अनसन बस्नु 'हास्यास्पद : कोइराला

उपेन्द्र लामिछाने, बारा, असोज ५ - नेपाली कांग्रेसकी केन्दीय सदस्य सुजाता कोइरालाले भ्रातृ संगठन विघटन विधान बमोजिम भएको भन्दै त्यसको पुर्नबहालीको माग गर्दै अनसन बस्नु 'हास्यास्पद' रहेको बताएकी छिन्। नेपाल नाई संघको तेस्रो राष्ट्रिय सम्मेलनको बिहीबार वीरगन्जमा उद्‍घाटन गर्न आउने क्रममा बाराको सिमरा विमानस्थलमा कोइरालाले अनसनले कार्यकर्तामाझ नराम्रो सन्देश गएको बताइन्।
विस्तृतमा

सभासद यादव सात दिन थुनामा

काठमाडौं, असोज ५ (नागरिक)- रातो पासपोर्ट काण्डमा सोमबार पक्राउ परेका सभासद शिवपुजन राय यादवलाई विशेष अदालतले सात दिन थुनामा राखेर छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धानका नाममा आदेश दिएको छ।
विस्तृतमा

कांग्रेसमा भ्रातृ संस्था विघटन विवादः देउवा पक्षको पुरानै समितिलाई सघाउने चेतावनी

गोविन्द परियार, काठमाडौं, असोज ५- भ्रातृसंस्था विघटनको विपक्षमा रहेका कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले पार्टीबाट निर्णय फिर्ता नभए अहिलेकै समितिलाई अधिवेशन गराउन सघाउने भएको छ।
विस्तृतमा

संवैधानिक परिषद् सदस्य नियुक्तिमा भ्रष्टाचार मुद्दा खेपिरहेकैलाई ल्याएपछि विवाद

काठमाडौं, असोज ५ (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितमा नियुक्ति दिलाउने संवैधानिक परिषद्‍मा भ्रष्टाचारकै मुद्दा खेपिरहेका मन्त्री जयप्रकाश गुप्तालाई सदस्य बनाएपछि विवाद उब्जिएको छ।
विस्तृतमा

अमेरिकी राष्ट्रपति र राष्ट्रसंघका महासचिवसँग प्रधानमन्त्रीको भेट

काठमाडौँ, असोज ५ (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रसंघका महासचिव बान कि मुन, अमेरिकी राष्ट्रपति बाराक ओवामा लगायतका नेताहरुसँग भेटवार्ता गरेका छन्। गएराति महासचिव बानसँग भएको भेटमा मुलुकको शान्ति प्रक्रिया र संबिधान निर्माणमा भइरहेको प्रगतिबारे छलफल भएको जानकारी प्रधानमन्त्रीका सहयोगी विश्वदीप पाण्डेले दिए।
विस्तृतमा

वैद्य समूहको उपत्यकामै 'राष्ट्रिय' भेला, चारबुँदे तत्काल खारेज गर्न माग

काठमाडौं, असोज ५ (नागरिक)- एकीकृत माओवादी उपाध्यक्ष मोहन वैद्य समूहले सरकार निर्माणका क्रममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग पार्टीले गरेको चारबुँदे सहमतिले 'राष्ट्रियतामा समस्या खडा गरेको' ले तत्काल खारेज गर्न माग गरेको छ।
विस्तृतमा

४ बुँदे सहमति विरुद्ध वैद्यपक्ष सशक्त उत्रने

उजिर मगर, काठमाडौँ, असोज ४ - एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य पक्षधर अगुवा कार्यकर्ताको भेलाले सरकार निर्माणका क्रममा मधेशी दलहरुसँग भएको ४ बुँदे सहमति राष्ट्रिय स्वाधिनता विरोधी भएको ठहर गरेको छ। उक्त मुद्दालाई आगामी १३ गते हुने केन्द्रीय समिति बैठकमा सशक्तरुपमा उठाउने भएका छन्।
विस्तृतमा

कङ्ग्रेस-एमालेले नमाने सरकारले एक्लै रिग्रुपिङ गर्छ : ऊर्जा मन्त्री

एकलौटी रिग्रुपिङ आकासको फल : महत-
काठमाडौं, असोज ४ (नागरिक)- एकीकृत नेकपा माओवादीका सचिव एवम् ऊर्जा मन्त्री पोष्टबहादुर बोगटिले कङ्ग्रेस र एमालेले नमाने पनि सरकारले एकलौटीरुपमा सङ्ख्या तोकेर रिग्रुपिङको काम अगाडि बढाउने घोषणा गरेका छन्।
विस्तृतमा

राजनीतिक दलहरुको कुकर्मले जनतामा घृणा बढेको मन्त्री रायमाझीको भनाई

पोखरा, असोज ४- स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले शान्ति बहाली र संविधान निर्माणमा ग्यारेन्टी नभएकाले राजनीतिक दल, मन्त्री र सभासद्प्रति जनताको वितृष्णा बढ्दै गएको बताएका छन्। उनले राजनीतिक दलहरुको कुकर्मले सबैप्रति जनताको घृणा बढ्दै गएको विचार पनि व्यक्त गरे।
विस्तृतमा

चारबुँदे खारेज गराउन वैद्य समूहको लबिङ

उजिर मगर, काठमाडौं, असोज ४ - माओवादी उपाध्यक्ष मोहन वैद्य समूहले मधेसी मोर्चासँग पार्टीले गरेको चारबुँदे सहमति खारेजी माग गरेको छ। मोर्चासँगको सहमतिले 'पार्टी एकताबद्ध राख्न नसकेको' भन्दै वैद्य पक्षधर नेताले देश दौडाहका क्रममा आफू निकट जिल्लास्तरीय नेतालाई सहमति विरुद्ध लबिङ गरिरहेका छन्।
विस्तृतमा

प्रधानमन्त्री भट्टराईसँग कार्की 'असन्तुष्ट'

काठमाडौं, असोज ४ (नागरिक)- भट्टराईको नेतृत्वमा सरकार बनाउन सहयोगी बनेका पोलिटब्युरो सदस्य राम कार्की र भट्टराईबीच दूरी बढ्दै गएको छ। कार्कीमात्र नभई पोलिटब्युरो सदस्यद्वय भीमप्रकाश गौतम र नवराज सुवेदी, केन्द्रीय सदस्य कुमार पौडेललगायत टोली भट्टराईसँग असन्तुष्ट बन्दै अहिले गुप्त बसेको छ।
विस्तृतमा

देउवापक्षीय सदस्यहरूबाट बैठक बहिस्कार

गोविन्द परियार,काठमाडौं, असोज ४ -कांग्रेस केन्द्रीय समितिले नेता शेरबहादुर देउवा पक्षका सदस्यहरूको बहिस्कारबीच मंगलबार चार भ्रातृ संस्था विघटनको निर्णय गरेको छ।मंगलबार पार्टी मुख्यालय सानेपामा बसेको बैठकले महामन्त्री प्रकाशमान सिंहले पेस गरेको तरुण दल, महिला संघ, आदिवासी जनजाति संघ र प्रजातन्त्र सेनानी संघ विघटनको प्रस्ताव बहुमतका आधारमा पास गरेको हो।
विस्तृतमा

सभासद यादव छुट्नासाथ फेरि पक्राउ

काठमाडौं, असोज ४ (नागरिक)- रातो पासपोर्ट दुरुपयोग अभियोगमा सोमबार पक्राउ परेका निलम्बित सभासद शिवपुजन राय यादवलाई मंगलबार काठमाडौं जिल्ला अदालतले १८ हजार ५ सय धरौटीमा छाड्न आदेश दिएको छ। रिहालगत्तै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
विस्तृतमा

प्रधानमन्त्रीद्वारा बोलिभियाका राष्ट्रपतिसित भेटवार्ता

विश्व वामपन्थी आन्दोलनबारे छलफल-
काठमाडौँ, असोज ४ (नागरिक)- अमेरिकामा रहेका प्रधानमन्त्री बाबुराम भट्राईले गएराति विभिन्न देशका नेताहरुसंग भेटवार्ता गरेर आपसी सम्बन्धका विषयमा छलफल गरेका छन्। गएराति बोलिभियाका राष्ट्रपति इभो मोरालेससँग प्रधानमन्त्री भट्टराईले विश्व वामपन्थी आन्दोलनका विषयमा छलफल गरेका छन्।
विस्तृतमा

मुलुकमा नयाँ राजनीतिक गठबन्धन आवश्यक : माले

काठमाडौं, असोज ३- नेकपा मालेले देशमा नयाँ राजनीतिक गठबन्धन आवश्यक भएको ठहर गरेको छ। पार्टी केन्द्रीय कमिटीको नवौं बैठकले राष्ट्रको रक्षा, लोकतन्त्रको संरक्षण, भ्रष्टाचारको अन्त्य, समावेशीयुक्त प्रगतिशिल लोकतन्त्र र मुलुक सुहाउँदो सङ्घीय प्रणाली भएको स्वतन्त्र, सार्वभौम र अखण्डित, समृद्ध र शक्तिशाली नयाँ नेपाल निर्माणका लागि अग्रगामी लोकतान्त्रिक राष्ट्रिय गठबन्धनमा जोड दिएको छ।
विस्तृतमा

तीन दलको विवादले अबको तीन महिना पनि ब्यर्थै हुने राणाको दाबी

ध्रुव दङ्गाल, सिन्धुपाल्चोक, असोज ३- राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले तीन ठूला दलबीचको असमझदारीले शान्ति प्रक्रिया नै अलमलिएको आरोप लगाउँदै अबको तीन महिनामा पनि शान्ति प्रक्रिया र संविधान निर्माण पूरा नहुने दाबी गरेका छन्। उनले तीन दलको विवादले तीन महिना पनि व्यर्थैमा जानेवाला छ भने।
विस्तृतमा

भट्टराईले भ्रममा पारे : यादव

राजबिराज, असोज ३ (नागरिक)- नेकपा माओवादीका संयोजक मातृकाप्रसाद यादवले बाबुराम भट्टराई नेतृत्वको सरकार पनि पूर्ववर्ती सरकारहरुजस्तै भएको बताएको हुनाले शान्ति र संविधानको आसा गर्न नसकिने बताएका छन्। वर्तमान संविधान सभावाट निर्मित कुनै पनि सरकारले देशलाई शान्ति तथा संविधान दिन नसक्ने जिकिर गर्दै उनले भट्टराई नेतृत्वको सरकारबाट त्यो अपेक्षा गर्नु दिउँसै सपना देख्न जस्तो भएको टिप्पणी गरे।
विस्तृतमा

प्रधानमन्त्री न्युयोर्कमा, बुधबार बिहान मुनसँग ब्रेकफास्ट, ओबामासँग डिनर

शुक्रबार भारतीय प्रम र चिनियाँ टोलीसँग भेट-
काठमाडौँ, असोज ३ (नागरिक)- राष्ट्रसंघीय महासभामा सहभागी हुन १३ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बाबुराम भट्टराई आज बिहान न्युयोर्क पुगेका छन्। स्थानीय समय अनुसार दिउँसो ३ बजे जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको टोलीलाई राष्ट्रसंघीय नियोगका स्थायी प्रतिनिधि लगायत दूतावासका अधिकारीहरुले स्वागत गरेका थिए।
विस्तृतमा

कहिलेसम्म जनताले ६०१ सेतो हात्ती पाल्ने ? : थापा

समुन्द्र पौडेल, तनहुँ, असोज २- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान निर्माणको काम नगरी ६ सय १ सभासद्लाई जनताको करबाट भत्ता पचाउने बानी परिसकेको बताएका छन्। राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम संगठन नेपालको प्रथम जिल्ला अधिवेशनको सोमबार दमौलीमा उद्‍घाटन गर्दै उनले भत्ता पचाउन सिपालु सभासद्ले संविधान जारी नगर्नेसमेत दाबी गरे।
विस्तृतमा
Page 2 of 29
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय