सरकार असफल हुँदै गरेको सञ्चार मन्त्रीकै भनाई

काठमाडौं, भदौ २१ (नागरिक)- सूचना तथा सञ्चार मन्त्री जयप्रकाशप्रसाद गुप्ताले आफू नै सहभागी भएको सरकार असफल हुँदै गएको बताएका छन्। पत्रकारको टोलीसँग कुराकानी गर्दै मन्त्री गुप्ताले सरकार गठन भएको १० दिन बितिसक्दा पनि मन्त्री परिषदको बैठक बस्न नसक्नुले सरकारको असफलताको पुष्टि गरेको दाबी गरे।
विस्तृतमा

सेनापतिलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौ, भदौ २१ (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति प्रक्रियाको सफलताका लागि सेनाको भूमिका रहने हुँदा सकारात्मक सहयोग गर्न प्रधानसेनापति छत्रमान सिंह गुरुङलाई निर्देशन दिएका छन्। चारवटै सुरक्षा अंगका प्रमुखसँगको बैठकमा प्रधानमन्त्रीले शान्ति सुरक्षा सुदृढ राख्न निर्देशन दिने क्रममा प्रधानसेनापति गुरुङलाई यस्तो निर्देशन दिएका हुन्।
विस्तृतमा

युवा संघ केन्द्रीय सदस्यमाथि खुकुरी प्रहार, भरतपुर तनावग्रस्त

युवा संघ केन्द्रीय सदस्यमाथि खुकुरी प्रहार, भरतपुर तनावग्रस्त चाँदनी हमाल, चितवन, भदौ २१- नेकपा एमालेका कार्यकर्ता एवं युवा संघका केन्द्रीय सदस्य कमल पाठकलाई अज्ञात समूहले बुधबार खुकुरी प्रहार गरेका छन्। पाठक अधिवक्ता पनि हुन्। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका पाठकलाई चितवन मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ। उनलाई टाउको तथा हातमा गम्भीर चोट लागेको छ।
विस्तृतमा

साँचो बुझाएपनि लडाकु निशस्त्र नहुने : माओवादी प्रवक्ता शर्मा

दिलीप पौडेल, बाग्लुङ,भदौ २१- एकीकृत नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले माओवादीले लडाकुका हतियारको साँचो बुझाएपनि तत्काल निशस्त्रीकरण नगर्ने बताएका छन्। शर्माले बाग्लुङमा बुधबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो धारणा राखेका हुन्।
विस्तृतमा

राज्य पुनर्संरचना : विज्ञ समूह बनाउन कांग्रेस सहमत

गोविन्द परियार, काठमाडौं, भदौ २१- कांग्रेसले राज्य पुनर्संरचनाबारे अध्ययन गर्न विज्ञ समूह गठन गर्ने संविधानसभा विवाद समाधान उपसमितिको प्रस्तावमा सहमति जनाएको छ।
विस्तृतमा

वैद्य पक्षको सुरक्षा दस्ता

कलेन्द्र सेजुवाल, सुर्खेत, भदौ २१- एकीकृत माओवादी उपाध्यक्ष मोहन वैद्य समूहले कालिकोटमा ३ सय युवा सम्मिलित सुरक्षा दस्ता गठन गरेको छ। कालिकोट मुम्रामा मंगलबार पत्रकार सम्मेलन गरी दस्ता घोषणा गरिएको हो। वीरबहादुर मल्लको संयोजकत्वमा गठित दस्तालाई सामाजिक विकृति र विसंगतिविरुद्ध जिल्लाभर अभियान चलाउने र युवालाई प्रशिक्षण दिने जिम्मेवारी दिइएको छ।
विस्तृतमा

प्रधानमन्त्री न्युयोर्क जाने

काठमाडौँ, भदौ २१ (नागरिक)- संयुक्त राष्ट्र संघको ६६ औँ महासभामा सहभागी हुन नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बाबुराम भट्टराई न्युयोर्क जाने भएका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार भदौ ३१ गते कि असोज २ गते प्रस्थान गर्ने भन्ने विषयमा प्रधानमन्त्री स्वयंले निर्णय गर्न बाँकी छ।
विस्तृतमा

नटिक्ने जान्छन् : दाहाल

सुरेश यादव, जनकपुर, भदौ २१- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिकारी पार्टीमा बहस र तर्क स्वाभाविक रहेको उल्लेख गर्दै यसमा 'नटिक्नेहरू पार्टी छाडेर जाने' बताएका छन्।
विस्तृतमा

'४५ दिनमा शान्ति प्रक्रिया नटुंगिए मोर्चा सरकारबाट बाहिरिन्छ'

दिलबहादुर छत्याल, धनगढी, भदौं २० - जनसंख्या तथा स्वास्थ्य मन्त्री राजेन्द्र महतोले ४५ दिनमा शान्ति प्रक्रिया टुंगोमा नपुगेमा मधेशी मोर्चा सरकारबाट बाहिरिने बताएका छन। सुदुर पश्चिमको क्षेत्रीय वार्षिक समीक्षा गोष्ठिको समापनका लागि धनगढी पुगेका मन्त्री महतोले ४५ दिनमा शान्ति प्रक्रिया टुंगोमा पुग्ने बताए।
विस्तृतमा

अब रात्रि अदालत खुल्ने

काठमाडौँ, भदौ २०- अबको एघार महिनापछि सर्वोच्च अदालतले काठमाडौँ जिल्ला अदालतमा सायमकालीन अदालत (रात्रि अदालत) स्थापना गर्ने भएको छ। कार्यालय समय (१०–५) पछि बेलुकी ५:३० देखि राति ८ बजेसम्म सञ्चालन गरिने सो अदालत विद्यमान जिल्ला अदालतभन्दा छुट्टै नभएर जिल्ला अदालतबाट प्रदान गरिने सेवाकै विस्तार भएकाले  सायमकालीन अदालतको नाम दिइएको हो।
विस्तृतमा

मधेसका मुद्दालाई सत्ताको भर्‍याउन नबनाउन मधेसी नेताकै सुझाव

जनकपुरधाम, भदौ २०- नेकपा (एमाले) का केन्द्रीय सदस्य रघुवीर महासेठले सरकारमा सहभागी मधेसवादी दलले विगतमा सरकारसँग गरिएका सम्झौतालाई कार्यान्वयन गराउनेतर्फ उन्मुख हुनुपर्ने बताएका छन्। उनले मधेसका मुद्दालाई सत्ताको भर्‍याउन बनाउन नहुने पनि बताए।
विस्तृतमा

माओवादीको सिंगापुर भ्रमण खर्च स्मार्ट टेलिकमले बेहोरेको खुलासा

काठमाडौं, भदौ २० (नागरिक)- ग्रामीण क्षेत्रमा टेलिफोन सञ्चालन गर्न लाइसेन्स पाएको स्मार्ट टेलिकमले माओवादी नेताहरूको सिंगापुर भ्रमण खर्च बेहोरेको विकिलिक्सले खुलासा गरेको छ।
विस्तृतमा

सेनाको मेडिकल कलेज मंसिरबाट

सुरेन्द्र पौडेल, काठमाडौं, भदौ २०- नेपाली सेनाले राजधानीमा खोलेको सय सिट क्षमताको मेडिकल कलेजको पढाइ मंसिरबाट सुरु हुने भएको छ। कलेजले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएको छ।चिकित्साशास्त्र अध्ययन संस्थानका पदाधिकारीले सोमबार सेनाले छाउनी र महांकालमा खोलेको मेडिकल कलेजको निरीक्षण गरेका थिए।
विस्तृतमा

जोशीको सुनुवाइ १४ पटक हेर्न 'नभ्याइने', तीन पटक 'स्थगन'

काठमाडौं, भदौ २० (नागरिक)- सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा प्राविधिक कारण देखाउँदै सोमबार पनि सुनुवाइ गरेन। दैनिक चढ्ने पेसीमा मुद्दाको नाम 'गैरकानुनी सम्पत्ति आर्जन' हुनुपर्ने ठाउँमा 'सरकारी सम्पत्ति हिनामिना' भएको भन्दै इजलास पुगे पनि सुनुवाइ हुन पाएन।
विस्तृतमा

सार्कमा चार सहमतिपत्रमा हस्ताक्षर हुने

काठमाडौं, भदौ २० (नागरिक)- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रले चार नयाँ सहमतिपत्रमा हस्ताक्षर गर्ने भएका छन्। माल्दिभ्सको दक्षिणी टापु 'अड्डु एटोल'मा कात्तिक २४-२५ मा हुने १७ औं सार्क शिखर सम्मलेनमा ती सहमतिपत्रमा हस्ताक्षर हुने काठमाडौंस्थित सार्क सचिवालयले जनाएको छ।
विस्तृतमा

वैद्य किन रिसाए?

काठमाडौं, भदौ २० (नागरिक)-उपाध्यक्ष मोहन वैद्यले आफ्नो पक्षका नेतालाई मन्त्रिपरिषद्मा नपठाउने गरी लडाकु शिविरको साँचो हस्तान्तरणको विरोध बढाउनुको कारण के हो भन्नेबारे अहिले एकीकृत माओवादीभित्र 'विचार समूह'हरूबीच आन्तरिक छलफल चल्न थालेको छ।
विस्तृतमा

विकिलिक्स खुलासा : आफ्नै छोरालाई विश्‍वास गर्दैनन् दाहाल

सिङ्गापुरमा कसलाई भेटेका थिए दाहालले ?-
उमेश श्रेष्ठ, काठमाडौं, भदौ २०- माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नै छोरा प्रकाश दाहाललाई विश्‍वास गर्दैनन्, किनभने उनी धेरै रक्सी पिउँछन् र भरपर्दा छैनन्- अमेरिकी दूतावासले वासिङ्टनस्थित विदेश मन्त्रालयमा पठाएको यो जानकारीको खुलासा विकिलिक्सले गरेको छ।
विस्तृतमा

माओवादीले चोरीका गाडी चढेकोमा बबन सिंहद्वारा संसदमा ध्यानाकर्षण

काठमाडौँ, भदौं १९ - व्यवस्थापिका - संसदको आजको बैठकमा स्वतन्त्र सभासद् बबन सिंहले गृहमन्त्रीले कपिलवस्तु जिल्लाका प्रहरी उपरीक्षकलाई अपराधी छोड्नका लागि दबाब दिएको र माओवादीका नेताहरुले सयौँ चोरीका गाडी चढिरहेको, त्यसको कर नतिरेको र दर्ता पनि नगरेको भन्दै सदनको ध्यानाकर्षण गराएका छन्।
विस्तृतमा

हामीसँग पार्टी फुटाउन चाहिने ४० प्रतिशत छ : माओवादी नेता गजुरेल

काठमाडौं, भदौ १९ (नागरिक)- एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले पार्टी फुटाउन आवश्यक ४० प्रतिशत केन्द्रीय सदस्य र सभासदहरु आफूसँग रहेको दाबी गरेका छन्। उनले पार्टी फुटाउनु आवश्यक नभएको पनि स्पष्ट पारे। र, भने- हामीलाई कारबाही गर्ने प्रयास पहिलादेखि नै भइरहेको छ।  
विस्तृतमा
Page 10 of 29
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय