कुखुराको मासुको भाउ घट्यो

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असोज १ (नागरिक) - कुखुरा व्यवसायीले आइतबारदेखि लागू हुने गरी मासुको मूल्य घटाएका छन्। शनिबार कुखुरापालन र मासु व्यापारसँग सम्बन्धित व्यवसायीको भेलाले प्रति किलो १५ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।
 'दसैं आउन लागेको अवस्थामा उपभोक्तालाई राहत दिन मूल्य घटाएका हौं,' मासु बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले भने।

उपभोक्ताले एक किलो मासु २ सय २५ रुपैयाँमा पाउने छन्। एक महिनाअघि मूल्य बढेर २ सय ४० रुपैयाँ पुगेको थियो। व्यवसायीका अनुसार अहिले कुखुराको उत्पादन बढेको छ। दसैंको समयअघि सधैंजस्तै उत्पादन बढी हुन्छ। जिउँदो कुखुरा किन्दा उपभोक्ताले प्रतिकिलो १ सय ७० रुपैयाँमा पाउनेछन्।

कुखुरा पाल्ने किसानले बिक्री गर्दा भने १ सय ६० रुपैयाँमात्र पाउने छन्। कुखुरापालक किसान, मासु बिक्रेता र दाना उद्योगीको संयुक्त बैठकले मासुको मूल्य घटाउने निर्णय गरेको हो।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय