पटकपटक म्याद थप्न पाइँदैन : सर्वोच्च

काठमाडौं, भदौ १३ (नागरिक)-सर्वोच्च अदालतले आवश्यकताको सिद्धान्तका आधारमा म्याद थपिनु सामान्य घटना नभएको भन्दै संविधानसभाले उत्तरदायी भएर अबका दिनमा म्यादभित्र संविधान बनाउने कामप्रति प्रतिवद्धता गर्नुपर्ने बताएको छ।
विस्तृतमा

संविधान सभा म्याद बारे सर्वोच्चमा बहसः तीन महिनामात्र थप्न निर्देशन दिनुपर्ने तर्क

काठमाडौं, भदौ ८ (नागरिक)- संविधानसभा म्याद अब अन्तिमपटकका लागि तीन महिनामात्र थप्न र त्यसबीच संविधान निर्माण सक्न सभासद्लाई निर्देशन दिनुपर्ने वरिष्ठ अधिवक्ता एवं पूर्वन्यायाधिवक्ता बद्रीबहादुर कार्कीले तर्क गरेका छन्।
विस्तृतमा

पुनरावेदनमा दस न्यायाधीश दोहोरिने

काठमाडौं, भदौ ८ (नागरिक)- न्यायपरिषद्ले पुनरावेदन अदालतका १० अस्थायी न्यायाधीशको पुनर्नियुक्ति गर्न प्रधानन्यायाधीशलाई सिफारिस गरेको छ।
विस्तृतमा

कालो सिसावाल गाडी चढ्ने सावधान !

विनिता दाहाल, काठमाडौं, माघ २७ - कालो सिसावाल गाडी चढ्ने महानुभावहरू सावधान! कानुनविपरीत यस्ता सवारी गुडाउनेहरू अब कारबाहीमा पर्नेछन्। नियम–कानुनले सवारीसाधनमा कालो सिसा राख्न रोक लगाए पनि सडकमा निजी, सरकारी र विभिन्न कूटनीतिक नियोगका सयौँ त्यस्ता गाडी निर्वाध गुडिरहेका छन्। कालो सिसा लगाएका प्रभावशाली र धनवान व्यक्तिका गाडीलाई प्रहरी र यातायात कार्यालयले कारबाही नगरेपछि अदालतले नै वारपार देखिने बनाउन बुधबार आदेश दिएको छ।

विस्तृतमा

'नागरिकताबिना मतदाता नबनाऊ'

विनिता दाहाल, काठमाडौं, माघ २५-सर्वोच्च अदालतले नागरिकताका आधारमा मात्र मतदाता बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश दिएको छ। 'नागरिकता प्रमाणपत्रका आधारमा मात्रै मतदाता नामावली संकलन गर्नू' भन्ने यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिँदै सर्वोच्चले सोमबार गरेको आदेशमा 'योग्य नागरिकलाई नागरिकता जतिसक्दो छिटो दिने व्यवस्था गर्न' समेत भनिएको छ। 

विस्तृतमा

न्यायाधीश सुवेदीलाई कारबाही सिफारिस

विनिता दाहाल, काठमाडौं, माघ २४- पुनरावेदन अदालत पाटनका न्यायाधीश ओमप्रकाश सुवेदीलाई खराब आचरणमा कारबाही गर्न सर्वोच्च अदालतका न्यायाधीश तपबहादुर मगरको एकसदस्यीय समितिले न्यायपरिषद्समक्ष सिफारिस गरेको छ।

विस्तृतमा

सर्वोच्चद्वारा यातायात सिन्डिकेट खारेज

विनिता दाहाल, काठमाडौँ, माघ २०- सर्वोच्च अदालतले यातायात क्षेत्रमा प्रचलित सिन्डिकेट र कार्टेलिङ प्रणाली गैरकानुनी भन्दै खारेज गरिदिएको छ। आदेशसँगै यस्तो सेवामा यातायात व्यवसायीहरूको महासंघमा निहीत एकाधिकार अन्त्य भएको छ।
विस्तृतमा

लापरवाही गर्ने चिकित्सकले क्षतिपूर्ति दिए

काठमाडौं, माघ १९ (नागरिक)- चिकित्सकको लापरबाहीले एउटा आँखाको ज्योति गुमाएकी सिर्जना केसीले १२ वर्षपछि क्षतिपूर्ति पाएकी छन्।
विस्तृतमा

२७ गतेसम्म पशुपतिको ढुकुटी नखोल्न सर्वोच्चको आदेश

विनिता दाहाल, काठमाडौं, माघ १७- पशुपतिको ढुकुटी खोल्ने निर्णयलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सोमबार सरकारलाई आदेश दिएको छ। पशुपति ढुकुटी खोल्ने मन्त्रिपरिषद निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले २७ गतेसम्म ढुकुटी नखोल्न अन्तरिम आदेश जारी गरेको हो।
विस्तृतमा

संविधान बनाउन पत्रकार र वकिलको र्‍याली

काठमाडौं, माघ १६ (नागरिक)-नेपाल बार एसोसियसन र नेपाल पत्रकार महासंघले तोकिएकै समयमा संविधान बनाउन सभासद्लाई दबाब दिन आईतबार राजधानीमा बृहत् र्‍याली आयोजना गरेका छन्। संविधान निर्माणमा दबाब दिने उद्देश्यले सहमति र नयाँ संविधान निर्माणका लागि बृहत् र्‍याली गरेको बारका महासचिव विजयकुमार मिश्रले बताए।
विस्तृतमा

बजेटमा समूहगत छलफल सुरु

काठमाडौं, भदौ २७ (नागरिक)- व्यवस्थापिका संसदमा विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयलाई छुट्ट्याइएको बजेटमा सोमबारबाट छलफल सुरु भएको छ।

विस्तृतमा

राज्य पुनर्संरचना: संविधानसभाबाटै विशेषज्ञ समिति बनाउने तयारी

माधव ढुङ्गेल, काठमाडौं, भदौ १९- देशलाई संघीय ढाँचामा रूपान्तरण गर्न राज्य पुनर्संरचना आयोग सट्टा संविधानसभा बैठकले प्रस्ताव पारित गरी विशेषज्ञ समिति बनाउन कांग्रेस लचिलो बनेपछि प्रक्रियाबारे छलफल सुरु भएको छ।
विस्तृतमा

माओवादीसँग छलफलै नगरी अधिकारीलाई दिइयो उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी

माओवादी अध्यक्षको फोनै लागेनः खनाल

माधव ढुङ्गेल, काठमाडौं, माघ २९ (नागरिक)- माओवादीसँग छलफलै नगरी प्रधानमन्त्री झलनाथ खनालले उपपध्रान तथा अर्थमन्त्रालयको जिम्मेवारी भरतमोहन अधिकारीलाई दिएका छन्। खनालको निर्णयप्रति सत्ता समर्थक माओवादीले आपत्ति जनाएको छ। मन्त्रिपरिषद कार्यालयले शनिबार संसदलाई  पत्र पठाउँदै अधिकारी उपप्रधान तथा अर्थमन्त्री रहेको जानकारी गराएको हो।

विस्तृतमा

माओवादीमा 'खस मोर्चा' बारे बहस

विश्वमणि पोखरेल, काठमाडौं, भदौ २८- पूर्वी नेपालमा बाहुनवाद विरोधी छवि बनाएका एकीकृत माओवादी पोलिटब्युरो गोपाल किराँतीले अध्यक्ष पुष्पकमल दाहाललाई गत वैशाखमा सोधे, 'लेनिनले हामी शासक जाति हौं, हामीलाई गणराज्य चाहिँदैन, अरु जातिलाई मात्र दिनुपर्छ भनेको भए के हुन्थ्यो?'

विस्तृतमा

बन्द आह्वानकर्ता पक्राउ

रोहित राई, धरान, भदौ २६- कार्यकर्ता रिहाई र प्रचार सामग्री ससम्मान फिर्ताको माग गदै एक दिने बन्दको आह्वान गरेको संयुक्त जातीय मुक्ति मोर्चाका दुई नेता सोमबार बिहान धरानबाट पक्राउ परेका छन्। बजार बन्द गराउदै हिड्ने क्रममा प्रहरीले मोर्चाको सूचना तथा सञ्चार विभाग प्रमुख दलमर्दन कामी प्रभास र अविरललाई पक्राउ गरेको हो।
विस्तृतमा
Page 29 of 29
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता

अभिलेखालय