माओवादीले देश कंगाल बनाउँदैछ : महत

तनहुँ, असोज २ (नागरिक)- नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री रामशरण महतले एकीकृत नेकपा माओवादीले देशलाई कंगाल बनाउन लागेको आरोप लगाएका छन्। माओवादीले देशका उद्योगधन्दा, कलकारखाना र परियोजनाहरु फष्टाउन नदिई बन्द गराउँदै लगेकाले देश गम्भीर आर्थिक दुर्घटनातर्फ धकेलिरहेको उनको भनाई थियो।
विस्तृतमा

एमाले र कांग्रेस असफलः उपराष्ट्रपति

सन्तोष पोखरेल, पोखरा, असोज २ - उप-राष्ट्रपति परमानन्द झाले दिगो शान्ति कायम गर्न र संविधान लेखनका लागि एमाले र कांग्रेस असफल भइसकेको बताएका छन्। अघिल्ला सरकारमा सहभागी एमाले र कांग्रेसले दिगो शान्ति र संविधान लेखनका विषयमा कुनै रचनात्मक काम गर्न नसकेको भन्दै उनले एमाले र कांग्रेस असफल दलको रुपमा रहेको बताए।
विस्तृतमा

दुई सातामै संविधान : सिटौला

अजित तिवारी, विराटनगर, असोज २- नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले शान्ति प्रकृया टुंगिएको दुई साताभित्रै संविधान निर्माण सकिने दाबी गरेका छन्। शान्ति प्रकृया टुंगिएपछि संविधानका मुलभूत कुरामा नेताहरुबीच दुई सातामै सहमति हुने भएकाले संविधान निर्माणमा समय नलाग्ने उनको भनाई छ।
विस्तृतमा

लडाकु र हतियार व्यवस्थापन नगरी संविधान लेखन अघि बढ्दैन : देउवा

काठमाडौं, असोज २- नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले शान्ति प्रक्रिया कार्यान्वयन र संविधान लेखनमा कांग्रेस सहयोग गर्न तयार रहेको तर त्यसका लागि पहिले शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्ने बताएका छन्।
विस्तृतमा

दाहाल भारत र धर्म विरोधी हैनन् : भाजपा विदेश विभाग प्रमुख

काठमाडौं, असोज २ (नागरिक)- भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफू भारत र धर्म विरोधी नभएको स्पष्ट पारेको जानकारी दिएका छन्। उनले दाहालले आफूलाई भारत विरोधीका रुपमा प्रचारमात्र गरिएको बताएका जानकारी पनि दिए। 
विस्तृतमा

माओवादीलाई नएक्ल्याएसम्म शान्ति प्रक्रिया असम्भव : नेता पौडेल

समुन्द्र पौडेल, तनहुँ, असोज २ - नेपाली काग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीलाई नएक्ल्याएसम्म शान्ति प्रक्रिया र संविधान नटुडि्ग्ने बताएका छन्। १४ औ गणेशमान सिंह स्मृति दिवसको अबसरमा नेपाली काग्रेसले दमौलीको गणेशमान चोकमा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै नेता पौडेलले काग्रेस एमाले र सबै साना दल बिचको एकताले मात्र माओवादीलाई एक्ल्याउन सकिने बताए।
विस्तृतमा

भूकम्प आउँदै गर्दा सभामुख भन्दै थिए- 'माननीय सदस्यहरू, बसौं-बसौं'

माधव ढुङ्गेल, काठमाडौं, असोज २- 'माननीय सदस्यहरू, बसौं-बसौं, केही हुँदैन।' सभामुख सुवासचन्द्र नेम्वाङ संसद् बैठक निरन्तर अघि बढाउने प्रयासमा थिए।
विस्तृतमा

प्रधानमन्त्री न्युयोर्कका लागि प्रस्थान

म नभए पनि नेपाल सरकारले भूकम्पपीडितलाई राहत पुर्‍याउँछ- प्रम
काठमाडौँ, असोज १ (नागरिक)- राष्ट्रस‌ंघीय महासभामा सहभागी हुन प्रधानमन्त्री बाबुराम भट्टराई अहिले मध्यरातमा त्रिभुवन विमानस्थलबाट न्युयोर्कका लागि उडेका छन्।
विस्तृतमा

मार्क्सवाद बारे अमेरिकामा प्रधानमन्त्रीले प्रवचन दिने

कृष्ण ढुंगाना, काठमाडौं, असोज १- प्रधानमन्त्री बाबुराम भट्टराईले अमेरिका भ्रमणको समयमा मार्क्सवाद बारे प्रवचन दिने भएका छन्। माओवादी उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री भट्टराई न्युयोर्कस्थित द न्यु स्कूलको इन्डिया-चाइना इन्स्टिच्युटले आयोजना गर्ने '२१ औं शताब्दीमा मार्क्सवादको सान्दर्भिकता के छ ? नेपालको अनुभव' कार्यक्रमका मुख्य वक्ता तय भएका हुन्।
विस्तृतमा

एमाले अध्यक्ष भन्छन्- शान्ति र संविधान एक्लै टुङ्ग्याउने कुरा नगरे हुन्छ

काठमाडौं, असोज १ (नागरिक)- एमाले अध्यक्ष झलनाथ खनालले शान्ति र संविधान एक्लै टुङ्ग्याउने कुरा असम्भव बताएका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादीले एक्लै भए पनि यो समस्या टुङ्गोमा पुर्‍याउने अभिव्यक्ति दिइरहेका बेला खनालले यस्तो बताएका हुन।
विस्तृतमा

सेना समायोजन विशेष समितिको बैठक बस्दै

काठमाडौँ, असोज १ (नागरिक)- सेना समायोजन विशेष समितिको बैठक अहिले दिउँसो ३ बजे बस्दैछ। नयाँ बानेश्वरस्थित विशेष समितिको कार्यालयमा बैठक बस्न लागेको हो। प्रधानमन्त्री बाबुराम भट्टराईले आफू न्युयोर्क प्रस्थान गर्नुअघि नै शान्ति प्रक्रियामा केही प्रगति गर्ने बताउँदै आएका थिए। भट्टराई साँझ ६ बजे मन्त्रिपरिषद्को बैठकमा सहभागी भई राति साढे नौ बजे त्रिभुवन विमानस्थलबाट न्युयोर्कका लागि प्रस्थान गर्नेछन्। 
विस्तृतमा

दानबहादुर चौधरी मन्त्री नियुक्त

काठमाडौँ, असोज १ (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराईले दानबहादुर कुर्मी चौधरीलाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्री नियुक्त गरेका छन्। चौधरी कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित हाल तमलोपा नेपालसँग आवद्ध छन्।
विस्तृतमा

मुद्दा फिर्तासम्बन्धी महान्यायाधिवक्ताको भनाईबारे कङ्ग्रेसद्वारा प्रधान मन्त्रीको जवाफ माग

काठमाडौँ, असोज १- नेपाली कङ्ग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले एकीकृत नेकपा (माओवादी) र  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको सहमति विधिको शासनविपरीत भएको बताएका छन्। उनले महान्यायाधिवक्ताको मुद्दा फिर्तासम्बन्धी धारणामा प्रधान मन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग पनि राखे।
विस्तृतमा

प्रधानमन्त्री आज न्युयोर्क जाँदै

काठमाडौं, असोज १ (नागरिक)- राष्ट्र संघको ६६ औं महासभामा सहभागी हुने १३ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बाबुराम भट्टराई आइतबार साँझ अमेरिकाको न्युयोर्क जाने भएका छन्। टोलीमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्रालयका कामु सचिव दुर्गा भट्टराई, प्रधानमन्त्री पत्नी हिसिला यमी, परराष्ट्रका राष्ट्र संघीय शाखा प्रमुख रुद्र नेपाल लगायत छन्।
विस्तृतमा

गृहसचिवको सरुवा 'सत्ता टिकाउन'

किरण भण्डारी/केपी ढुंगाना, काठमाडौं, असोज १- 'शक्ति दुरुपयोगको बिचौलिया' मानिने मन्त्रीका सल्लाहकार र स्वकीय सचिवलाई जवाफदेही बनाउने आचारसंहितालाई शुक्रबारको मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक स्वीकृति दिएको छ। अघिल्ला दुई प्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले हिम्मत नगरेर थन्काएको आचारसंहिताको काम मुक्तकन्ठले प्रशंसा गर्दै प्रधानमन्त्री बाबुराम भट्टराईले नै अघि बढाएका हुन्।

विस्तृतमा

१२ जिल्ला सदस्यद्वारा फोरम लोकतान्त्रिक परित्याग

बुटवल, असोज १ (नागरिक)- कौसर अली मुसलमानलाई थप कारबाही गराउन/नगराउन दबाब दिने दुई समूहको विवाद उत्कर्षमा पुग्दा फोरम लोकतान्त्रिक कपिलवस्तुका प्रभावशाली जिल्ला सदस्य कालीपद शर्मासहित १२ जिल्ला सदस्यले पार्टी छाडेका छन्।
विस्तृतमा

चार बुँदे सम्झौता खारेज वा स‌शोधन नगरी हुन्न : माओवादी नेता गुरुङ

काठमाडौं, भदौ ३१ (नागरिक)- एकीकृत नेकपा माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङलेसरकार निर्माणका सन्दर्भमा माओवादी र मधेसी मोर्चाबीच भएको चार बुँदे सम्झौता राष्ट्रघाती र राष्ट्रिय स्वाधीनतामा दीर्घकालीन प्रभाव पार्ने भएकाले त्यसलाई खारेज वा संशोधन गर्नुपर्ने बताएका छन्।
विस्तृतमा

ब्याङ्क लुटेको पैसा राजश्वमा जम्मा गर्न माओवादीलाई कङ्ग्रेसको चुनौती

सुन्दरीजल, भदौ ३१- नेपाली कङ्ग्रेसका महामन्त्री प्रकाशमान सिंहले प्रधान मन्त्री बाबुराम भट्टराईले संसद्‍मा गरेका सम्बोधनप्रति पार्टीको गम्भीर आपत्ति रहेको बताएका छन्। उनले साँच्चै मितव्ययिता कायम गर्ने भए लुटिएका ब्याङ्कको पैसा राजस्वमा जम्मा गरेर देखाउन पनि सरकारलाई चुनौती दिए।
विस्तृतमा

माओवादीले एकपक्षीय ढंगले शान्ति प्रकृयालाई टुङ्ग्‍याउन खोजेको कङ्ग्रेस नेता पौडेलको आरोप

रोशन शिल्पकार, भक्तपुर, भदौ ३१ - नेपाली कङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले अन्य राजनीतिक दलसँग भएका सहमतिको वास्ता नगरी एकीकृत माओवादीले एकपक्षीयरुपमा शान्ति प्रकृया टुङ्ग्‍याउन खोजेको आरोप लगाएका छन्।
विस्तृतमा
Page 3 of 29
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय