कला

अन्नालाई भेट्दैछन आमिर

अन्नालाई भेट्दैछन आमिर मुम्बई, भदौ १० - भ्रष्टाचार विरोधी फिल्म रङ दे वसन्तीका हिरो तथा बलिउड अभिनेता आमिर खान शनिबार अन्ना हजारेलाई भेट्न जाँदैछन्। अनसनमा बसेका सामाजिक अभियन्ता अन्ना हजारेको जन लोकपाल कानुनलाई समर्थन जनाउन उनी दिल्लीस्थित रामलिला मैदानमा उपस्थित हुनेछन्। अन्नाको अभियानमा प्रत्यक्षरुपमा नदेखिएको भएपनि आमिर खान उनीहरुलाई समर्थन गर्दै आएका छन्।
विस्तृतमा

अन्ना हजारेमाथि प्रकाश झाले फिल्म बनाउने

अन्ना हजारेमाथि प्रकाश झाले फिल्म बनाउने मुम्बई, भदौ ८ - राजनीति र त्यसपछि विवादित विषयमा आधारित आरक्षण फिल्मको निर्देशन गरेका प्रकाश झाले अन्ना हजारेको आन्दोलनलाई फिल्ममा उतार्ने भएका छन्। बलिउडका कलाकारहरु कडा लोकपाल कानुनको पक्षमा उत्रिरहेकै बेला झाले यस्तो सोच अगाडि ल्याएका हुन्। सत्याग्रह नाम रहने यो फिल्ममा अमिताव वच्चनले अन्ना हजारेको भूमिका निभाउने छन्।
विस्तृतमा

मिसन मिस नेपाल

मिसन मिस नेपाल
स्मृति ढुंगाना, काठमाडौं, भदौ ७- मिस नेपाल २०११ को अन्तिम प्रतिस्पर्धाको मिति नजिकिँदै गर्दा सदीक्षा श्रेष्ठ प्रतियोगीहरूलाई प्रोत्साहन गर्न व्यस्त छिन्। देशभरका १९ प्रतियोगीहरूको जिज्ञासा शान्त गर्दै मिस नेपाल सदीक्षाको समय बितेको छ। यसपटक कम समयमै धेरै प्रशिक्षण दिनुपर्ने हुँदा आयोजकले व्यस्तता बढेको जनाएको छ।
विस्तृतमा

'डन २' थ्रीडीमा

'डन २' थ्रीडीमा
मुम्बई, भदौ ७ (एजेन्सी) - शाहरुख खानको बहुप्रतीक्षित फिल्म 'डन २' गुणस्तरीय डिजिटल इफेक्टका साथ आउन लागेको छ। दर्शकलाई एकदम नौलो अनुभव गराउने गरी फिल्म तयार गर्दै गरेको निर्माण पक्षले जनाएका छन्।
विस्तृतमा

ब्रायन एडम्सको दिल्ली कन्सर्ट रद्द

ब्रायन एडम्सको दिल्ली कन्सर्ट रद्द नयाँ दिल्ली, फागुन ३ (एजेन्सी)-ब्रायन एडम्सको भारतको राजधानी दिल्लीमा आज हुने भनिएको कन्सर्ट सुरक्षाको कारण देखाउँदै रद्द गरिएको छ। मंगलबार साँझ हुन लागेको कन्सर्टका सबै टिकट बिक्री भइसकेका भए पनि प्रहरीले सुरक्षाको कारण देखाउँदै कन्सर्ट गर्ने अनुमति नदिएको बताइएको छ। आयोजकका तर्फबाट आधिकारिक टिकेटिङ पार्टनर क्याजुङ्गा डट कमले आफ्नो वेबसाइटमा कन्सर्ट रद्द भएको सूचना राखेको छ।
विस्तृतमा

आमिरलाई सय करोड

आमिरलाई सय करोड

मुम्बई, फागुन २ (एजेन्सी)– चाँडै निर्माण हुने 'धुम–३'ले सोच अनुसार नाफा कमाएमा आमिर खान बलिउडका सबैभन्दा बढी पारिश्रमिक पाउने अभिनेता हुनेछन्। निर्माता आदित्य चोपडासँग उनले नाफाको ठूलै हिस्सा पाउने सम्झौता गरेका छन्। 'धुम–३' मा आफ्नो चल्तीको पारिश्रमिक करिब पाँच करोड भारुमै चित्त नबुझेपछि उनले नाफाको हिस्सा मागेका हुन्। 'धुम'को तेस्रो शृंखलाले यसअघिका दुई फिल्मका हाराहारीमा मात्रै कारोबार गरेमा पनि आमिर बलिउडका अरू कुनै पनि खानभन्दा महँगा साबित हुनेछन्।

विस्तृतमा

एउटा 'रियल' भ्यालेन्टाइन्स प्रेम कथा

एउटा 'रियल' भ्यालेन्टाइन्स प्रेम कथा

गाउँले युवक। लप्पन-छप्पन केही जान्दैनन्। फेब्रुअरी १४ भ्यालेन्टाइन्स डेमा उनी राजधानी छिर्छन्।

सामान्य पोशाक। शिरमा ढाका टोपी। ठाँट्टिएर सहर घुम्ने अभिलाषा। यी थिए गणेशप्रसाद तिमल्सिना, उर्फ जिपी तिमल्सिना। नेपाल टेलिभिजनमा एक जमानाका चर्चित सांगीतिक कार्यक्रम 'म्युजिक प्लस' का प्रस्तोता तथा निर्देशक।

काठमाडौं प्रवेशलगत्तै उनी एक हुल सहरिया युवतीको घेरामा थुनिन पुग्छन्। अनि आफ्नो परिचय पाउँछन्, 'पाखे'। सहरिया युवतीले उल्लीबिल्ली पार्छन् उनलाई।

विस्तृतमा

न्युयोर्कमा प्रवल गुरुङको फेसन (फोटो फिचर)

न्युयोर्कमा प्रवल गुरुङको फेसन (फोटो फिचर)

काठमाडौं, फागुन १ (नागरिक)- प्रवल गुरुङले यो वर्षका लागि बनाएको डिजाइन शनिबार न्युयोर्क फेसन सप्ताहमा प्रस्तुत गरे। उनले आफ्नै नामबाट न्युयोर्क फेसन सोमा सहभागिता जनाएको सन् २००९ देखि हो। उनका पहिरन डिजाइनलाई फर्स्ट लेडी मिसेल ओबामा, डेमी मुर, ओप्रा विन्फ्रेले समेत लगाइसकेका छन्। सिंगापुरमा जन्मिएर काठमाडौँमा हुर्किएका गुरुङ हाल न्युयोर्कमै बस्छन्। उनले डिजाइन करिअर नयाँ दिल्लीबाट सुरु गरेका थिए।

विस्तृतमा

मुन्नी... र शीला...लाई उछिन्न दिपीका तयार

मुन्नी... र शीला...लाई उछिन्न दिपीका तयार

मुम्बई, माघ २९ - मुन्नी... र शीला...ले यो जाडोमा धेरैलाई तताए। बलिउडमा मलायका अरोरा र कैटरिना कैफको 'हट डान्स' लाई उछिन्ने तयारीमा छिन् हिरोइन दिपीका पादुकोण। दिपीकाको 'आइटम डान्स' तपाँईहरुले दम मारो दम... मा देख्‍न पाउनुहुनेछ। रोहन सिप्पीको दम मारो दममा 'सेक्स' र 'ड्रग' एडिक्सनमा आधारित गीतमा दिपीका देखिनेछिन्। प्रितमले कम्पोज गरेको गीतको ट्र्याकका लागि उनी तयार छिन् सबैलाई तताउन।

विस्तृतमा
Page 4 of 5
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय