अर्थ

मुसाले फेरि हङकङमा जहाज रोक्यो

मुसाले फेरि हङकङमा जहाज रोक्यो
सुशील भट्टराई, काठमाडौं, भदौ २१- मुसा देखिएर सोमबार १२ घन्टा काठमाडौंमा 'ग्राउन्डेड' भएको नेपाल वायुसेवा निगमको जहाज मंगलबार फेरि हङकङमा ग्राउन्डेड भएको छ। कारण- त्यही मुसा।

हङकङ विमानस्थलमा अवतरण गर्नु पाँच मिनेटअघि पाइलट बस्ने ककपिटमै मुसा उफ्रिएर आएको हो। अघिल्लो दिन काठमाडौंमा एयर होस्टेस मञ्जु ढकालले वर्णन गरेजत्रै मुसा हङकङमा देखिएको स्रोतले बतायो। निगम व्यवस्थापनले सुरक्षाको कारण देखाउँदै जहाज हङकङमै ग्राउन्डेड गरेको छ।

विस्तृतमा

दूषित मिठाई बेच्ने विराटनगरको जलपान गृहमा पनि ताला

चुमन बस्नेत, विराटनगर, भदौ २०- चाडपर्व नजिकिँदै जाँदा बजारमा खाद्यवस्तुको अनुगमन र निरीक्षण तीव्र पारिएको छ। विराटनगरको मेन रोडमा रहेको आदर्श जलपान गृहले दूषित मिठाई बेच्ने गरेको पाइएपछि पसल बन्द गरिएको छ।
विस्तृतमा

सुनको भाउमा फेरि कीर्तिमान

काठमाडौं, भदौ २० (नागरिक) -एकैदिन तोलामा ९ सय रुपैयाँ बढेपछि सुनको भाउले मंगलबार फेरि नयाँ किर्तिमान कायम गरेको छ। नेपाली बजारमा मंगलबार सुन तोलाको ५४ हजार २ सय रुपैयाँमा कारोबार भयो। यो हालसम्मकै सबैभन्दा महँगो हो। यसअघि गत भदौ ६ गते सुन सबैभन्दा महँगो तोलाको ५३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
विस्तृतमा

मुसा बोकेरै जहाज मलेसिया

मुसा बोकेरै जहाज मलेसिया सुशील भट्टराई, काठमाडौं, भदौ २०- मुसा पसेर सोमबार बिहान 'ग्राउन्डेड' भएको नेपाल वायुसेवा निगमको एउटा ठूलो जहाज राति अबेरसम्म खोज्दा पनि पत्ता नलागेपछि 'जोखिम मोलेर' मुसैसहित मलेसियाको क्वालालम्पुर उडेको छ।
विस्तृतमा

एनसेलको डाटा कनेक्ट एक रुपैयाँमै

काठमाडौं, भदौ २० (नागरिक) - निजी क्षेत्रको पहिलो जिएसएम मोबाइल कम्पनी एनसेलले १ हजार मेगाबिट (एमबी) डाटा लिँदा जेडटिईको डिभाइस एक रुपैयाँमै दिने स्किम ल्याएको छ।
विस्तृतमा

क्यापिटल मर्चेन्ट खारेज नगरी पैसा फिर्ता नहुने

सुदर्शन सापकोटा, काठमाडौं, भदौ २०- क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीलाई खारेजी (लिक्विडेसन) मा पठाएपछि मात्र निक्षेपकर्ताले पैसा पाउने भएका छन्।
विस्तृतमा

१० वर्षपछि २० अर्ब तिर्न 'अनिवार्य'

रामचन्द्र भट्ट, काठमाडौं, भदौ २०- दूरसञ्चार प्राधिकरणले '१० वर्षपछि २० अर्ब रुपैयाँ नवीकरण शुल्क अनिवार्य तिर्नुपर्ने' सर्त राखेर सबै कम्पनीलाई देशभर मोबाइल चलाउन दिने प्रक्रिया अघि बढाएको छ।
विस्तृतमा

न्युरोडको गुँदपाक भण्डारका उत्पादन 'दुषित', खान अयोग्य

न्युरोडको गुँदपाक भण्डारका उत्पादन 'दुषित',  खान अयोग्य विष्णु पोखरेल, काठमाडौं, भदौ २० - राजधानीको न्यूरोड गेटनिरको अत्यन्त लोकप्रिय गुँदपाक पसलले म्याद गुज्रेका र दुषित मिठाइ प्रयोग गरी गुँदपाक तथा पुष्टकारी बनाउने गरेको भेटिएको छ। वाणिज्य विभागको अनुगमन टोलीले सोमबार 'गुँदपाक भण्डार'को उत्पादन स्थल निरीक्षण गर्दा 'म्याद गुज्रेको भनी फर्काइएका' लाखामरी, पुष्टकारी र गुँदपाकलाई नै फेरि प्रशोधन गरिएको फेला परेको हो।
विस्तृतमा

स्वरोजगार कार्यक्रमलाई अगाडि बढाउँछु : अर्थमन्त्री पुन

काठमाडौं, भदौ २० (नागरिक)- नवनियुक्त अर्थमन्त्री वर्षामान पुनले विगतमा माओवादीको सरकारले सुरु गरेको स्वरोजगार कार्यक्रमलाई अगाडी बढाउने बताएका छन्। 'यो बाहेक थप रोजगारी सृजनाका अरु पनि कार्यक्रम ल्याइने छं' उनले भने। तत्कालिन अर्थमन्त्रीका रुपमा बावुराम भट्टराईले स्वरोजगार कार्यक्रम सुरु गरेका थिए।

विस्तृतमा

मुसा पसेपछि काठमाडौँबाट ब्याङ्कक उड्न ठीक्क परेको जहाज रोकियो

मुसा नभेट्टिएसम्म जहाज ग्राउन्डेड-
सुशील भट्टराई, काठमाडौँ, भदौ १९-  एक सय ३३ यात्रु बोकेर ब्याङ्कक उड्न ठीक्क परेको नेपाल वायुसेवा निगमको बोइङ ७५७ नाइन एन- एसीबी जहाजमा एउटा मुसा पसेपछि उडान रद्द भएको छ।
विस्तृतमा

एक महिनाभित्र बिजुली महसुल बढाउने प्रस्ताव

काठमाडौं, भदौ १९ (नागरिक)- ऊर्जा मन्त्रालयले दुई साताभित्र महसुल निर्धारण आयोग गठन गरेर विद्युत महसुल वृद्धि गर्ने प्रस्ताव गरेको छ।
विस्तृतमा
Page 7 of 16
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय