अपर्झट पर्दा टेलिफोन बन्द

E-mail Print
(0 votes, average 0 out of 5)
रामचन्द्र भट्ट, काठमाडौं, असोज २- सूचना तथा सञ्चार मन्त्री जयप्रकाश प्रसाद गुप्ता आइतबार भुइँचालो जाँदा संसद भवनभित्र बजेट पारित गर्ने छलफलमा भाग लिइरहेका थिए। भुइँचालोको झट्का आउनेबित्तिकै उनी अरू सांसदहरूसँगै दौडिएर संसद् भवन बाहिर निस्के र तारन्तार घरमा फोन गर्न थाले। तर, सम्पर्क हुन सकेन।
 
'संसदबाट बाहिर निस्केर मैले मोबाइलबाट घरमा फोन गर्न खोजेँ, तर जति गर्दा पनि लाइनै लागेन,' गुप्ताले आइतबार बेलुकी नागरिकसँग भने, '१५ मिनेट त मोबाइलले कामै गरेन।'

प्राकृतिक विपद्मा परेपछि सबभन्दा पहिला मान्छेहरू आफ्नो परिवारलाई सम्पर्क गर्न खोज्छन्। आफू जहाँ भए पनि टेलिफोन सम्पर्क गरेर परिवारको हालचाल बु‰ने प्रयास गर्छन्। झन् अहिले त हातहातमा मोबाइल भएपछि सम्पर्क गर्न सजिलो भएको छ।
तर, होइन रहेछ। अपर्झट परेका बेला आइतबार यही मोबाइलले पनि काम गरेन। भुइँचालोपछि परिवार र आफन्तको अवस्था बु‰न धेरैले एकैचोटि फोन गर्दा सम्पर्कै हुन सकेन। बाटोबाटोमा जम्मा भएकाहरू हातमा मोबाइल लिएर लगातार नम्बर डायल गरिरहेका थिए। तर, लाइन पाउन नसकेर सबै दिक्क थिए।

सबभन्दा ठूलो नेटवर्क भएको नेपाल टेलिकम, एनसेल, युटिएलले डिजाइन गरेको प्रविधिले ग्राहकको चाप थेग्न सकेन। '१५/२० मिनेटसम्म टेलिफोनमा परेको चाप धान्न हाम्रो सिस्टमलाई निकै गाह्रो पर्‍यो,' टेलिकम प्रवक्ता सुरेन्द्र थिकेले भने।

त्यसपछि विस्तारै फोनले काम गरेपनि प्रभाव भने राति अबेरसम्म कायमै थियो। टेलिकम, एनसेल, युटिएललगायत सबै टेलिफोन कम्पनीका फोनबाट ग्राहकले भूकम्प जाने बित्तिकै फोन गर्न सकेनन्। कल सफल गर्न धेर पटक नम्बर डायल गर्नुपरेको थियो।
मोबाइल, सिडिएमए र ल्यान्डलाइन समेत अवरुद्ध भएका थिए। तार रहित मोबाइलको नेटवर्क कनेक्सन नभएको र ल्यान्डलाइनमा भने चाप अत्यधिक परेपछि 'डायलटोन' नै आएन।

टेलिकम स्रोतका अनुसार मोबाइलको एउटा बिटिएसबाट एकै पटक तीनसय जनाले कुराकानी गर्न सक्छन्। बिटिएसले मोबाइलबाट ग्राहकले गरेको कललाई अर्को मोबाइल सेटसम्म पुर्‍याउने काम गर्छ।

तर भुकम्पपछि एउटै बिटिएसमा पाँचहजारसम्मको चाप परेको थियो। 'एकैपटक कल ट्राफिक बढेकाले कुराकानी हुन निकै समस्या परेको हो,' उनले भने।

जिएसएमभन्दा पनि सिडिएमएका ग्राहकले निकै सास्ती भोगेका छन्। सिडिएमएका अधिकांश टावरहरु कल ट्राफिक असामान्य भए पनि डाउन भएका थिए। डाउन भएका टावरहरुलाई मर्मत गर्न रातिसम्म सिडिएमएका प्राविधिकहरु खटिएका थिए।

'एकैपटक धेरैले कल गर्ने प्रयास गरेकाले नेटवर्क पुरै जाममा परेको हो,' थिकले भने। नेटवर्क जामले गर्दा एसएमएस समेत डेलिभरीमा समस्या आएको थियो।

मानिसहरु एकै ठाउँमा जम्मा हुने र कल गर्ने प्रयासले गर्दा बिटिएसमा मोबाइलको ट्राफिक जाम अत्यधिक भएको थियो।

ल्यान्डलाइनमा परेको चापले एसटिडीमात्र नभई लोकल कलसमेत रोकिएको थियो। 'डायलटोनै आएन, त्यसले गर्दा कुराकानी हुन नसकेको हो,' टेलिकमका अर्का एक अधिकारीले भने।

सञ्चारमन्त्री गुप्ताका अनुसार यो प्राकृतिक विपदले भविष्यमा प्रविधि विस्तारमा बढ्ता ध्यान पुर्‍याउनुपर्ने शिक्षा दिएको छ। 'कुनै नयाँ प्रविधि खरिद, विस्तार गर्दा प्राकृतिक विपद्मा हुनसक्ने त्यतिखेरको मागलाई समेत धान्नसक्ने गरी गर्नुपर्ने नयाँ एजेन्डा थपेको छ,' उनले भने।

 
 भूकम्पले हल्लियो देश

भूकम्पबाट थप दुईको मृत्यु, हालसम्म ७ को मृत्यु पुष्टि

अब आत्तिनु पर्दैन : विज्ञ
भर छैन ठूला भवनको
'धरहराको अवस्था हेर्न आएको'भूकम्प आउँदै गर्दा सभामुख भन्दै थिए- 'माननीय सदस्यहरू, बसौं-बसौं'
अपर्झट पर्दा टेलिफोन बन्द
दुई दर्जन घाइते काठमाडौँका अस्पतालमा
नब्बे सालयताकै ठूलो भूकम्प
काठमाडौं विश्वकै जोखिमपूर्ण शहर
पूर्वमा ठूलो क्षति

तपाईँसित भूकम्पसँग सम्बन्धित भिडियो वा फोटो भए पठाउनुस् nagariknewsvideo@gmail.com मा

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय