अर्थ

सूर्य गार्मेन्टको ठाउँमा अर्को उद्योग

विज्ञान अधिकारी, काठमाडौं, भदौ २३- बहुर्राष्ट्रिय कम्पनी सूर्य नेपालले मोरङस्थित गार्मेन्ट कारखानामा नयाँ उद्योग खोल्ने तयारी गरेको छ। मजदुर विवादका कारण व्यवस्थापनले गत साउन ३२ मा सूर्य गार्मेन्ट बन्द गर्ने निर्णय गरेको थियो।
विस्तृतमा

बल्ल-बल्ल समातिएको मुसा फुत्कियो

सुशील भट्टराई, काठमाडौं, भदौ २३- हङकङमा ग्राउन्डेड नेपाल वायुसेवा निगमको जहाजभित्र दुई दिनदेखि धुइँपत्ताल खोजी गरिएको एउटा मुसा समातिए पनि फुत्किएको छ।
विस्तृतमा

एनसेलको कर्पोरेट पोस्टपेडमा थप सुविधा

काठमाडौं, भदौ २३ (नागरिक)- एनसेलले मोबाइल टेलिफोनका कर्पोरेट उपभोक्तालाई लक्ष्य गर्दै उनीहरुको लागि सस्तो योजना ल्याएको छ। निजी क्षेत्रको पहिलो जिएसएम मोबाइल सेवा प्रदायक एनसेलले पोस्टपेड मोबाइलका उपभोक्ताका लागि 'प्रिमियम योजना', 'प्लस योजना' र 'क्लासिक योजना' ल्याएको छ।
विस्तृतमा

न्युरोड गुँदपाकका तीन सञ्चालक पक्राउ

काठमाडौं, भदौ २३ (नागरिक)- गुणस्तर म्याद नाघेका दुषित मिठाइ प्रयोग गरी गुँदपाक र पुष्टकारी बनाएको आरोपमा प्रहरीले न्यूरोडको कर्नर ताजा गुँदपाक भण्डारका सञ्चालक 'नरेन्द्र' भनिने मनेन्द्रलाल मास्के र मदनबाबा मास्केलाई बिहीबार पक्राउ गरेको छ।
विस्तृतमा

आज पनि घट्यो सुनको भाउ

काठमाडौँ, भदौ २२ - स्थानीय बजारमा छापावाल सुनको मूल्य हिजोको तुलनामा आज प्रतितोला ३ सय रुपैयाँ घटेर प्रतितोला ५२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। हिजो सुनको भाउ १ हजार ४ सय रुपैयाँ घटेको थियो। हिजो छापावाल सुनको मूल्य प्रतितोला ५२ हजार ८ सय रहेको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ।
विस्तृतमा

कन्हैया घिउ र अनमोलका प्रबन्धक पक्राउ

काठमाडौं, भदौ २२(नागरिक)-गुणस्तरहीन उत्पादन गर्ने कन्हैया घिउ प्याकिङ उद्योगका सञ्चालक लोकेश अग्रवाल र अनमोल स्विट्सका प्रबन्धक सुमन थापालाई प्रहरीले पक्राउ गरेको छ।
विस्तृतमा

तारे होटलका कोठाको शुल्क वृद्धि

सन्तोष पोखरेल, पोखरा, भदौ २२–यहाँका सबै तारे होटलले कोठाको शुल्क बढाउने निर्णय गरेका छन्। सञ्चालन खर्च बढ्दै गएको भन्दै कोठाको शुल्क २० प्रतिशत बढाउने निर्णय भएको होटलले जनाएका छन्।
विस्तृतमा

४३ ब्रान्डका गाडी प्रदर्शनी

काठमाडौं, भदौ २२ (नागरिक)- बिक्री बढाउने र ट्राफिक जनचेतना फैलाउने उद्देश्यका साथ बुधबार राजधानीको भृकुटीमण्डपमा सवारी साधन मेला सुरु भएको छ। नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन(नाडा)को आयोजनामा मेला सुरु भएको हो। 'नाडा अटो सो-२०११' मेलामा विभिन्न कम्पनीका १ सय वटा स्टल छन्।
विस्तृतमा

दुई अंकको आर्थिक वृद्धिदर कायम गर्ने अर्थमन्त्रीको दावी

काठमाडौँ, भदौ २१ - अर्थ मन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई विश्वासमा लिएर दुई अङ्कको आर्थिक वृद्धिदर हासिल गर्न आफूले पहिलो प्राथमिकता दिएको जानकारी दिएका छन्। उनले भने, 'म जति दिन अर्थ मन्त्रालयको कार्यभार सम्हाल्छु, यसैमा सम्पूर्ण ध्यान लगाउँदछु।'
विस्तृतमा

एकै दिन सुन तोलामा १४ सय घट्यो

काठमाडौँ, भदौ २१ - स्थानीय बजारमा छापावाल सुनको मूल्य हिजोको तुलनामा आज प्रतितोला एक हजार ४ सयले घटेर प्रतितोला ५२ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुनको मूल्य अहिलेसम्मको उच्च रहन गई प्रतितोला ५४ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ।
विस्तृतमा

बजेटमा अर्थमन्त्री पुनको स्वीकृति, पाँचै दिनमा पारित हुने

माधव ढुङ्गेल, काठमाडौं, भदौ २१- अर्थमन्त्री वर्षमान पुनले अघिल्लो सरकारले संसदमा पेस गरेको बजेट स्विकार्दै यही महिनाभित्र पारित गर्न पहल गर्ने बताएका छन्।

विस्तृतमा
Page 6 of 16
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय