Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Jun 04th

कला

ऋचाको 'ब्रेक फेल'

ऋचाको 'ब्रेक फेल' काठमाडौं, माघ २६ (नागरिक)– अभिनेत्री ऋचा घिमिरेले कमेडी फिल्म 'ब्रेक फेल' बनाउने भएकी छिन्। संविधान बनाउन जिम्मा पाएकी सभासद् सपना प्रधानले मंगलबार बेइजिङ डक रेस्टुरेन्टमा फिल्मको मुहूर्त गरिन्। 'नेपालमा रमाइलो खालको फिल्म बन्न लागेको रहेछ,' उनले जोड दिइन्, 'अबको संविधानमा फिल्म क्षेत्रलाई पनि समेट्नु पर्छ।'
विस्तृतमा

'स्वर'का २० बेसुर

'स्वर'का २० बेसुर
देशभर प्रदर्शन भइरहेको फिल्म 'स्वर'ले अपेक्षा गरेजस्तो पैसा कमाउन सकेको छैन। 'फिल्म राम्रो भए पनि हिट भएन' भन्ने खालका चर्चा यसबारे चलाइएको छ। नेपालमा राम्रो फिल्मले नकमाएको र झुर फिल्मले कमाएको नजीर थुप्रै छन्। तर, बजारमा जस्तोसुकै हल्ला चले पनि 'स्वर'को सन्दर्भमा भने यो अपवाद लागु हुँदैन। 'स्वर' बेसुर हुनुका २० कारणः

 

विस्तृतमा

कैटरिना र रणवीरले सँगै रात विताए

कैटरिना र रणवीरले सँगै रात विताए मुम्बई, माघ २२ - तपाँईले पढेको सही हो ! कैटरिना कैफ र रणबीर कपुरबीचको 'गुपचुप' प्रेम फेरि सार्वजनिक भएको छ। निर्देशक करण जोहरले होटल फोर सिजनमा दिएको पार्टी पछि अलग्गै बाहिरिएकी कैटरिनाको कार पार्टीको भोलिपल्ट बिहान रणवीरको बान्द्रास्थित घरमा भेटिएको थियो। फरक फरक कारमा पार्टी नसकिँदै निस्किएका बलिउडको यो जोडी रणवीरको घरतिर हानिएको थियो। कैटरिना बिहान ७ बजेसम्म रणवीरको घरमा थिइन्।
विस्तृतमा

'धुम-३'मा आमिर पक्का

'धुम-३'मा आमिर पक्का
मुम्बई, माघ २० (नागरिक)- आमिर खानले 'धुम-३'मा खलपात्रको भूमिका निर्वाह गर्ने बारे चलेको चर्चालाई निर्माता यश चोपडाले पुष्टि गरेका छन्। 'यशराज फिल्मस्को प्रोडक्सनमा आमिरलाई खेलाउन पाउनु एकदम खुसीको कुरा हो, त्यसमा पनि धुम-३ मा उनी हुनु भनेको अझ विशेष हो, यो फिल्मको स्क्रिप्ट यशराज ब्यानरकै अहिलेसम्मको राम्रो बनाउने प्रयास गरिएको छ,' यश चोपडाले भने।

फिल्ममा आमिर बिल्कुल फरक गेटअपमा प्रस्तुत हुने बताइएको छ। नयाँ गेटअपका लागि आमिर र आदित्य चोपडाले गृहकार्य सुरु गरिसकेका छन्। 'धुम' फिल्मका अघिल्ला दुई शृंखलाका लेखक तथा 'टशन'का निर्देशक भिक्टर आचार्यले 'धुम-३'को निर्देशन गर्दैछन्।

विस्तृतमा

ब्रायन एडम्ससँग तीन नेपाली ब्यान्डले गाउने

ब्रायन एडम्ससँग तीन नेपाली ब्यान्डले गाउने
काठमाडौं, माघ १९ (नागरिक)- क्यानेडियन गायक ब्रायन एडम्ससँग नेपालका १९७४ एडी, नमस्ते ब्यान्ड र मंगोलियन हर्टले गीत प्रस्तुत गर्ने भएका छन्। आगामी फागुन ७ का दिन दशरथ रंगशालामा हुने ब्रायन एडम्सको कन्सर्टमा तीन वटै ब्यान्डले करिब आधा घन्टाको प्रस्तुति दिनेछन्। १९७४ एडीले 'यो मन त मेरो नेपाली', 'पहिलो जुनी', 'पिँजडाको सुगा' र 'सम्बोधन' बोलका गीत प्रस्तुत गर्नेछ।
विस्तृतमा

'बलिउड नै भारत होइन'

'बलिउड नै भारत होइन' दीपेन्द्र लामा, काठमाडौं, माघ १८- सार्थक फिल्मका अभियन्ता गौतम घोष कलात्मकताको वकालत गर्ने थोरै भारतीय निर्देशकमध्ये एक हुन्। निर्देशनबाहेक लेखन, छायांकन, सम्पादन र संगीतमा उनी सिद्धहस्त छन्। इन्डियन कल्चरल सेन्टरले सोमबार काठमाडौंमा सुरु गरेको 'रिजिनल इन्डियन फिल्म वर्कसप'मा उनलाई मुख्य अतिथि बनाइएको छ।
विस्तृतमा

'प्रजातन्त्र होइन, सिस्टमलाई गाली गर्थ्यौँ'

'प्रजातन्त्र होइन, सिस्टमलाई गाली गर्थ्यौँ' सन्तोष रिमाल, काठमाडौं, माघ १७- 'नेपाली फिल्ममा समय र स्थान खुल्दैन। समाजको वास्तविकता पनि देखाइँदैन।' यो लान्छना मेटाउन नसकेकामा नेपाली निर्देशकहरू स्वयं दुःखी छन्। जब नेपाली फिल्म चुकेको चर्चा चल्छ निर्देशक निरीह बनेर तर्क गर्छन्, 'निर्माताको दबदबा रहुन्जेल यस्तै हो।'

'स्टार'को बलबुतामा फिल्मलाई 'हिट' बनाउने 'तरिका' धेरैले अँगालेका छन्। 'क्लाइमेक्समा हिरोले गोद्छ र जित्छ' भन्ने उक्तिलाई करिब करिब सिद्धान्तकै रूपमा अनुसरण गरेका छन् धेरैले। निर्देशकको संस्था 'नेपाल चलचित्र निर्देशक समाज'ले समेत नेपाली फिल्मले पहिचान बनाउन नसकेको आत्मालोचना गरेको छ।

विस्तृतमा

माइ नेम इज खान, उडान र दवंगको पोल्टोमा धेरै अवार्ड

माइ नेम इज खान, उडान र दवंगको पोल्टोमा धेरै अवार्ड मुम्बई, माघ १६ -भारतीय फिल्म उद्योगमा चर्चित अवार्ड फिल्मफेयरको ५६ औं संस्करणमा उडानले महत्वपूर्ण सफलता हासिल गरेको छ। सानो बजेटको यो फिल्मले ७ अवार्ड पाउन सक्यो। साहरुख अभिनित माइ नेम इज खानले सबैभन्दा महत्वपूर्ण विधाहरुमा अवार्ड पाउन सक्यो। उत्कृष्ट निर्देशक, उत्कृत्ट नायक, उत्कृष्ट नायिका माइ नेम इज खानकै खातामा रह्‍यो। सलमान खानको तहल्का मनाउन सफल फिल्म दवंगले पाँच अवार्ड हासिल गर्‍यो।
विस्तृतमा
Page 5 of 5
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय