माओवादी केन्द्रीय कमिटी बैठक सर्‍यो

काठमाडौँ, भदौ २२ - विशेष समितिलाई साँचो बुझाएपछि पार्टीमा चर्किएको विवाद समाधान गर्न एकीकृत नेकपा (माओवादी)ले असोज १ गते तय गरिएको केन्द्रीय समितिको बैठक असोज १३ गते सरेको छ। पार्टीको आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए।
विस्तृतमा

एमाओवादीले आश्वासन मात्र बाँड्यो : नेका-एमाले

काठमाडौँ, भदौ २२ - एकीकृत नेकपा (माओवादी)ले ४५ दिनभित्र सेना समायोजनको काम र तीन महिनाभित्र नयाँ संविधानको प्रारम्भिक मस्यौदा ल्याउने भनेर जनतालाई आश्वासन मात्र बाँडेको नेपाली काँग्रेस र नेकपा (एमाले)को शीर्ष बैठकले निष्कर्ष निकालेको छ।
विस्तृतमा

साँचो विवादमा छलफल गर्न बस्ने माओवादी बैठक सर्‍यो

काठमाडौँ, भदौ २२ (नागरिक)- माओवादी लडाकुको हतियार रहेको कन्टेनरको साँचो विशेष समितिलाई बुझाएपछि पार्टीभित्र चर्किएको विवाद साम्य गर्न यही असोज १ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक १३ गतेसम्मका लागि सरेको छ।
विस्तृतमा

छलछाम र कामचोर प्रवृत्तिविरुद्ध कठोर कदम चाल्ने प्रधान मन्त्रीको चेतावनी

काठमाडौँ, भदौ २२- प्रधान मन्त्री डा. बाबुराम भट्टराईले निजामती सेवा दिवसको अवसरमा भ्रष्टाचारको जालो तोड्ने प्रण गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेका छन्। कर्मचारी प्रशासनलाई चुस्त, पारदर्शी र व्यावसायिक बनाउन निर्देशन दिँदै सरकारले छलछाम र कामचोर प्रवृत्तिविरुद्ध कठोर कदम चाल्ने चेतावनी पनि उनले दिए। 
विस्तृतमा

कङ्ग्रेसको सेना समायोजन प्रस्ताव आपत्तिजनक : माओवादी प्रवक्ता

दिलीप पौडेल, बाग्लुङ, भदौ २२- नेपाली कङ्ग्रेसले माओवादी लडाकु समायोजनको बारेमा सार्वजनिक गरेको प्रस्ताव शान्ति विरोधी भएको एकीकृत नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले आरोप लगाएका छन्। 'लडाकु समायोजनका सन्दर्भमा कङ्ग्रेसले सार्वजनिक गरेको मोडल आपत्तिजनक छ'- उनले भने।
विस्तृतमा

राष्ट्रिय पोशाक सम्बन्धी निर्णय सच्याइने

काठमाडौँ, भदौ २२ (नागरिक)- माधव नेपाल नेतृत्वको सरकारले दौरा सुरुवाल र ढाकाटोपीलाई राष्ट्रिय पोशाकका रुपमा तोक्ने निर्णयलाई सरकारले सच्याउने भएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी बैठकबाट सो निर्णय सच्याउने निर्णय गरेको सरकारका प्रवक्ता उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले बताए।
विस्तृतमा

दीपेन्द्रबहादुर क्षेत्री योजना आयोगका उपाध्यक्ष नियुक्त

काठमाडौँ, भदौ २२ (नागरिक)- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले नेपाल राष्ट्र बैँकका पूर्व गभर्नर क्षेत्रीलाई चयन गरेको हो। झलनाथ खनाल नेतृत्वको सरकारको पालामा उपाध्यक्षमा नियुक्त भएका दिनेशचन्द्र देवकोटाले अघिल्लो साता राजीनामा दिएपछि सो पद रिक्त थियो।
विस्तृतमा

एमाले युवा संघद्वारा चितवन बन्द

चाँदनी हमाल, चितवन,भदौ २२- युवा संघका केन्द्रीय सचिवालय सदस्य एवं एमाले नारायणी अञ्चल इन्चार्ज कमलराज पाठकमाथि हत्याको प्रयासमा आक्रमण भएको विरोधमा युवा संघ चितवनले आज चितवन बन्द गरेको छ। पाठक आक्रमणका दोषीमाथि कारबाही र शान्ति सुरक्षा कायम गर्न माग गर्दै संघले जिल्ला बन्दको आह्वान गरेको हो।

विस्तृतमा

प्रधानमन्त्रीको राहत प्याकेजप्रति मधेसी मन्त्री असन्तुष्ट

संशोधन गर्न उपप्रधानमन्त्री श्रेष्ठको समिति-
काठमाडौँ, भदौ २२ (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराईले आज पत्रकार सम्मेलनमार्फत् घोषणा गर्न लागेको विशेष राहत प्याकेजप्रति मधेसी मोर्चाका मन्त्रीहरुले असन्तुष्टि जनाएपछि मन्त्रिपरिषद् बैठक लगत्तै हुन लागेको घोषणा भोलिसम्मका लागि सरेको छ। 
विस्तृतमा

न्युयोर्कपछि भट्टराई भारत जाने

काठमाडौं, भदौ २२ (नागरिक) - प्रधानमन्त्री बाबुराम भट्टराईले असोज पहिलो साता राष्ट्रसंघ महासभाबाट फर्केर भारत भ्रमण गर्ने भएका छन्।असोज २ गते उनी न्युयोर्क जाँदै छन्। भट्टराईले भारतीय राजदूत जयन्त प्रसादसँग बुधबार भेट्दै भारत भ्रमणको आश्वासन दिएका हुन्।
विस्तृतमा

कांग्रेस बैठक, चार भ्रातृ संगठन विघटन प्रस्ताव

गोविन्द परियार, काठमाडौं, भदौ २२ - कांग्रेस महामन्त्री प्रकाशमान सिंहले पार्टीका चार ठूला भ्रातृ निकाय विघटन गरी महाधिवेशन तयारी समिति गठनको प्रस्ताव गरेका छन्। बुधबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सिंहले तरुण दल, महिला संघ, आदिवासी जनजाति संघ र प्रजातन्त्र सेनानी संघ विघटनको प्रस्ताव राखेका हुन्।
विस्तृतमा

कांग्रेस-एमाले एक ठाउँ

माधव ढुङ्गेल,काठमाडौं, भदौ २२ -एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हुँदा बिग्रिएको सम्बन्ध सुधार्दै कांग्रेस-एमालेले शान्ति र संविधानका लागि पुनः संयुक्त पहल थालेका छन्।एकीकृत माओवादीले शान्ति प्रक्रिया अघि नबढाई संविधान निर्माणमा मात्र जोड दिएको आशंकामा कांग्रेसले संवैधानिक समितिअन्तर्गत विवाद समाधान उपसमिति बैठक स्थगित गर्न लगाई एमालेसँग छलफल अघि बढाएको हो।
विस्तृतमा

भ्रष्टाचार र राजनीतिक हस्तक्षेप 'शून्यमा झार्छु'

काठमाडौं, भदौ २२ (नागरिक) -उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारलेभ् रष्टाचार र राजनीतिक हस्तक्षेप शून्यमा झारेर नमुना गृहमन्त्री बन्ने दाबी गरेका छन्। बुधबार मन्त्रालयमा 'राहत र सुधार' कार्यक्रम घोषणा गर्दै उनले 'प्रहरी सरुवा र बढुवा ऐननियमअनुसार मात्र गर्ने, कुनै कर्मचारीलाई फोन दबाब नदिने' बताए।
विस्तृतमा

चतुर्वेदीलाई डेढ वर्ष कैद र २ करोड ४८ लाख जरिवाना

भ्रष्टाचार गरेको सर्वोच्चको ठहर-
विनिता दाहाल, काठमाडौं, भदौ २१- सर्वोच्च अदालतले नेपाल वायु सेवा निगम र आयल निगमका पूर्व महाप्रबन्धक रामाज्ञ चतुर्वेदीले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैद र १ करोड २४ लाख रुपैयाँ बिगो तिराउन र त्यति नै जरिवाना तिर्नुपर्ने फैसला सुनाएको छ। सर्वोच्चको फैसलाअनुसार उनले २ करोड ४८ लाख तिर्नुपर्ने हुन्छ।
विस्तृतमा

बजेट असोज १ गते पारित गरिने

काठमाडौं, भदौ २१ (नागरिक)- सभामुख सुवासचन्द्र नेम्वाङ्ले अघिल्लो सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले संसदमा प्रस्तुत गरेको बजेट असोज १ गते आइतबार पारित गर्ने गरी कार्यसूची बनाएका छन्। बुधबार कार्यव्यवस्था परामर्श समितिको बैठकको परामर्शमा उनले यो बनाएका हुन्।
विस्तृतमा

देउवाको शान्ति प्रक्रिया धारणा पारित

काठमाडौं, भदौ २१ (नागरिक)- वरिष्ठ नेता शेरबहादुर देउवाले प्रस्ताव गरेको शान्ति प्रक्रियासम्बन्धी धारणा कांग्रेस केन्द्रीय समितिले बुधबार साँझ पारित गरेको छ।  सरकार गठनका लागि माओवादी र मधेसी मोर्चाबीच भएको सहमतिप्रति आपत्ति जनाउँदै कांग्रेसले शान्ति प्रक्रियामा गम्भीर हुन माओवादीलाई सचेत गराएको छ।
विस्तृतमा

शङ्कर पोखरेलको सुझाव प्रधान मन्त्रीलाई : कस्मेटिक प्रचारमा नलाग

बुटवल, भदौ २१ (नागरिक)- एमाले सचिव शङ्कर पोखरेलले शान्ति र संविधानको प्रमुख कार्यसूचीमा प्रवेश गरेर काम गर्नुको साटो प्रधान मन्त्री बाबुराम भट्टराई कस्मेटिक प्रचारमा लागेको आरोप लगाएका छन्। सबै कुरा छोडेर शान्ति र संविधानमा ध्यान केन्द्रित गरे जनताले चाहेको उपलब्धि प्राप्त हुने उनको भनाई छ।
विस्तृतमा

३ महिनामा संविधान बन्दैन, पुन: म्याद थप्न खोजे कडा आन्दोलन : कमल थापा

उपेन्द्र लामिछाने, बारा, भदौ २१- राप्रपा नेपालका अध्यक्ष कमल थापाले अबको तीन  महिनामा पनि संविधान नबन्ने बताउँदै  पुन: म्याद थप्न खोजे कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। थापाले दलहरु जनताको आकाङ्क्षाअनुसार चल्न  नसकेका  कारण संविधान बन्न नसकेको बताए।
विस्तृतमा

शान्ति प्रक्रिया उच्च प्राथमिकतामा : कांग्रेस-एमाले

काठमाडौं, भदौ २१ (नागरिक)- कांग्रेस र एमालेका शीर्ष नेताले शान्ति प्रक्रिया र संविधान निर्माणलाई उच्च प्राथमिकता दिने निष्कर्ष निकालेका छन्। बाबुराम भट्टराई नेतृत्वको सरकारले लडाकू पुन वर्गीकरण गरिरहेका बेला बुधबार एमाले संसदीय दलको कार्यालयमा भएको विपक्षी नेताको बैठकले विशेष समितिमार्फत सेना समायोजनको टुंगो लगाउनु पर्नेमा जोड दिएको छ।
विस्तृतमा
Page 9 of 29
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय