अर्थ

नक्कली प्रज्ञापनपत्रबाट भारु अपचलन, पाँच पक्राउ, ७५ लाख बरामद

बालकृष्ण ज्ञवाली, काठमाडौं, भदौ १६- नक्कली प्रज्ञापनपत्र बनाएर वास्तविकभन्दा बढी सामान आयात गरेको भन्दै भारतीय रुपैयाँ अपचलन गर्ने गिरोह फेला परेको छ।
विस्तृतमा

योजना आयोगका उपाध्यक्ष राजीनामाको तयारीमा

काठमाडौं, भदौ १६ (नागरिक)- सरकार परिवर्तन भएपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दिनेशचन्द्र देवकोटाले राजीनामा दिने भएका छन्। राजिनामाको घोषणा गर्न उनले शुक्रबार पत्रकार आयोजना गर्ने भएका छन्। 'राजीनामाबारे म अहिले केही बोल्दिन' देवकोटाले बिहीबार नागरिकसँग भने।
विस्तृतमा

तेल सहज बनाउन आयल निगमले ५० करोड ऋण लिने

काठमाडौं, भदौ १६ (नागरिक)- सरकारले घाटामा रहेको आयल निगमलाई अनुदान नदिएपछि ऋण खोजेर तेलको आपूर्ति गर्ने भएको छ। बाणिज्य तथा आपूर्ति मन्त्रालयले तेल आपूर्ति सहज बनाउन ७५ करोड रुपैयाँ मागेपनि अर्थमन्त्रालयले दिन अस्विकार गरेपछि वित्तिय संस्थाबाट ५० करोड ऋण निगमले लिने भएको हो।
विस्तृतमा

'कन्हैया' घिउमा मिसावट

काठमाडौं, भदौ १६ (नागरिक)- जनावरको बोसो मिसाएर गाई भैंसीको घिउ भनि उपभोक्ता ठगी गरेको आशंका गरिएको 'कन्हैया' ब्रान्ड घिउलाई यस अघिकै सरकारी प्रयोगशाला परीक्षणले मिसावटयुक्त प्रमाणित गरिसकेको खुलेको छ।
विस्तृतमा

घरबहाल कर असुली कडाई गरिने

बुटवल, भदौ १५ (नागरिक)- बुटवल नगरपालिकाले लक्ष्यअनुसार घरबहाल कर असुली नभएपछि असुली कडाई गर्ने भएको छ। घरधनीले घर महङ्गो भाडामा लगाउने तर कर इमान्दारीपूर्वक नतिरेको पाइएपछि नगरपालिकाले कर असुलीमा कडाई गर्न लागेको जानकारी दिएको छ।
विस्तृतमा

प्रधानमन्त्रीले चढ्ने गाडी अन्तःशुल्कको भरमा

अजित तिवारी, विराटनगर, भदौ १५- झन्डै टाट पल्टिने अवस्थामा पुगेको मुलुककै पुरानो र एकमात्र मोटर उत्पादक कम्पनी हुलास मोटर्सद्वारा निर्मित मुस्ताङ गाडी प्रधानमन्त्री बाबुराम भट्टराईले चढ्न थालेपछि कम्पनी जोगिने आश बढेको छ।
विस्तृतमा

उत्कृष्ट लामो पदयात्रा सूचीमा नेपाल

काठमाडौं, भदौ १५ (नागरिक)- सन् २०११ का लागि घुम्नैपर्ने विश्वका उत्कृष्ट लामो दुरीका पदयात्रा मार्गको सूचीमा नेपाल पनि परेको छ। अस्ट्रेलियामा केन्द्रीय कार्यालय भएको 'लोन्ली प्लानेट ट्राभल गाइड' ले तयार पारेको सूचीमा नेपालको 'ग्रेट हिमालयन ट्रेल' परेको हो।
विस्तृतमा

अस्ट्रेलियामा तयारी पोसाक जान थाल्यो

काठमाडौ, भदौ १५ (नागरिक)-अमेरिकामा तयारी पोसाक निकासी घटेपछि उद्योगी नयाँ बजारको खोजीमा लागेका छन्। नेपाल तयारी पोसाक संघको पहलमा नयाँ बजारको खोजी सुरु भएको हो।
विस्तृतमा

१२ वर्षपछि नेपाली गाडीको परीक्षा

१२ वर्षपछि नेपाली गाडीको परीक्षा विष्णु पोखरेल, काठमाडौं, भदौ १५- झट्ट हेर्दा 'मिनी ट्रक'जस्तो देखिन्छ। बाहिरी आवरणमा कुनै आकर्षण छैन। ठूलो आवाज निकाल्छ। त्यसमाथि संवेदनशील ओहोदाका व्यक्तिलाई चाहिने न्यूनतम सुरक्षा व्यवस्था छैन।

प्रधानमन्त्री बाबुराम भट्टराईले सुविधासम्पन्न गाडीहरूको विकल्प छाडेर नेपालमै 'एसेम्बल' गरिएको 'मुस्ताङ म्याक्स' रोजेपछि यसको सुविधा र सुरक्षालाई लिएर टिकाटप्पणी भइरहेका छन्।

विस्तृतमा

तीजको दिन सुन भारी मूल्यवृद्धि

काठमाडौं, भदौ १४ (नागरिक) - नेपाली महिलाको पर्व  तीजको दिन बुधबार स्थानीय बजारमा छापावाल सुनको मूल्यमा भारी वृद्धि भएको छ। पहेँलो धातु हिजोको भन्दा १ हजार १ सय रुपैयाँ बढ्दै प्रतितोला ५२ हजार ४ सय रुपैयाँ पुगेको छ।
विस्तृतमा

अनमोल मिठाइमा जनावरको बोसो

काठमाडौं, भदौ १४ (नागरिक) - भाटभटेनीस्थित अनमोल स्विटले मिठाइ बनाउन म्याद नाघेको मसला र घिउ प्रयोग गरेको भेटिएपछि जिल्ला प्रशासन कार्यालयले कारबाही सुरु गरेको छ।
विस्तृतमा
Page 9 of 16
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय