Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Jun 04th

पृथ्वी राजमार्गका होटलहरु म्याद नाघेका र अखाद्य पदार्थ बिक्री वितरण गर्दै

E-mail Print
(0 votes, average 0 out of 5)
धादिङ, असोज ५- पृथ्वी राजमार्ग क्षेत्रमा सञ्चालित होटलहरुमा म्याद नाघेका र अखाद्य पदार्थहरु समेत बिक्री वितरण भइरहेको पाइएको छ। जिल्ला खाद्य तथा अनुगमन समिति, धादिङले बुधबार राजमार्ग क्षेत्रका होटहरुको अनुगमन गर्दा यस्तो पाइएको हो।
 

अनुगमनका क्रममा टोलीले झन्डै एक गाडी म्याद नाघेका बियर, पेप्सी, मिरिन्डा, कोक, फेन्टालगायतका पेयपदार्थ र करिब दुई बोरा चामलसहितका खाद्य पदार्थ नियन्त्रणमा लिएको छ। अनुगमनका क्रममा होटलहरुले अत्यधिक मूल्य लिने गरेकोसमेत पाइएको छ।

आफूखुसी मूल्य निर्धारण गर्ने गरेका होटल व्यवसायीहरुले बुधबार भने अनुगमन टोली गएको थाहा पाएपछि एक्कासी मूल्य घटाएका थिए।

धादिङका सहायक प्रमुख जिल्ला अधिकारी एवम् खाद्य गुणस्तर तथा अनुगमन अधिकृत कृष्ण गैरेको नेतृत्वमा विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि र सञ्चारकर्मीसहितको टोलीले पृथ्वी राजमार्गको सिम्लेदेखि खानीखोलासम्मका होटलको अनुगमन गरेको थियो।

अनुगमनका क्रममा नियन्त्रणमा लिइएका अखाद्य पदार्थहरुलाई बुधबार नै सुरक्षित ठाउँमा नष्ट गरिएको खाद्य गुणस्तर तथा अनुगमन अधिकृत गैरेले जानकारी दिनुभयो। अनुगमन आगामी दिनमा पनि जारी रहने बताइएको छ। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय