Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Aug 24th

पोखरामा 'सालैजो'को सुटिङ

E-mail Print
(0 votes, average 0 out of 5)
मनोज घर्तीमगर, पोखरा, असोज ५- करिब दुई हजार गीत गाइसकेकी लोकदोहोरी गायिका शर्मिला गुरुङले पोखरामा आफ्ना दुई गीतको भिडियो सुटिङ गरेकी छिन्। उनले 'भमरा घुम्छ सालैजो' र 'मन्दिरैमा सुनको गजुर' बोलको गीतको सुटिङ सोमबार सकेकी हुन्।  
 
'गाउन थालेको यतिका वर्ष भयो, तर पोखरामा भिडियो खिच्न सकेको थिएन,' उनले मुस्कुराउँदै भनिन्, 'बल्ल आज मेरो रहर पूरा भयो।'

पोखराबाट नजिकैको जिल्ला स्याङ्जामै जन्मेर पनि यो क्षेत्रमा भिज्न नसकेकोमा दुःख लागेको उनले बताइन्। ढिलै भए पनि यो क्षेत्रको प्रवर्द्धनका लागि म्युजिक भिडियो बनाउन पाएकोमा उनी खुसी छिन्। समय अभावका कारण यसअघि सबै गीत काठमाडौंमै सुटिङ गर्नु परेको उनको अनुभव छ। दशैंको अवसर पारी बजारमा ल्याउन लागेको एल्बम 'सहारा'मा ६ वटा गीत छन्।

१५ वटा आफ्नै एल्बम निकालिसकेकी शर्मिलाले गण्डकी क्षेत्रमा प्रचलित सालैजो (ठाडो भाका) र एक लोकगीतको सुटिङ गर्न पोखरा उपयुक्त लागेकोले यहाँ आएको जानकारी दिइन्।

उनले अनदु डाँडा र पुम्दीभुम्दिमा सुटिङ गरिन्। 'यहाँको सौन्दर्यले लोभ्यायो। अबदेखि समय मिलाएर सुटिङ गर्न आउँछु,' उनले भनिन्।

२०५१ सालदेखि गाउन सुरु गरेकी उनले २०५७ देखि व्यवसायिक गायन थालेकी हुन्। गाउनकै लागि २० भन्दा बढी मुलुक घुमिसकेकी शर्मिलाले बेलायत, अमेरिका लगायतका देशमा जाँदा एक लाखसम्म पारिश्रमिक लिने गर्छिन्।

उनको आउँदो एल्बममा नारायण रायमाझी र रेम गुरुङको समेत स्वर र शब्द छन्।

ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय