उपहारका जालजञ्जाल

E-mail Print
(0 votes, average 0 out of 5)
अनिता शिवकोटी/ स्वरुप आचार्य- पैसा हुनेकालागि शहर बजारमा सधै दशैं छाएपनि कम पैसा हुनेका लागि दशैं उपहारको बहार बोकेर आएको छ। जताततै बजार छ, जताततै उपहार छ। पाडो किन्नुहोस, भैँसी उपहारमा राखिएको छ, चप्पल किन्नुहोस, कुखुराको भाले दशैंमा पर्सिन तयार छ। उपहारको यो विगविगीमा के साँचो हो र के झुठो हो?



त्यसको छानविन हुन सक्ने अवस्था नै छैन। टेलिभिजनको रहर पुरा गर्न बजार पुगेको विचारो साधु उपभोक्ता कहिले मदन कृष्णको आँखामा हेर्छ, कहिले हरिबंशको अनुहारमा हेर्छ र पक्क पर्छ।
दशैं तिहारले संघारमा पाईला टेक्न नपाउँदै सबैलाई पिरोल्न थाल्छ। आम मानिसलाई कसरी दशैं टार्ने भन्ने पिर, उत्पादक र विक्रेताहरूलाई कसरी आफ्नो सामानले विकाउने पिर। ग्राहकलाई आफुतिर तान्ने होडमा साउनको भेल झै सबैजसो सामानमा छुट र उपहारको बाढीले उपभोक्तालाई बगाउनै खोज्छ। घरबाहिर निस्कन पाएको हुँदैन चारैतिर गुन्जिन्छ बम्पर उपहार।
युटिएल र नेपाल टेलिकमले दशैंको उपलक्ष्यमा महसुल र रिचार्जकाडमा छुट दिएको छ। स्यामसुङ्गले आफ्ना ईलेक्ट्रोनिक सामानमा विशेष छुट दिएको छ। सुजुकीले कार किन्दा ५ लाखसम्मको छुटका साथै लक्की ड्रको व्यवस्था गरेको छ। होन्डाले बाईक किन्नेलाई कार जित्ने मौका दिएको छ। पाडो किन्दा भैँसी उपहारको नारा दिने शिखर सु ले पनि एकजोर जुत्तामा टर्च लाईट उपहारको व्यवस्था गरेको छ। उपहारको यो होडमा बैंक र फाईनान्सहरू पनि पछि छैनन्। धेरैजसोले आर्कषक व्याज र वीमाको घोषणा गरेकाछन्। घर रङ्गाउने रङ्गमै उपहार, छाना छाउने जस्तामा उपहार, धारामा उपहार, पानीमा उपहार। पुरै शहर उपहारको दौडमा छ।
दशैं पेस्की र बोनस पाएका ग्राहक घर घरमा नयाँ सामान ल्याउने सुरमा हुन्छन्। उपभोक्ताको यही मनोभावलाई बुझेर कसरी हुन्छ बढीभन्दा बढी फाईदा लिने मौकाको पर्खाइमा बसेकाछन उत्पादक र विक्रेताहरू।
'बजार भर्न' आएकाहरू देखि 'सपिङ्ग गर्न' निस्किएकासम्म सबैलाई चुम्बकले तानेझै तान्ने ध्याउन्नमा हुन्छन विक्रेताहरू। दशैंका बेलामा दिईने यस्ता छुट कतिले पुरानो स्टक बेच्नका लागि गरिरहेका हुन्छन भने कतिले जो हात सो साथ भनेर उपहारको व्यवस्था गरेको हुन्छन्। कतिले प्रचारकै लागि दशैंको अफर दिईरहेका हुन्छन्।

खुलेआम ठगी
केहि समय अगाडी शिखर सुले दिएको ५० प्रतिशत छुटको फाईदा उठाउन कस्सिएर भोटाहिटि पुगेका निलम चापागाई खिसि्रक्क परें। छुट सिमित जुत्ताहरूमा मात्र रहेछ। किर्तिपुर देखि जुत्ता किन्नैका लागि भोटाहिटि पुगेका उनको ईच्छा त्यसै मरेर गयो। तीन जोर जुत्ता किन्न पुगेका चापागाईले रित्तो हात फर्कनु भन्दा एक जोर भएपनि किन्नै पर्‍यो भनेर एक जोर जुत्ता त किने तर उनको मन खुसि थिएन। 'छुटै दिन नसक्नेले किन छुटको न विज्ञापन गर्नु? विज्ञापनमा पुराना मोडल र अल्टर साईजका भनिदिएको भए त आउने नै थिईन नि,' उनले आक्रोस पोख्दै भने, यो त उपभोक्तालाई झुक्याउने काम मात्र भयो।'
शपिङ मलहरूमा पनि दशैं तिहारकालागि ५० प्रतिशतसम्म डिस्काउन्ट र आर्कषक उपहार दिने विज्ञापन प्रशस्त देखिन्छ। तर किन्न जादा पुराना डिजाईन, अल्टर साईज, स्टक क्लिएरेन्समा परेका सामान मात्र ५० प्रतिशत छुट दिएको देखिन्छ। नयाँ डिजाईनका सामानमा १० प्रतिशत भन्दा छुट दिन मान्दैनन व्यापारीहरू। १० प्रतिशत छुट त सामान्य अवस्थामा त्यसै पनि पाईन्छ। त्यसैले यो छुटप्रति उपभोक्ता विश्वस्त हुने ठाँउ छैन्। सामानको मुल्य बढाएर दशैंका बेलामा छुट दिने पनि धेरै छन्। भक्तपुरकी दिपिकालाई पनि मलहरूले दिने छुटले झुक्याउनु भुक्यायो। ५० प्रतिशतसम्म छुटको घोषणा गरेको सिभिल मलमा नयाँ जुत्ता हो, धेरै डिस्काउण्ट दिन मिल्दैन भन्दै २० प्रतिशत मात्र छुट दियो। सस्तोमा सामान ल्याएँ भनेर मख्ख परेकी उनको यो खुसि लामो समयसम्म टिक्न सकेन। एक हजार दुई सयमा किनेको जुत्ता बाहिर पसलमा एक हजारमा नै पाईयो। छुटमा सामान पाईयो भनेर दंग पर्दै बढी पैसा तिर्नेहरु धेरै छन्।
गएको वर्ष वल्ड कपका बेलामा एसुदा कम्पनिको टिभि किन्दा विभिन्न उपहार राखिएपनि ति उपहार उपभोक्ताका हातमा परेनन। २१ ईन्चको कलर टिभि किन्दा हाते घडी पाएका सुराच प्रसाईले अनेक प्रयत्न गर्दापनि पाउन सकेनन्। 'टिभि किन्दा उपहार त छ तर यहाँ आईपुगेको छैन्। पछि आउनुस न भन्दै पठाए,' उनी भन्छन् 'पछि दुई तीन पटक त गएँ तर तीन महिनासम्म पनि नपाएपछि अब नपाईने भयो भनेर माया पारिदिए।' उनी जस्तै अरु दुई तीन जनालाई उनले त्यहा भेटे। पछि उनलाई थाहा भयो, त्यसरी आएका प्राईज बेचिँदो रहेछ।
यस्तै उपभोक्ता मञ्चका सचिव नेत्र धितालका अनुसार यो अफर, डिस्काउन्ट र बम्पर उपहार भनेको ठगी हो। ग्राहकलाई मुर्गा बनाएर व्यापारी मोटाउने खेल हो। उपहार दिन भनि छुट्ययाइउको रकममा कर नलाग्ने हुँदा त्यो पैसालाई उपभोग गरि भरपुर विज्ञापन गरेर आफ्नो प्रोड्क्टको प्रमोशन गर्छन् व्यापारीहरू। त्यसपछि बाँकी भएकोमा रकममा बढिमा १० प्रतिशतको मात्र उपहार दिन्छन््। त्यो पनि सके सम्म आफ्नो मान्छेलाई पार्ने ध्येय उनिहरूको हुन्छ। ग्राहकहरू यसतो ठगी विरुद्ध जगरुप नभएकै कारण यस्तो कुराहरू बाहिर आउँदैन र आए पनि ठूला व्यापारीहरूको अगाडि कसैको केही चल्दैन। दुई वर्ष अगाडी मायोजमा गाडी परेका सुरेश चन्द्र अधिकारी जब गाडी लिन हिमालयन स्न्याक्स एन्ड नुडल्स प्रा.ली.को अफीस पुगे तब मात्र आँफू ठगीएको थाहा पाए। कम्पनीले उनलाई खेलौनाको गाडी दिएर पन्छाउन खोज्यो। उनको केस जिल्ला कार्यालयमा अझै पेन्डीङ छ। सचीव धितालका अनुसार दशैं तिहारको उपलक्ष्यमा सपिङ मल र बाटो बाटोमा बिक्री गरिने चिठ्ठामा अझ बढि ठगी हुन्छ। यिनीहरूले प्राय त चिठ्ठा खोलदै खोल्दैनन्। सदि खोलीहाले पनि बिक्री नभएको वा नबाँडीएको कुपनलाई पुरस्कार परेको नतिजा निकाल्छन्। यो उपाय यति सहज र अचुक छ की साँप पनि मर्छ र लौरो पनि भाँचिदैन। उनी मुक्त कण्ठले यसलाई जनताको आँखामा छारो हाल्ने काम भन्छन्।
उपहार र छुटको नाममा उपभोक्त ठगिएको कुरा मान्न तयार छैनन कम्प्लेक्स डेभ्लपर लिजर एसोसियसनका उपाध्यक्ष ईच्छा बहादुर वाग्ले। उनका अनुसार ग्राहकहरू धेरैतिर भाउ बुझेर सामान किन्न खप्पिस भएकाछन्। त्यसैले उनीहरूलाई झुक्याउन नसक्ने उनको तर्क छ। होलसेलरले एकै मूल्यमा दिएको सामान रिटेलरले बेच्दा भाउमा धेरै फरक नपर्ने उनी बताउँछन्। 'प्रतिस्पर्धाका कारण व्यापारीलाई भन्दा उपभोक्तालाई नै फाईदा भैरहेको छ,' उनी भन्छन, 'सामानको मुल्यमा २५ प्रतिशतसम्म घटीबढी हुन सक्छ। यसलाई स्वस्थ प्रतिस्पर्धा नै मानिन्छ।' यदि कसैले ठगी गरेको जस्तो लाग्छ भने त्यस विरुद्धमा उपभोक्ताहरूले कारवाहीको प्रकृया अगाडि बढाउन सक्ने वाग्ले बताउछन्।
उपभोक्त हित संरक्षण मञ्चकी केन्द्रीय सदस्य विमला खरेल छुट र उपहारकालाई सिधै ठगी भन्छिन्। म्याद सकिएका र स्टक क्लियरेन्समा परेका सामान छुटमा राखिएकाले उपभोक्ता मारमा परिरहेका छन्। 'दशैंको उपलक्ष्य' भन्दै व्यापारीले वर्षौ देखि नबिकेका सामान उपभोक्तालाई भिडाईखेको बताउँछिन् उनी। 'एउटा किन्दा एउटा सित्तैमा भनेपछि न्यून आय भएका व्यक्तिहरू त्यतैतिर ढल्किने भए। 'सस्तो बेसाहले पखलो चल्छ', भनेझैँ ती सामानले उपभोक्तको स्वास्थ्यमा धेरै नै असर पारिरहेको छ,' उनी भन्छिन्। मुल्य अनुसारको सामान नपाएर जनता मारमा परिरहेका छन्। खाद्य वस्तुमा सामानको लेवल उप्काएर नक्कलि लेवल टाँसेर पनि धेरै व्यापरिहरूले सामानको विक्रि गरिरहेको पाईएको उनी बताउँछिन्। बजारमा पाईने मसलामा काठको धुलो मिसाएका मसलाहरू बेचिरहेको छ भन्ने थाहा हुँदा हुँदैपनि केहि गर्न सकिरहेको छैन। बजार अनुगमनमा पनि हिडिरहेकी उनी धेरै व्यापारिका विरुद्धमा मुद्दा हाल्ने तयारी भईरहेको बताउँछिन्।

अहिलेसम्म कत्तिले उपहार पाए?
उत्ति नै खेर पाईने छुट र उपहारमा विश्वास भएपनि लक्कि ड्र र स्क्राच कुपनमा विश्वास गर्ने ग्राहक कै छन्। अरु सामानमा पनि पैसा त हाल्नु परि नै हाल्छ, परे पर्छ, नपरे सामान त छँदैछ नि भन्दै सामान लिनेहरूको जमात सानो छैन्। काठमाडौँ काँडाघारिका रुद्र सापकोटाले पोहोरको साल सामान किन्दा १०/१५ वटा कुपन जम्मा पारेका थिए। तर चिट्ठा परे नपरेको उनलाई थाहै छैन्। कम्पनिको तर्फबाट तँलाई सामान पर्‍यो भनेर कसैले फोन पनि गरेको छैन्। यसपालि पनि ५ /६ वटा कुपन जम्मा भैसकेका छन्। पाईएला भन्ने आशा उनलाई छैन। उनी भन्छन, 'दिएको कुपन किन फ्याक्ने भनेर राखेको मात्र हो।'
सामान किन्दा उपहार दिने भनेर जति नै कराएपनि, उपभोक्ताकालागि जतिसुकै सहुलियत भनेपनि कुनै कम्पनिले आफ्नो एकाउन्टबाट छुट दिने होईन। त्यसैले यस्ता उपहारका कार्यक्रममा सातदोवाटोका आकृति विष्टलाई कुनै विस्वास छैन्। उनी उपहार, छुट हेरेर भन्दा पनि आफुलाई चाहिएको सामान लिने गर्छिन्।
सामान किन्दा लक्की ड्र गरेर धेरै उपहार दिने प्रलोभन देखाइएपनि कि त यस्ता लक्कि ड्र खोलिदै खोलिदैनन्, खोलिएपनि उपहार पाउने कम्पनि वा पसलेका आफन्तहरू नै हुन्छन्। राम्रो सामान भन्दा पनि सस्तो सामानको पछि दैडिने उपभोक्ता ठगीमा परिरहेका छन्।
कानुन हँुदा हुँदैपनि अहिलेसम्म उपभोक्तालाई ठगेको, झुक्याएकोमा धेरै कम व्यक्तिले मात्र सजाए पाएका छन्। त्यो पनि पाउनुपर्ने सजाय भन्दा ज्यादै कम। यसले गर्दा पनि विक्रेताहरूको मनोभावना बढेर गएको छ। व्यापारिहरू मोटाएका मोटाई छन्, उपभोक्त दुव्लाएका दुव्लाई छन् उपभोक्त संरक्षण हित मञ्च चुपचाप हेरिरहेको छ।
केही कम्पनीले भने निकै महँगा खाले आकर्षक पुरस्कार राख्ने गरेपनि ती पुरस्कार बाडिन्छ कि बाडिन्न त्यसको निगरानी गर्ने सरकारी निकाय छैन। ठुला कम्पनीले राखेका आकर्षक उपहार ग्राहकले पाउँछन् नै भन्न सकिँदैन। यहि वर्ष मायोज चाउचाउ खानेलाई ग्राहकले कार जिते पनि खेलौना कार दिएर ग्राहक झुक्याएको घटनाले पनि ग्राहकहरू ठू्ला र आकर्षक उपहारप्रति विश्वस्त हुन सकिरहेका छैनन्। वाणिज्य विभागका महानिर्देशक अनिल ठाकुर उपहार योजना प्रायः ग्राहकलाई झुक्याउन नै आउने भएपनि त्यस उपर अनुगमन र जाँच गर्ने सरकारी निकायले काम गर्न नसकेको स्वीकार गर्दछन्। 'ठगिएको ग्राहकले विभाग समक्ष गुनासो गरे मात्र उनीहरूलाई कारवाही गर्न सकिन्छ। तर अहिलेसम्म त्यस्ता गुनासा आएकै छैन' उनले भने। 'दैनिक उपभोग्य वस्तु निगरानि गर्न दुई/तीन वटा सरकारी निकाय छन्। सरकारी संयन्त्रबीच डुप्लिकेसन भैरहेकोले चाहे अनुसारको काम गर्न नसकिरहेको उनी स्विकार्छन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

शुक्रबार