अनुगमन रोकिन्न : लक्ष्मीप्रसाद ढकाल, प्रजिअ, काठमाडौँ

E-mail Print
(0 votes, average 0 out of 5)

अनुगमन एकाएक तीव्र भयो त?
चाडबाडमा उपभोक्ता बढी ठगिने भएकाले यही समय ठिक ठान्यौं। एउटालाई कारबाही गरेर सयौं, हजारौंलाई सुधार्ने बेला यही हो।

यसको मोडालिटी?
भदौदेखि कात्तिकसम्मको तीनमहिने कार्ययोजना बनाएका छौं। खाद्य, औषधि, मासु, मूल्य र नापतौलका पाँच उपसमिति गठन गरेका छौं। हरेक दिन एउटा उपसमिति बजारमा निस्कन्छ।

त्यसपछि बन्द गर्ने?
बन्द होइन, मोडालिटी फेरिनसक्छ। केही दिन खुकुलो गरेर आफैं सुध्रने मौका दिन्छौं। त्यसपछि नयाँ कार्ययोजना बनाएर अभियान अघि बढ्छ।

अहिलेसम्म यस्तो किन हुन सकेन?
विगतमा पनि गरेकै हो, तर ती रुटिन कामजस्तो भइरहेको थियो। सबै निकायले आ-आफ्नै सुरले गरिरहेका थिए। अहिले अभियानकै रूपमा अघि बढाएका छौं।

छापा मारेजस्तै फैसला पनि होला?
यो हाम्रो मात्र वशमा छैन। प्रहरी, सरकारी वकिल र अदालत उत्तिकै संवेदनशील हुनुपर्‍यो। प्रहरीले अनुसन्धान गरेर सरकारी वकिलमार्फत मुद्दा चलाउने हो। कति बलियो मुद्दा बनाइएको छ, त्यसै आधारमा फैसला हुन्छ।

कमजोर मुद्दा बनाउने चलखेल हुनसक्छ?
'ग्रे एरिया' जहाँ पनि हुन्छ, तर सबैले गलतै गर्छन् भनेर शंका गर्नु हुन्न। एउटा निकाय चुक्यो भने मुद्दा कमजोर हुन्छ। यस्तोमा सिडिओलाई मात्र गाल पर्छ।

अनमोलका सञ्चालक बीएल शर्मा छुटे नि?
'म बुढो मान्छे, ६० सालमै पार्टनरलाई जिम्मा दिएको थिएँ, २५ प्रतिशतमात्र सेयर छ, म यो कारोबार हेर्दा पनि हेर्दिनँ, प्रहरीले जबर्जस्ती गर्‍यो' भनेर उहाँ पुनरावेदन जानुभयो। अदालतले 'अहिलेलाई नथुन्न' भन्यो। हामीसँग पनि थुन्नुपर्ने कारण के/के हो भनेर सोधेको छ। मैले जवाफ पठाइसकेँ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय