कला

ब्रेक फेल, ट्रायल पास!

ब्रेक फेल, ट्रायल पास! सन्तोष रिमाल, काठमाडौं, भदौ २० -दुई लक्का जवान (निरज बराल र विमलेश अधिकारी)का ढुकढुकी। फोटो पत्रकार (सुवास थापा)की निकट साथी। एक बुटिककी अत्याधुनिक ड्रेस डिजाइनर। जो (ऋचा घिमिरे) नेता र व्यापारीलाई समेत छायाँमा पारेर समाचारमा छाउने प्रख्यात समाजसेवी (राजेश हमाल)लाई पाउने सपना देख्छिन्। र, भ्यागुते गाडी (बिटल्स) घुइँक्याउँदै सहर चहार्छिन्।
विस्तृतमा

अश्लिल देखिएकी छैनः विद्या बालन

अश्लिल देखिएकी छैनः विद्या बालन
मुम्बइ, भदौ १९ (एजेन्सी)- महिलाका विविध पक्ष प्रस्ट्याउने फिल्म 'डर्टी पिक्चर'मा  केन्द्रीय पात्र रहेकी हिरोइन विद्या बालनले आफ्नो भूमिका दर्शकलाई अश्विल नलाग्ने विश्वास गरेकी छन्। मिलन लूथरिया निर्देशक रहेको फिल्मको ट्रेलर जारी गर्ने कार्यक्रमले सञ्चारकर्मीले सोधे- यस्तो भूमिका निर्वाह गर्दा तपाइँलाई असहज लागेन ? 'लागेन। मलाई पूरा भरोसा थियो कि म असल निर्देशकको हातमा छु। विश्वास थियो म अश्लिल लाग्नेछैन।'
विस्तृतमा

'हाइवे'मा अमेरिकी सहकार्य

'हाइवे'मा अमेरिकी सहकार्य काठमाडौं, भदौ १८ (नागरिक)- पोस्ट प्रोडक्सनको चरणमा पुगेको नेपाली फिल्म 'हाइवे'मा अमेरिकी कम्पनी लुभर्चुर फिल्मस्ले सहलगानी गर्ने भएको छ। फिल्मका निर्देशक दीपक रौनियारका अनुसार फिल्मको पोस्ट प्रोडक्सनका सबै काम अमेरिकामा गरिने सम्भावना छ। त्यसका लागि आवश्यक खर्च कम्पनीले खोजिदिने छ।

विस्तृतमा

महँगा लुगा लगाउन सक्दिनँ

महँगा लुगा लगाउन सक्दिनँ मलिना जोशी -'बधाई छ छोरी। आजसम्मको हाम्रो लगानी तिमीले चुक्ता गर्‍यौ,' मिस नेपालको ताज पहिरिएपछि बुवाको शब्द सुनेर मैले मन थाम्न सकिनँ। आँखा रसायो। बुवा अत्यन्तै भावुक हुनुभएको थियो। उहाँको आवाजबाटै मैले चाल पाएँ। आजसम्म उहाँको आवाज मैले यस्तरी थर्थराएको कहिल्यै सुनेकी थिइनँ।
विस्तृतमा

ऋचाको 'ब्रेक फेल'

काठमाडौं, भदौ १६ (नागरिक) - अभिनेत्री ऋचा घिमिरेले बनाएको फिल्म 'ब्रेक फेल'को बिहीबार राजधानीको कुमारी हलमा प्रिमियर गरिएको छ। फिल्म शुक्रबार देशका प्रमुख सहरमा रिलिज हुँदैछ।

हिरोइनले बनाएको 'ब्रेक फेल'को प्रिमियरमा कलाकार, निर्माता तथा निर्देशकको बाक्लो उपस्थिति थियो। कार्यक्रममा ऋचाले 'लाइट कमेडी' फिल्म बनाएको जानकारी दिइन्। 'हेरुन्जेल रमाइलो लाग्छ। दर्शकले बोर मान्दैनन् भन्ने आशा गरेकी छु,' उनले भनिन्।

विस्तृतमा

मिस नेपाललाई नौ कक्षा पढ्दा पहिलो प्रेमप्रस्ताव

मिस नेपाललाई नौ कक्षा पढ्दा पहिलो प्रेमप्रस्ताव
स्मृति ढुंगाना, काठमाडौं, भदौ १५- नयाँ 'नेपाल सुन्दरी' मलिना जोशीलाई कर्पोरेट क्षेत्रमा काम गर्ने इच्छा छ।
विस्तृतमा

मलिना बनिन् मिस नेपाल

मलिना बनिन् मिस नेपाल काठमाडौं, भदौ १३ (नागरिक)- एमबीए विद्यार्थी मलिना जोशी १८ प्रतिस्पर्धीलाई पछि पार्दै यस वर्षको मिस नेपाल विजयी भएकी छन्। नेपाली सेनाको आर्मी अफिर्स क्लबमा आयोजित समारोहमा मंगलबार पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले मिस नेपालको ताज मलिनाको शिरमा पहिराइ दिइन्। २३ वर्षीया नयाँ मिस नेपाल पूर्वी सहर धरानकी स्थायी बासिन्दा हुन्।
विस्तृतमा

बन्दले अडकियो 'लास्ट किस'

बन्दले अडकियो 'लास्ट किस'

रोहित राई, धरान, भदौ १३- दुई सातादेखि धरानको लाङ्घाली सामुदायिक वनमा सुटिङ भइरहेको ‘द लास्ट किसः अ युनिक लभ स्टोरी'ले संघीय लिम्बुवान राज्य परिषद्को तीन दिने आमहड्तालका कारण सुटिङ गर्न सकेन। सोमबार मोरङको वेतना सिमसार जाने तरखरमा रहे पनि सुटिङ रद्द भयो।

विस्तृतमा

बाबुराम प्रधानमन्त्री बनेकामा कलाकारलाई कस्तो लाग्यो?

बाबुराम प्रधानमन्त्री बनेकामा कलाकारलाई कस्तो लाग्यो?
ऋचा शर्मा, अभिनेत्री

हुन त जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान नै चरितार्थ हुने होला। तैपनि जनताको सोच अनुसारको काममा बाबुराम भट्टराईबाट केही आशा गर्नुपर्छ। उहाँ बौद्धिक नेता भएकाले पनि विकासमा ध्यान दिनुहुन्छ कि जस्तो लागेको छ। पहिलो प्राथमिकता त संविधान निर्माणमै दिनुपर्छ। त्यसपछि देशको उज्ज्वल भविष्यको खाका कोर्नुपर्छ।

विस्तृतमा
Page 3 of 5
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय