Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Jun 04th

सार्क विकासका लागि क्षेत्रीय सञ्जाल विकास गर्ने सहमति

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असोज ६ (नागरिक)- दक्षिण एसियाली क्षेत्रका व्यवसायीले आउँदो २०२० सम्मको दशकलाई 'क्षेत्रीय सञ्जाल' को रुपमा विकास गर्ने घोषणा गरेका छन्। मंगलबारदेखि काठमाडौंमा भएको यस क्षेत्रका व्यवसायीको भेलाले आठै देशबीच आपसी सम्बन्ध विस्तार गर्न सम्पर्क र समन्वय बढाउने घोषणा गरेका हुन्।

घोषणा कार्यान्वयन गर्न सम्बन्धित सरकारहरुसँग पहल गर्ने सहमति व्यवसायीले गरेका छन्।
'क्षेत्रीय सम्पर्कबाट शान्ति र समृद्धि' नाराका साथ सुरु भएको चौथो सार्क व्यावसायिक सम्मेलनले सडक, रेलवे, हवाई, समुद्र, नदी र दूरसञ्चारमार्फत यो क्षेत्रका मुलुकहरुबीच सम्पर्क नजिक बनाउन पहल गर्ने सहमति भएको छ। घोषणामा यो क्षेत्रको पर्यटन, स्वास्थ, शिक्षा, संस्कृतिको आदानप्रदान गर्ने घोषणा यस क्षेत्रका व्यवसायीले गरेका छन्।
सम्मेलनले यो क्षेत्रको व्यापारलाई सहजीकरण गर्ने, व्यवसायीलाई हरेक वर्ष एक सयदेखि पाँच सय जनासम्मलाई निशुल्क मल्टिपल भिसा उपलब्ध गराएर सहजीकरण गर्ने, हवाई सम्पर्क बढाउन खुल्ला आकास नीति लिने, क्षेत्रीय रुपमा यातायात सम्झौता गर्ने, भन्सारमा एकरुपता ल्याउने सहमतिसमेत भएको छ।
सम्मेलनको समापन कार्यक्रममा सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष विक्रमजित सिंह सेनईले यो क्षेत्रमा समान आधारमा टेलिफोन शुल्कको निर्धारण, हवाई यातायात वृद्धि, सार्कका जनताबीच खुला सिमानाको अवधारणा लिएर अघि बढ्नुपर्नेमा जोड दिए। विश्वको कुल जनसंख्याको २२ प्रतिशत सार्क क्षेत्रका आठ देशमा बस्छन्। तर क्षेत्रीय व्यापार भने दुई प्रतिशतको हाराहारीमा हुनु दुर्भाग्यपूर्ण रहेको उनले बताए।
सार्क क्षेत्रमा ऊर्जा संकट समाधानका लागि व्यवसायीले एकीकृत सार्क ऊर्जा रणनीति बनाउनुपर्ने सुझाव दिएका छन्। विद्युतको अन्तरदेशीय प्रसारण लाइन निर्माण, विद्युत खरिद बिक्रीको नयाँ व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ।
यस क्षेत्रमा महिलालाई व्यवसायमा संलग्न गराउँदै आर्थिक विकास, उद्यमी बनाउन सहयोग गर्नुपर्नेमा जोड दिएको छ। सार्कमा पानी, ऊर्जा, जलवायु परिवर्तन, खाद्य सुरक्षा जस्ता साझा समस्यालाई समाधान गर्न व्यवसायीको क्षेत्रमा साझेदारी गर्ने सहमतिसमेत घोषणापत्र मार्फत गरिएको छ।
सार्क क्षेत्रका पाँचसय व्यवसायीहरुले तीन दिनसम्म यस क्षेत्रका व्यावसायिक समस्या, आर्थिक विकास, ऊर्जा, युवा उद्यमी, व्यापारका विषयमा छलफल गरेका थिए। सम्मेलनमा पाँचसय उद्यमीको सहभागिता थियो।
सम्मेलनले सन् २०१२ मा सार्क उद्यमीको अर्को भेला आयोजना गर्ने निर्णय गरेको छ। तर स्थान र मिति भने तय गरिएको छैन। यसपटकको सम्मेलनबाट घोषणा भएका कार्यक्रमलाई दुई महिनापछि माल्दिभ्समा हुने सार्क सम्मेलनमा राखिने भएको छ। सार्कले पारित गरेपछि यस क्षेत्रको विकासका लागि सबै देशले कार्यान्वयन गर्न सजिलो पर्छ।
सम्मेलनले यो क्षेत्रमा युवा उद्यमीको सहभागिता वृद्धिका लागि व्यावसायिक वातावरण बनाउन पहल गर्ने र क्षेत्रीय समझदारी बनाउन पहल गर्ने सहमतिसमेत गरेको छ।
यो सम्मेलनको उद्घाटन मंगलबार राष्ट्रपति रामवरण यादवले गरेका थिए। सम्मेलनमा श्रीलंकाका पूर्व प्रधानमन्त्री रत्नश्री विक्रमन्यका, सार्क उद्योग वाणिज्य संघका अध्यक्ष अनिसुल हक, बंगलादेशका वातावरणमन्त्री हसन मोहम्मद, पाकिस्तानी पूर्व अर्थमन्त्री सर्तार अजिजलगायतले क्षेत्रीय विकासका लागि साझा नीति र सञ्जालको विषयमा सम्बोधन गरेका थिए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय