Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Jun 04th

कला

कोपनहेगेनमा गुञ्जियो 'मन त मेरो नेपाली हो...'

कोपनहेगेनमा गुञ्जियो 'मन त मेरो नेपाली हो...' कोपनहेगन (डेनमार्क) भाद्र २८- चर्चित नेपाली सांगीतिक समुह १९७४ ए.डी ले डेनमार्कको राजधानी शहर कोपनहेगनमा आफ्नो चर्चित गीत 'मन त मेरो नेपाली हो'' शुरू गरेपछि वातावरण नै भिन्न भयो। नेपालीले फेरि एक पटक राष्ट्र सम्झे।१९७४ एडीको प्रस्तुतिमा नेपाली सहित स्थानिय डेनिसहरु पनि नेपाली रक व्याण्डका भिन्न प्रस्तुतिको भरपुर मनोरञ्जन लिएका थिए। दशैँको अवसर पारेर डेनमार्कमा अध्ययनरत नेपाली विधार्थीहरुको संस्था नेपलिस् स्टुडेन्ट नेटर्वकिङ फोरमले कन्सर्ट आयोजना गरेको हो।
विस्तृतमा

अंगोलाकी सुन्दरी बनिन् मिस युनिभर्स (फोटो फिचर र भिडियो)

अंगोलाकी सुन्दरी बनिन् मिस युनिभर्स (फोटो फिचर र भिडियो)
साओ पाउलो, भदौ २७ (एएफपी)- अंगोलाकी २५ वर्षीया लेइला लोपेज मिस युनिभर्स बन्न सफल भएकी छिन्। फाइनलमा पुगेका युक्रेन, ब्राजिल, फिलिपिन्स र चीनकी सुन्दरीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन्।
विस्तृतमा

अश्लील एसएमएसको आतंक 'सायद' हिन्दी र बंगालीमा

अश्लील एसएमएसको आतंक 'सायद' हिन्दी र बंगालीमा काठमाडौं, भदौ २७ (नागरिक)- रिलिज नहुँदै चर्चामा रहेको नेपाली फिल्म 'सायद' हिन्दी र बंगाली भाषामा पनि बन्ने भएको छ। सुरज सुब्बा निर्देशित 'सायद'लाई यी थप दुई भाषामा निर्माण र प्रदर्शन गर्नेबारे भएको सम्झौता सोमबार राजधानीमा सार्वजनिक गरियो।

कार्यक्रममा 'सायद'का निर्माता सुनील रावलले देव क्रियटिभका अमर देवलाई सम्झौतापत्र हस्तान्तरण गरे। युवा पुस्तामा मौलाएको लागूऔषध सेवन र अश्लील एमएमएस आतंकको विषयमा बनेको 'सायद'लाई पश्चिम बंगालको देव क्रियटिभले हिन्दी र बंगाली भाषामा निर्माण तथा प्रदर्शन गर्ने अधिकार लिएको हो।

विस्तृतमा

साहित्यकारको अनसन बिथोलियो

सन्तोष रिमाल, काठमाडौं, भदौ २७- साझा प्रकाशनको सञ्चालक समिति सदस्य र साहित्यकार नयनराज पाण्डेले तीन माग राखी सोमबार सुरु गरेको अनसन प्रहरी हस्तक्षेपपछि बिथोलिएको छ।  
विस्तृतमा

'चपली हाइटको संवाद सेन्सरलाई नपच्न सक्छ'

'चपली हाइटको संवाद सेन्सरलाई नपच्न सक्छ'
काठमाडौं, भदौ २५ (नागरिक)- फिल्मको नाम सुन्ने बित्तिकै धेरैले सत्य घटनामा आधारित ठान्दारहेछन्। त्यसैले 'चपली हाइट' फिल्मका निर्माता अर्जुनकुमार त्यस्ता जिज्ञासुहरूलाई स्पष्टीकरण दिँदादिँदा हैरान भएका छन्।

उनले शुक्रबार फिल्मको सुटिङ समापनमा समेत प्रष्ट पारे, 'कृपया नझुक्किनुहोला, मेरो फिल्मको कथा काल्पनिक नै हो।'

उनी काठमाडौंस्थित चपली हाइटसँग फिल्मकोसरोकार नै नभएको चाहिँ भन्दैनन्।  'फिल्मको धेरै घटना चपलीमै हुन्छ,' उनले भने, 'तर फिल्ममा चपलीमात्र होइन पोखराका दृश्य समेत छ।'

विस्तृतमा

कोपनहेगेनमा गाउँदै १९७४ एडी

प्रकाश ढकाल, कोपनहेगन- नेपालको चर्चित सांगीतिक समूह १९७४ ए डी को सांगीतिक प्रस्तुतिका लागि डेनमार्कमा बस्ने नेपाली हतारिएका छन्। कोपनहेगेनको प्रस्तुतिका लागि सांगीतिक टोली इटालीबाट हिँडिसकेको छ। भोलि सोमबार १९४७ एडी कोपनहेगेन आइपुग्नेछ।
विस्तृतमा

भारतीय गायक सान काठमाडौँमा

भारतीय गायक सान काठमाडौँमा
काठमाडौँ, भदौ २३ (नागरिक)- भारतीय गायक तथा टेलिभिजनमा सांगीतिक कार्यक्रमका सञ्चालक सान्तनु मुखर्जी (सान) आज काठमाडौँ आएका छन्। काठमाडौँ आएलगत्तै उनले '
एनसेलको सोका लागि पहिलो पटक काठमाडौँ आएको' भन्दै बौद्धको स्तुपाको फोटोसहितको ट्विट गरेका छन्।
विस्तृतमा

'प्रेमप्रसंग चलेको थियो'

'प्रेमप्रसंग चलेको थियो'

स्मृति ढुंगाना, काठमाडौं, भदौ २३- यो वर्षको मिस नेपाल ब्युटि पेजेन्टमा फस्ट रनरअप भएकी अनुपमा ओरा गुरूङ मिस अर्थमा भाग लिने तयारी गर्दैछिन्। उनीसँग गरिएको कुराकानीः

मिस नेपालको उपाधि किन जित्नसक्नु भएन?
हामी सबैले करिब २५ दिनको प्रशिक्षण लियौं। तर कार्यक्रमको अन्तिममा निर्णायकले सोधेको प्रश्नको जवाफ मैलेभन्दा मलिनाले नै राम्रो दिइन्। त्यसैले उनको जित भयो।

विस्तृतमा

शिला नै बन्ने भइन् मुन्नी पनि

शिला नै बन्ने भइन् मुन्नी पनि
मुम्बई, भदौ २१ (एजेन्सी)- 'शिला की जवानी' देखाउने क्याट्रिना कैफ अब 'मुन्नी बदनाम' हुने भएकी छिन्। हिन्दी ब्लकबस्टर फिल्म 'दबंग'को तामिल भाषामा रिमेक हुन लागेको छ। निर्माताहरूले त्यसमा पनि रहने 'मुन्नी बदनाम हुई' आइटम गीतमा क्याट्रिनालाई खेलाउने निर्णय लिएका छन्। र, यसवापत क्याट्रिनालाई साढे दुई करोड भारु पारिश्रमिक दिने भएको छ।
विस्तृतमा
Page 2 of 5
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय