पिएचडी गर्ने योजना छ : मिस नेपाल सदीक्षा श्रेष्ठ

E-mail Print
(0 votes, average 0 out of 5)
१. एक हप्तापछि मिस नेपालको ताज नयाँ युवतीलाई हस्तान्तरण गर्दै हुनुहुन्छ। कस्तो अनुभव गरिरहनु भएको छ?

सँधै एउटैले कब्जा गर्ने हो भने नयाँले कहिले ठाउँ पाउने? आगामी दिनमा पनि नयाँ मिस नेपालसँग काम गर्ने इच्छा छ।

२. मिस नेपाल भएपछि कसरी बित्यो एक वर्ष?
साँच्चै भन्नुपर्दा एक वर्ष निकै चाँडो बितेको जस्तो लाग्यो। जीवनमै धेरै व्यस्त भएँ। गाउँले जीवनबारे जान्ने मौका पाएँ।

३.मिस नेपाल हुनु अघि र पछिको अनुभव कस्तो रहयो?
मिस नेपाल भएपछि जिम्मेवारी हुन सिकायो। उपाधि जितेपछि त्यसको जतन गर्न गाह्रो हुने रहेछ।

४. के कमाउनुभयो?
सबैले मिस नेपाल भनेर चिन्छन्। मिडियासँग राम्रो सम्बन्ध भयो।

५. नयाँ प्रतियोगीहरू कस्ता छन्?
अनुहार हेरेरमात्र हुँदैन। 'ब्युटी विथ ब्रेन' भएका प्रतियोगी प्रशस्त छन्।

६.विगतका मिस नेपालको तुलनामा आफूलाई कुन स्थानमा पाउनुभयो?
विगतका मिस नेपालहरू पनि मभन्दा प्रतिभाशाली थिए। उहाँहरूको जस्तो अनुभव मैले बटुल्न बाँकी नै छ।

७. भविष्यमा के गर्ने योजना छ?
पढाइलाई निरन्तरता दिनेछु। पिएचडी गर्ने विचार छ। बालिकाहरूका लागि एउटा संस्था पनि खोल्दैछु।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय