अर्थ

अर्थमन्त्रीका रुपमा पुनको 'छलाङ'

अर्थमन्त्रीका रुपमा पुनको 'छलाङ' किरण भण्डारी, काठमाडौं, भदौ १९- 'आर्थिक अवस्था नाजुक छ, तपाईंहरूले अड्कल नकाटेको व्यक्ति अर्थमन्त्रीमा ल्याउँदैछु,' प्रधानमन्त्री बाबुराम भट्टराईले चार दिनअघि मुख्यसचिव माधव घिमिरे र महत्त्वपूर्ण मन्त्रालयका केही सचिवको जिज्ञासा शान्त पार्दै भनेका थिए।

'बजेट पारित गराउनुछ, अर्थमन्त्री चाँडो आइदिए सजिलो हुन्थ्यो,' उनीहरूले भट्टराईसँग सोधे, 'कसको सम्भावना छ?'

बैठकमा सहभागी एक सचिवका अनुसार अन्तर्मुखी स्वभावका प्रधानमन्त्रीले सुइँको दिएनन्। 'पार्टीमा अन्तिम निर्णय भइसकेको छैन, दुई/चार दिन कुर्नुस्,' भट्टराईले भने, 'हामी सक्षम व्यक्ति ल्याउँदैछौ।'

विस्तृतमा

मजदुरले हडताल गरेपछि व्यवस्थापनद्वारा उद्योग बन्द

रोहित राई, धरान, भदौ १९- सरकारले वृद्धि गरेको तलव उपलब्ध गराउनुपर्ने एकसूत्रीय माग राख्दै मजदुरहरु हडतालमा उत्रिएपछि यहाँका चार औषधि उद्योग बन्द भएका छन्। व्यवस्थापनले आइतबार सूचना जारी गरी मनोज फर्मास्युटिकल, शिव फर्मास्युटिकल वर्क्स, मनोज केमिकल वर्क्स र मकालु जडिबुटी प्रोडक्सन प्रालि बन्द गरेको हो।
विस्तृतमा

क्यापिटल मर्चेन्ट खारेज नगरी पैसा फिर्ता नहुने

साधारण निक्षेपकर्ताको ९० करोड-
सुदर्शन सापकोटा, काठमाडौं, भदौ १९- क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीलाई खारेजी (लिक्विडेसन) मा पठाएपछि मात्र निक्षेपकर्ताले पैसा पाउने भएका छन्।

विस्तृतमा

जलविद्युतबाहेक सबै घटे

काठमाडौं, भदौ १९ (नागरिक)- सेयर बजारमा आइतबार कारोबार भएका जलविद्युतबाहेक सबै समूहको परिसूचक घटेकाले नेप्से ओरालो लागेको छ। कारोबार रकम पनि तुलनात्मक रुपमा कम छ।
विस्तृतमा

सूर्य गार्मेन्ट बन्द हुँदा थप ३ उद्योगलाई धक्का

काठमाडौं, भदौ १८ (नागरिक)- बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले तयारी पोसाक उद्योग बन्द हुँदा अन्य तीन तयारी पोसाक उद्योगसमेत प्रभावित हुने भएका छन्। सूर्य नेपालले आफूलाई आउने अर्डरमध्ये आधा तयारी पोसाक अन्य तीन उद्योगलाई बनाउन दिने गरेको थियो।
विस्तृतमा

मन्त्रालयको निर्देशनपछि संस्थानले खसीबोका किन्ने

काठमाडौं, भदौ १८ (नागरिक)- यसपालि दसैंमा खसीबोका नकिन्ने योजनामा रहेको खाद्य संस्थानले तालुक मन्त्रालय वाणिज्य तथा आपूर्तिको निर्देशनपछि किन्ने तयारी सुरु गरेको छ।
विस्तृतमा

टायरको भाउ १२ % सम्म बढ्न सक्ने

नयाँदिल्ली, भदौ १८ (इकोनोमिक्स टाइम्स)-अटोमोबाइल बिक्रीको क्षेत्रमा आएको मन्दी र लागतवृद्धिले भारतीय टायर उद्योगलाई समस्या परेको छ।
विस्तृतमा

महँगीले गहना कारोबार ठप्प

मनोज अधिकारी, पोखरा, भदौ १७ - केही दिनयता सुन प्रतितोला आधा लाखभन्दा बढी पर्न थालेपछि यहाँ गहनाको कारोबार ठप्प हुने अवस्थामा पुगेको छ। दिनदिनै तोलामा ५ सयदेखि एक हजारका दर सुनको मूल्य बढेर तोलाको ५० हजार नाघेपछि कारोबार ठप्प प्रायः बनेको व्यवसायीले बताएका छन्।
विस्तृतमा

उपाध्यक्ष देवकोटाद्वारा राजिनामा

काठमाडौं, भदौ १७ (नागरिक) - माओवादी नेतृत्वमा नयाँ सरकार बनेपछि राष्ट्रिय योजना आयोगमा नेकपा एमालेका तर्फबाट नियुक्त उपाध्यक्ष दिनेशचन्द्र देबकोटालगायत तीन सदस्यले शुक्रबार राजिनामा दिएका छन्।
विस्तृतमा

पाँचवटा सस्तो घुम्ती पसल चलाइने

काठमाडौं, भदौ १७ (नागरिक) - बाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोक्तालाई तत्काल राहत दिन काठमाडौं उपत्यकामा पाँचवटा मोबाइल घुम्ती पसल सञ्चालन गर्ने भएको छ। मन्त्रालय मातहतका निकायहरुलाई परिचालन गरेर मन्त्रालयले सस्तो घुम्ती पसल सञ्चालन गर्ने योजना सहितको कार्यक्रम शुक्रबार प्रधानमन्त्री कार्यालयमा पठाएको छ।
विस्तृतमा

निगमका महाप्रबन्धकलाई तत्काल नहटाउन सर्वोच्चको आदेश

काठमाडौं, भदौ १६- सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका महाप्रबन्धक कुलबहादुर लिम्बूलाई हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। पदावधि नसकिँदै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफूलाई हटाएको भन्दै उनले असार १९ गते रिट दायर गरेका थिए। 
विस्तृतमा
Page 8 of 16
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय