Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Apr 04th

कोपनहेगेनमा गुञ्जियो 'मन त मेरो नेपाली हो...'

E-mail Print
(0 votes, average 0 out of 5)
कोपनहेगन (डेनमार्क) भाद्र २८- चर्चित नेपाली सांगीतिक समुह १९७४ ए.डी ले डेनमार्कको राजधानी शहर कोपनहेगनमा आफ्नो चर्चित गीत 'मन त मेरो नेपाली हो'' शुरू गरेपछि वातावरण नै भिन्न भयो। नेपालीले फेरि एक पटक राष्ट्र सम्झे।१९७४ एडीको प्रस्तुतिमा नेपाली सहित स्थानिय डेनिसहरु पनि नेपाली रक व्याण्डका भिन्न प्रस्तुतिको भरपुर मनोरञ्जन लिएका थिए। दशैँको अवसर पारेर डेनमार्कमा अध्ययनरत नेपाली विधार्थीहरुको संस्था नेपलिस् स्टुडेन्ट नेटर्वकिङ फोरमले कन्सर्ट आयोजना गरेको हो।

 

फोरमले तीन वर्षदेखि लगातार यस्ता कार्यक्रम गर्दै आएको छ। कोपनहेगनस्थित स्टुडेण्ट हाउसमा आयोजित 'कोपनहेगन म्युजिकल नाइट तेस्रो' नाम दिइएको उक्त सांगितिक कार्यक्रममा समुहका गायक तथा बाधकहरु एड्रेन प्रधान, निराकार याकथुम्बा, मनोज कुमार के सी तथा सञ्जय श्रेष्ठले नेपालीहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए। प्रवासमा रहेर यस्तो कार्यक्रम हेर्न पाएकोमा नेपाली हरु दंग थिए भने गायकले स्टेजमा गीत गाइरहँदा कम्मर हल्लाउने हरुको कमि थिएन।

दशैँको अवसर परेकोले पनि प्रवासी नेपाली कलाकारहरुको प्रस्तुतिले निकै मनोरञ्जन प्रदान गरेको थियो। यहाँका नेपाली विधार्थीहरुले पनि आफ्नो तर्फबाट गीत, नृत्य तथा प्रहसन तथा अन्या मनोरञ्नात्मक कार्यक्रम प्रस्तुत गरेका थिए।

कार्यक्रममा डेनमार्कका लागि नेपाली राजदुत विजयकान्त लाल कर्णले डेनमार्कबासी नेपालीहरुलाई दशैँ तथा तिहारको शुभकामना दिएका थिए। सांगीतिक कार्यक्रममा नेपाल भ्रमण वर्ष २०११ को प्रचार प्रसार समेत गरिएको थियो।

सीमित नेपालीको संख्या भएको कोपनहेगनमा यस्तो कार्यक्रम गर्नु चुनौतीपुर्ण भएपनि नेपालीहरुलाई समय समयमा मनोरन्जन प्रदान गर्ने उद्देश्यका साथ यस्तो कार्यक्रमको आयोजना गरिएको नेपलिज स्टुडेन्ट नेटर्वकिङ फोरुमका पदाधिकारी नविन पौडेल तथा रन्जन ओझा बताए। कार्यक्रम सफल भएको दाबी उनीहरुले गरे।

यसपालिको सांगितिक कार्यक्रमबाट उठेको रकम नेपालमा अन्धोपनासँग लडिरहेकाहरूका लागि खर्च गरिने आयोजकले जनाएका छन। आयोजक समितिका संयोजक दिपेन्द्र श्रेष्ठ र सुवाष खडकाले सांगीतिक प्रस्तुति सफल भएको बताएका छन। यसले नेपालीहरूमा भाइचाराको सन्देश सँगै आगामी दिनमा यस्ता कार्याक्रम गर्न उर्जा थपेको श्रेष्ठले बताए।

प्रवासमा आफनो कला र संस्कृतिलाइ यति धेरै माया गर्ने नेपालीहरु देखेर आफूहरुलाई धेरै खुशी लागेको सांगीतिक समुहका सदस्यहरुले बताएका थिए। १९४७ एडीले यसै साता नर्वेको ओस्लोमा अर्को कन्सर्ट गर्दैछ।

ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय