोकिएको हो', विमानस्थल स्रोतले नागरिकन्युजलाई बतायो।
विस्तृतमा

सन् २०१२ लगानी वर्ष

काठमाडौं, भदौ २५ (नागरिक)- अर्थ मन्त्री वर्षमान पुनले सन् २०१२ लाई 'नेपाल लगानी वर्ष' का रूपमा मनाउने प्रक्रिया अगाडि बढाउने बताएका छन्।
विस्तृतमा

सिण्डिकेट खारेज गर्न र ढाट हटाउन अर्थ मन्त्रीलाई उद्योगीको सुझाव

काठमाडौं, भदौ २४ (नागरिक)- उद्योगीले अर्थ मन्त्री वर्षमान पुनसमक्ष मुलुकमा विद्यमान सिण्डिकेट हटाउन सुझाव दिएका छन्। उनीहरुले जिविस, गाविस, प्रहरी जस्ता सरकारी निकायका नाममा राखिएका सबै प्रकारका ढाट हटाउन पनि सुझाव दिएका छन्। नेपाल उद्योग वाणिज्य सङ्घमा आयोजित अर्थ मन्त्रीसँगको अन्तर्क्रिया कार्यक्रममा उनीहरुले यस्तो सुझाव दिएका हुन।
विस्तृतमा

चारहजार ग्राहकलाई कारबाही साढे ३७ करोड रुपैयाँ असुली

रामचन्द्र भट्ट, काठमाडौं, भदौ २४ - विद्युत प्राधिकरणले लाइन काटेर थालेको वक्यौता असुली अभियानबाट साढे ३७ करोड रुपैयाँ उठाएको छ। प्राधिकरणले आइतबारसम्म देशभरका चारहजार तीनसय २७ ग्राहकको लाइन काटेर ३७ करोड ५८ लाख ७९ हजार रुपैयाँ उठाएको हो।
विस्तृतमा

६ करोडसम्मको ठेक्का प्रतिस्पर्धाबाटै गर्न निर्माण व्यवसायीको माग

काठमाडौं, भदौ २४ (नागरिक) - निर्माण व्यबसायीहरूले ६ करोड रुपैयाँसम्मको ठेक्कापट्टा पूर्ब योग्यता बिना सिधै प्रतिस्पर्धाबाट गर्न पाउनुपर्ने माग राखेका छन्।
नेपाल निर्माण व्यबसायी महासंघको १४ औं साधारण सभामा उनीहरूले अहिले संसदमा विचाराधिन निर्माण व्यबसाय ऐनमा राखिएको प्रावधाननै ज्यादै थोरै भएको उल्लेख गरेका छन्।
विस्तृतमा

अन्नपूर्ण क्षेत्रमा ९५ हजार पर्यटक

मनोज अधिकारी, पोखरा, भदौ २४ - विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मा एक वर्षमा करिब एक लाख पर्यटक भित्रिएका छन्। गत आर्थिक वर्ष २०६७/०६८ मा अहिलेसम्मकै सबैभन्दा बढी ९५ हजार ३ सय १४ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र भ्रमण गरेका हुन्।
विस्तृतमा
Page 5 of 16
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय