भारतीय अदालतले कैद र सजाय सुनाएका सभासद संसदमा

समस्या कुटनीतिक तवरले सुल्झाउन ध्यानाकर्षण-
काठमाडौँ, भदौ २६ (नागरिक)- माओवादीका ११ जना नेता र सभासदहरुमाथि भारतको पटना उच्च अदालतले सुनाएको कैद र जरिवानासहितको सजायविरुद्ध संसदमा आवाज उठेको छ। माओवादीकै सभासदले यो समस्या हल गर्न सरकारको ध्यानाकर्षणगराएका छन्।
विस्तृतमा

'वैद्य समूहका नेतालाई भारतीय अदालतबाट कैद र जेलको सजाय'

चितवन, भदौ २६- एनेकपा (माओवादी) चितवनका इन्चार्ज अनिल शर्मा विरहीले भारत निकट माओवादी समूह सरकारमा रहेका बेला अधिकांश वैद्य समूहका नेताहरुलाई भारतको अदालतले कैद र जरिवानाको सजाय सुनाउनुलाई रहस्यमय भएको बताएका छन्।
विस्तृतमा

बन्दपीडित र तरुण दल कार्यकर्ताबीच झडप, दुई घाइते

चाँदनी हमाल, चितवन, भदौ २६- संजय लामाको हत्या अभियोगमा पक्राउ परेका तरुण दल चितवनका अध्यक्ष शिव पौडेलसहितका सहकर्मीहरुको रिहाईको माग गर्दै तरुण दलले गरेको बन्दका क्रममा लामा र तरुण दलका कार्यकर्ताबीच झडप भएको छ। पीडित पक्ष र तरुण दल कार्यकर्ता एकै पटक प्रदर्शन गर्दै नारायणगढमा पुग्दा झडप भएको थियो।
विस्तृतमा

चितवनमा तरुण दलको बन्द

चाँदनी हमाल, चितवन,भदौ २६- तरुण दल अध्यक्ष शिव पौडेललाई हत्याको अभियोगमा फसाएर पक्राउ गरिएको भन्दै तरुण दल चितवनले आज चितवन बन्द गरेको छ। हत्या गरिएका व्यक्तिका आफन्तहरुले भने घटनालाई राजनीतिकरण नगरी बन्द फिर्ता लिन अपिल गरेका छन्।
विस्तृतमा

प्रजातन्त्र चाँदीको किस्तीमा बुझाइँदैन : कोइराला

अजित तिवारी, विराटनगर, भदौ २६- काँग्रेस सभापति सुशील कोइरालाले शान्ति प्रकृया टुंगिनु आगावै संविधान जारी गरेर एकीकृत माओवादीले शिविरमा भएका लडाकुलाई चुनावमा प्रयोग गरी एकदलीय शासन लाद्‍न खोजेको आरोप लगाएका छन्। काँग्रेसले शिविर खाली नभएसम्म जस्तोसुकै अवस्थामा संविधान जारी हुन नदिने उनको अडान छ।
विस्तृतमा

भोलि सुरु हुने एमाले केन्द्रीय कमिटी बैठकका लागि एजेण्डा तयार

काठमाडौं, भदौ २५ (नागरिक)- नेकपा एमालेको भोलि सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि एजेन्डा तय भएको छ। आइतबार बसेको स्थायी समिति बैठकले तय गरेका एजेन्डाअनुसार समसामयिक राजनीति, शान्ति र संविधान, माओवादी र मधेसी मोर्चाबीच भएको ४ बुँदै सहमतिलगायत्मा छलफ‍ल हुने भएको छ।

भारु अपचलन गर्नेमा ठूला ब्याङ्क पनि, अर्थ मन्त्रीद्वारा छानबिन सुरु भएको जानकारी

काठमाडौं, भदौ २५ (नागरिक)- अर्थ मन्त्री वर्षमान पुनले भारु अपचलन अरबौंमा भएको र यसमा ठूलाठूला ब्याङ्कको समेत संलग्नता देखिएको भन्दै त्यस घटनाको छानविन सुरु भएको बताएका छन्। कुनै पनि हालतमा दोषीलाई उन्मुक्ति नदिने चेतावनी पनि उनले दिए।
विस्तृतमा

केही दिनभित्रै शान्ति प्रक्रियामा नयाँ कदम : दाहाल

अजित तिवारी, विराटनगर, भदौ २५- माओवादी अध्यक्ष पुष्पकमल दाहालले केही दिनभित्रै शान्ति प्रक्रियामा नयाँ कदम चालिने बताएका छन्। पूर्वको गोप्य भ्रमण सकाएर काठमाडौँ फर्कने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, 'म काठमाडौँ पुगेपछि नै यसको प्रक्रिया सुरु हुनेछ।'
विस्तृतमा

दाहालले भने, 'व्यक्तिगत र पारिवारिक समस्या हल गर्न आएको थिएँ'

अजित तिवारी, विराटनगर, भदौ २५- शुक्रबार पार्टीका तीनै जना उपाध्यक्षसँग गोरखामा भएको कार्यक्रमपछि काठमाडौँ फर्किएलगत्तै कसैलाई पत्तै नदिई सुटुक्कै विराटनगर पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल दुई दिन कहाँ रहे, अझै खुल्न सकेको छैन। आज मध्याह्न काठमाडौँ फर्कने क्रममा सञ्चारकर्मीहरुलाई उनले भने, 'नेपालबाहिर गइनँ, नेपालमै थिएँ'।
विस्तृतमा

कहाँ गए माओवादी अध्यक्ष दाहाल ?

अजित तिवारी, विराटनगर, भदौ २५- सामान्य यात्रुझैं शुक्रबार अपराह्न विराटनगर विमानस्थल उत्रेका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई खोज्दाखोज्दै पूर्वका सुरक्षा अधिकारी र सञ्चारकर्मी हैरान भए, उनी भेटिएनन्।
विस्तृतमा

माओवादीमा युद्धकै ह्याङओभर : काँग्रेस नेता केसी

कमल थापा, रुकुम, भदौ २५ नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले एकीकृत नेकपा माओवादीमा अहिले पनि युद्धकालिन सोच र चिन्तन रहेको बताएका छन्। युद्धको ह्याङओभर हावी भएकाले देशमा शान्ति प्रक्रिया चलिरहेको भएपनि माओवादीको ब्यवहार र कार्यशैलीमा सुधार हुन नसकेको नेता केसीको भनाई छ।
विस्तृतमा

भट्टराईलाई अन्तिम अवसर : खनाल

काठमाडौं, भदौ २५ (नागरिक)- एमाले अध्यक्ष झलनाथ खनालले शान्ति र संविधान निर्माणका लागि प्रधानमन्त्री बाबुराम भट्टराईलाई महत्त्वपूर्ण र अन्तिम अवसर आएको बताएका छन्।
विस्तृतमा

प्रधानमन्त्री भट्टराईको सम्पत्ति ४ लाख नगद

माधव ढुङ्गेल, काठमाडौं, भदौ २४- प्रधानमन्त्री बाबुराम भट्टराईले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा राखिएको उनको सम्पत्ति विवरणमा करिब ४ लाख रुपैयाँ नगद र गोर्खाको खोप्लाङमा करिब २ रोपनी पाखो जग्गा मात्र रहेको उल्लेख गरेका छन्।
विस्तृतमा

कांग्रेस सामु माओवादी झुक्यो : पौडेल

तनहुँ, भदौ २४ (नागरिक)- नेपाली कांग्रेस संसदीय दलका नेता एवं कांग्रेस उपसभापति रामचन्द्र पौडेलले कांग्रेसको अडान सामु माओवादी झुक्दै गएको बताएका छन्। नेपाली कांग्रेस क्षेत्र नं. १ तनहुँले दमौलीमा आयोजना गरेको वीपी जयन्ती, क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको उद्‌घाटन गर्दै नेता पौडेलले कांग्रेस अडानकै कारण माओवादीले हतियारको साँचो विशेष समितिलाई बुझाएको दाबी गरे।
विस्तृतमा

राजनीति बढी भएकाले दक्षिण एसिया गरिबीको चपेटामा : महत

पूर्ण बस्नेत, हङकङ, भदौ २४-  नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य रामशरण महतले राजनीति बढी भएकाले नेपालसहित दक्षिण एसिया गरिबीको चपेटामा परेको बताएका छन्। राजनीतिमा धेरै अलमलिएकाले नेपाल मात्र होइन, दक्षिण एसिया पछाडि पर्‍यो, अब हाम्रो केन्द्रीय एजेण्डा नै आर्थिक विकास हुनुपर्छ- उनले भने।
विस्तृतमा

'माओवादी सबैभन्दा सुविधाभोगी पार्टी'

अमर खड्का, इनरुवा भदौ २४- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले माओवादी सबैभन्दा सुविधाभोगी पार्टी भएकाले अब उनीहरु जंगल फर्कन नसक्ने बताएका छन्। ९८ औं वीपी जयन्तीको अवसरमा इनरुवामा आयोजित कार्यक्रममा उनले भने- 'माओवादी सबभन्दा सुविधाभोगी भएका छन् त्यसैले शान्ति प्रक्रिया नटुंग्याइ अब सुख छैन।'
विस्तृतमा

शान्ति र संविधानमा यो सरकारले ब्रेक थ्रु गर्नै सक्दैन : एमाले अध्यक्ष खनाल

बाबुराम असफल हुने ठोकुवा-
काठमाडौं, भदौ २४ (नागरिक)- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले प्रधान मन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले शान्ति र संविधान निर्माणमा कुनै ब्रेक थ्रु गर्न नसक्ने दाबी गरेका छन्। उनले कङ्ग्रेस र एमालेलाई बाहिर राखेर यस्तो सम्भावना नभएको धारणा पनि राखे।
विस्तृतमा

राहत कार्यक्रम पपुलिष्टमात्रै : सद्‍भावना पार्टी (गजेन्द्रवादी)

काठमाडौं, भदौ २४ (नागरिक)- सरकारले ल्याएको राहत कार्यक्रम केही अर्थमा सकारात्मक भए पनि यो जनताको मूल समस्याप्रति ध्यान दिनुको सट्टा बढी पपुलिष्ट हुन खोजेको नेपाल सद्‍भावना पार्टी (गजेन्द्रवादी) ले जनाएको छ। यो सुन्दा र पढ्दा बढी आकर्षक लाग्ने तर जनतालाई परिवर्तनको खासै अनुभूति दिन नसक्नेखालको रहेको उसको ठहर छ।
विस्तृतमा

तीन महिनाभित्र पनि संविधान नबने ताजा जनादेश : कङ्ग्रेस नेता

विराटनगर, भदौ २४- नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य महमद आफताभ आलमले आगामी तीन महिनाभित्र पनि संविधान नबने ताजा जनादेशमा जानुको विकल्प नभएको धारणा व्यक्त गरेका छन्। तोकिएको समयभित्र ती दुवै कार्य सम्पन्न नभए संविधानको औचित्य समाप्त हुने उनको भनाई थियो।
विस्तृतमा
Page 7 of 29
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय