चुलाचुलीस्थित माओवादी शिविरको मर्मत गरिने

भद्रपुर, भदौ २४ - इलामको चुलाचुलीस्थित माओवादी लडाकूको प्रथम डिभिजन मुख्यालय र मातहतका सहायक शिविरहरु भौतिक पूर्वाधारको मर्मत तत्कालै गर्ने सहमति भएको छ।
विस्तृतमा

'समीकरण तोडिए शान्ति प्रक्रिया विफल'

काठमाडौं, भदौ २४ (नागरिक)- कानुन तथा न्यायमन्त्री हृदेयश त्रिपाठीले एकीकृत माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सत्तासमीकरण तोडिए शान्ति प्रक्रिया नै विफल हुने दाबी गरेका छन्। शान्ति प्रक्रिया पूरा गर्न मोर्चाले जोखिम मोलेर नयाँ समीकरण बनाएको त्रिपाठीले बताए।
विस्तृतमा

एमालेलाई प्रतिपक्षमै रहन सल्लाह

काठमाडौं, भदौ २३ (नागरिक) एमाले सल्लाहकार परिषद्ले सेना समायोजन र संविधान निर्माण प्रक्रियालाई प्रतिपक्षमै रहेर रचनात्मक भूमिका खेल्न पार्टीलाई सुझाव दिएको छ। शुक्रवार वसेको परिषद सचिवालयको विस्तारित वैठकले पार्टीभित्रको अनुशासनहीनता र गुटबन्दी रोक्न पनि सुझाव दिएको छ।
विस्तृतमा

राहत कार्यक्रममार्फत् ५० हजार युवालाई रोजगारी दिन्छु : अर्थमन्त्री

काठमाडौं, भदौ २३- अर्थमन्त्री वर्षमान पुनले सरकारले राहतको क्रार्यक्रममार्फत् ५० हजार युवालाई रोजगारी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले उक्त कार्यका लागि चाँडै कार्यक्रमसमेत ल्याउने बताए।आर्थिक उन्नतिका लागि शान्ति र संविधान अपरिहार्य भएको उनको भनाई थियो।
विस्तृतमा

गोरखामा माओवादी शीर्ष नेता (फोटो)

गोरखामा माओवादी शीर्ष  नेता (फोटो)
हेलिकोप्टरबाट गोरखा ओर्लेका प्रधानमन्त्री बाबुराम भट्टराई सहित माओवादीका शीर्ष नेताहरुले शुक्रबार वासु स्मृति सभालाई सम्बोधन गरेका छन्। सरकारका मुख्य सहयोगी अध्यक्ष पुष्पकमल दाहाल र विरोधी कित्तामा उभिएका उपाध्यक्ष मोहन वैद्य एउटै हेलिकोप्टरमा गोरखा आइपुगेका हुन्। प्रधानमन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला आएका भट्टराईलाई कार्यकर्ताले भव्य स्वागत गरेका थिए। समुद्र पौडेलको फोटो फिचर।
विस्तृतमा

ठेक्कापट्टामा हुने गुण्डागर्दी अन्त्य गर्छु : गृहमन्त्री गच्छदार

काठमाडौं, भदौ २३- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले ठेक्कापट्टामा हुने गुण्डागर्दीको अन्त्य गरी छाड्ने दृढता व्यक्त गरेका छन्। उनले ठेक्कापट्टाका लागि विद्युतीय माध्यमबाट आवेदनको व्यवस्था गरिएको समेत जानकारी दिए।
विस्तृतमा

पार्टी फुटको अवस्थामा आउँदैन : माओवादी अध्यक्ष दाहाल

सरकारका चुनौतीहरु थुप्रै छन् : वैद्य-
समुन्द्र पौडेल, गोरखा, भदौ २३- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र थुप्रै अन्तरसंघर्ष भए पनि पार्टीमा फूट नआउने बताएका छन्। उनले २०५४ सालमा पनि माओवादीभित्र योभन्दा ठूलो अन्तरसंघर्ष भएको खुलासा गरे।
विस्तृतमा

राजनीतिक पार्टीले डन पाल्ने प्रथा अन्त्य गर्नुपर्छ : सञ्चारमन्त्री गुप्‍ता

काठमाडौं, भदौ २३- सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ताले राजनीतिक दलहरुले डनहरु पाल्ने प्रथाको अन्त्य गर्नुपर्ने बताएका छन्। उनले पत्रकार एवं मानव अधिकारकर्मीमाथि हुने आक्रमणमा सजायका लागि छुट्टै कानुन बनाउनुपर्ने आवश्यकतासमेत औँल्याए।

विस्तृतमा

सरकारको अवधि छोटो छः प्रधानमन्त्री

समुन्द्र पौडेल, गोरखा, भदौ २३- प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो सरकारको अवधि छोटो भएको बताएका छन्। उनले सरकारको अवधि छोटो भएको भन्दै सरकारले शान्ति र संविधानलाई पहिलो प्राथमिकता दिएको बताए।
विस्तृतमा

दाहालको प्रस्ताव कुठाराघातः पूर्व प्रम नेपाल

'बामदेव कमाण्डर, म कमिसार थिएँ'
पूर्ण बस्नेत, हङकङ, भदौ २३- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सेना समायोजन सम्बन्धी पहिलाको समझदारीबाट माओवादी पछि हटेको बताएका छन्। उनले भने, "प्रचण्डले मसँग पछिल्लो पटक पाँचदेखि छ हजार लडाकु समायोजन गर्ने प्रस्ताव गरेका थिए, अहिले आठ-दश हजार भन्नु कुठाराघात हो।"

विस्तृतमा

तरुण दल चितवनका अध्यक्ष पक्राउ

चाँदनी हमाल, चितवन, भदौ २३- हत्या तथा आक्रमणको आरोप लागेका तरुण दल चितवनका अध्यक्ष शिव पौडेलसहित तीनजलाई प्रहरीले पक्राउ गरेको छ। पौडेलसँगै उनका साथमा रहेका तरुण दलकै प्रमेश राई र थर नखुलेका राजन भनिने व्यक्ति पक्राउ परेका हुन्। राजधानीको कलंकी नजिकैबाट गएराति उनीहरूलाई काठमाडौँ प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको उच्च प्रहरी स्रोतले बताएको छ ।
विस्तृतमा

माओवादी शीर्ष नेता गोरखा जाँदै, कार्यकर्ता ओसार्न १ सय १५ बस

समुन्द्र पौडेल, तनहुँ, भदौ २३- माओवादी शीर्षनेता आज हेलिकप्टरबाट गोरखा जाने कार्यक्रम छ। अध्यक्ष, तीनै उपाध्यक्ष र महासचिव गोरखा जाने भएपछि एकीकृत माओवादीले कार्यकर्ता ओसार्न १ सय १५ बस रिजर्भ गरेको छ।
विस्तृतमा

कांग्रेसमा भ्रातृ संस्था विघटनमा चर्को विवाद

गोविन्द परियार, काठमाडौं, भदौ २३- कांग्रेसमा चार ठूला भ्रातृ संस्था विघटन गर्ने महामन्त्री प्रकाशमान सिहको प्रस्तावमा तीब्र विवाद देखिएको छ। बिहीबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा भ्रातृ संस्था विघटनमा विवाद देखिएपछि राती १० वजेसम्म बैठक लम्विएको थियो।
विस्तृतमा

माओवादीमा तीन सातामा 'पार्टी विवाद सल्ट्याउने गृहकार्य'

काठमाडौं, भदौ २३ (नागरिक)- चाबी हस्तान्तरणले माओवादीमा जन्माएको विवादलाई सम्बोधन गर्न असोज १ का लागि डाकिएको केन्द्रीय समिति बैठक असोज १३ गते सारिएको छ।
विस्तृतमा

सबै जातिका पोसाक 'राष्ट्रिय'

काठमाडौं, भदौ २३ (नागरिक)- सरकारले औपचारिक कार्यक्रममा सहभागी हुँदा दौरासुरुवाल लगाउनु नपर्ने निर्णय गर्दै जाति र भाषाअनुसारका सबै पोसाकलाई राष्ट्रिय पोसाक मान्ने निर्णय गरेको छ।
विस्तृतमा

दाहाल पक्षको गोप्य भेला

दिलबहादुर छत्याल, धनगढी, भदौ २२- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालनिकट कार्यकर्ताले अत्तरियामा गोप्य भेला गरेका छन्।
विस्तृतमा

सरकारद्वारा राहत कार्यक्रम घोषणा

कब्जा सम्पति फिर्ता गरिने, भ्रष्टाचारविरोधी विशेष युनिट बनाइने-
काठमाडौँ, भदौ २३ (नागरिक)- सरकारले आज बिहान पत्रकार सम्मेलनमार्फत् राहत कार्यक्रमको घोषणा गरेको छ। घोषणा हिजै गर्ने कार्यक्रम रहेको भए पनि मधेसी मन्त्रीहरुको असहमतिका कारण आज सरेको हो।
विस्तृतमा

निजामती कर्मचारीले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्छ : ऊर्जामन्त्री

काठमाडौं, भदौ २२- ऊर्जामन्त्री पोष्टबहादुर बोगटीले निजामती कर्मचारी स्थायी सरकार भएकाले उनीहरुले आफ्ना कार्यलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन्। उनले भौतिक परिवर्तन गरेरमात्र होइन, कर्मचारीले जनसेवाको शैलीमा पनि परिवर्तन ल्याउनुपर्ने औंल्याए।
विस्तृतमा

'चीनले नेपाललाई रणनीतिक उचाई र दूरदर्शिताका हिसावले हेर्ने गरेको छ'

काठमाडौं, भदौ २२- चीनका विदेश मामिला मन्त्री याङ जेइचीले नेपाल–चीन सम्बन्ध राष्ट्रहरुबीचको सम्बन्धमा एउटा राम्रो उदाहरण भएको बताएका छन्। उनले चीन सरकारले चीन–नेपाल सम्बन्धलाई रणनीतिक उचाइ र दूरदर्शिताका हिसाबले हेर्ने र विकास गर्ने गरेको पनि बताएका छन्
विस्तृतमा
Page 8 of 29
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय