Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Sep 19th

यी राम्रा हुन् कि राम्री ?

E-mail Print
(0 votes, average 0 out of 5)
सुक्रबार संवाददाता- नेपाली समाजमा अहिले तेस्रो लिंगीहरू आफ्ना हकअधिकारबारे दह्रो तरिकाले आवाज उठाउन थालेका छन्। उनीहरू राजनीतिलगायत सबै क्षेत्रमा सहभागी भएर आफूलाई स्थापित गर्ने क्रममा छन्।
 
 
अञ्जली लामा- हाल ब्लु डाइमन्ड सोसाइटीको कार्यालयमा कार्यरत अञ्जली आफ्नो पृथक 'नेचर'का कारण बाल्यकालदेखि नै अरूसँग त्यति घुलमिल हुँदैन थिइन्। केटा भएर पनि केटाहरूप्रति नै आकर्षित हुने उनलाई समाजले अर्कै दृष्टिले हेर्थ्यो। अरूबाट अपहेलना र तिरस्कार सहनुपरे पनि उनले आमाको मायाबाट भने वञ्चित हुनु परेन। 
ब्लु डाइमन्ड सोसाइटीका स्टाफले नै उनको नाम अञ्जली जुराइदिएका हुन्। तेस्रो लिंगी भएका कारण उनले कम्ती दुःख पाएकी छैनन्। समाजको तिरस्कार र बहिष्कार धेरै सहेकी छिन् उनले। उनी लैंगिक अल्पसंख्यकका हकहितका लागि आवाज उठाइरहेकी छिन्। 
अञ्जली कार्यालयको काममा नै धेरै समय खर्चिन्छिन्। फुर्सदको समयमा उनी साथीभाइसँग फिल्म हेर्न र सपिङ गर्न जान्छिन्। बेला बेलामा रेस्टुरेन्टमा खान रुचाउँछिन्। उनी मोडल पनि भएकीले फेसनमा उनको असाध्यै रुचि छ। आफूले कमाएको पैसा लुगा र जुत्तामा नै खर्च गरिरहेकी हुन्छिन्। सबै किसिमका डे्रसअप मन पराउने भए पनि अञ्जलीलाई सर्टप्यान्ट विशेष मन पर्छ। 
चार वर्षदेखि ब्वाईफ्रेन्डसँग सँगै बस्दै आएकी छिन् उनी। ब्वाईफ्रेन्गसँग लङ टुरमा पोखरा जान मन पर्छ उनलाई।
 
 


 
मेघना लामा- एक्काइस वर्षीया मेघना लामा असाध्यै राम्री छिन्। राम्री भएर नै होला उनले थाइल्यान्डमा भएको इन्टरनेसनल ब्युटी पेजेन्टमा नेपालको प्रतिनिधित्व गरेकी थिइन्। आमाबाबुको एकमात्र सन्तान मेघनाको घर झापा हो। घरबाट राम्रो सपोर्ट पाएकी उनी आफूलाई भाग्यमानी ठान्छिन्। हाल उनी फेसन डिजाइनिङ कोर्स गरिरहेकी छिन्। घरको काम सबै गर्न रुचाउने उनी आफ्नो पहिचान बनाउन लागिपरेकी छिन्। मुड अनुसार गीत सुन्ने मेघनालाई सबै किसिमका खाना मन पर्छन्। 
फेसन गर्न रुचाउँछिन् मेघना। साडी, कुर्तासुरुवाल मन पराउने मेघना ठाउँ र अवसर हेरेर ड्रेसअप गर्न सिपालु छिन्। उनी रिलेसन कन्फर्म्ड भएपछि मात्र सेक्स गर्नुपर्छ भन्ने मान्यता राख्छिन्। फुर्सदको समयमा मेघना साथीहरूसँग सपिङ जान मन पराउँछिन्। 
 



 

सोफी- सानैदेखि सोफीको स्वभाव केटीको जस्तो थियो। आमाको मेकअपका सामान प्रयोग गर्थिन् उनी। खेलमा पनि केटाहरूले खेल्ने फुटबलमा उनलाई अलिकति पनि रुचि थिएन। भाँडाकुटी र पुतली खेल्ने गर्थिन् उनी। 'मसँग भएको केटीपनलाई म रोक्न सक्दिनथेँ,' सोफी सम्भि्कन्छिन्। उनकी आमा उनलाई 'तँ त केटी भएर जन्मनुपर्ने' भनिरहन्थिन्।
तेस्रो लिंगी भएका कारण सोफीले धेरै विभेद भोगेकी छिन्। ब्लु डाइमन्ड सोसाइटीमा आएपछि उनले त्यहाँ आफूजस्तै धेरै साथी भेटिन्। आफूलाई सबैभन्दा पपुलर तेस्रो लिंगी बताउन नचुक्ने सोफी असाध्यै व्यस्त मेकअप आर्टिस्ट हुन्।
सधैँ व्यस्त रहने भएकाले उनलाई रमाइलो गर्ने फुर्सद त्यति हुँदैन। नाइट पार्टी उनी रुचाउँदिनन्। बरु साथीहरूसँग सपिङ जान मन पराउँछिन्। फेसनेबल सोफीलाई अरूभन्दा एक्स्ट्रा देखिन मन लाग्छ। 'छोटो छोटो लुगा लगाउन असाध्यै मन पर्छ,' उनी भन्छिन्। सादा दाल-भात-तरकारी सोफीलाई मनपर्ने खाना हो।

सेक्सका बारेमा निकै खुला विचार भएकी सोफी भन्छिन्, 'यो नर्मल हो। टाइम टाइममा खाना खानु जति आवश्यक छ, सेक्स पनि उत्तिकै आवश्यक छ। यसले मानिसलाई सकारात्मक सोच दिनुका साथै तनावबाट पनि मुक्त गर्छ।' 
 


 
भूमिका श्रेष्ठ- भूमिका सानैदेखि आफ्नी दिदीका लुगा लगाउने र मेकअपका समान प्रयोग गर्ने गर्थिन्। उनलाई बुझ्ने भएदेखि नै आफू अरूभन्दा अलि भिन्न छु भन्ने लाग्थ्यो। समाजबाट

तिरस्कृत हुनुको पीडा उनलाई राम्ररी थाहा छ।

तर, अहिले उनको राम्रो सामाजिक हैसियत बनिसकेको छ। उनी कांग्रेस पार्टीमा आबद्ध छिन् र तेस्रो लिंगीका अधिकारका लागि लडिरहेकी छिन्। भन्छिन्, 'अहिले मानिसहरूले हामीलाई बुझ्न थालेका छन्। राम्रो रेस्पोन्स गर्न थालेका छन्।'
राजनीतिक पार्टीहरूले लैंगिक अल्पसंख्यकलाई वास्ता नगरेकोमा उनको आपत्ति छ। उनीहरूको आवाज उठाउन आफूले राजनीति गरिरहेको बताउने भूमिका भन्छिन्, 'तेस्रो लिंगीका सवाललाई पार्टीहरूले त्यति महत्व दिएका छैनन्। त्यसो त देशका नेताहरू सबै निजी स्वार्थमा लिप्त छन्। म कांग्रेस पार्टीमा आबद्ध छु र समाजमा स्वतन्त्रतापूर्वक आफ्ना कुरा राखिरहेकी छु।'
आत्मनिर्भरता विश्वास गर्ने भूमिकालाई फेसन र मोडलिङमा गहिरो रुचि छ। उनले मिस पिंकको ताज पनि जितिसकेकी छिन्। फुर्सदमा साथीभाइसँग घुमघाम गरेर, रेस्टुरेन्ट गएर रमाइलो गर्छिन् उनी।
हेल्दी सेक्समा विश्वास गर्ने उनको मान्यता छ, सेक्स बायोलजिकल निड त हो तर यो सही समय र सही ठाउँमा हुनुपर्छ। 

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

शुक्रबार